समाचार

    Showing 10,481-10,490 of 26,676 items.
  • सप्तकोशीमा पानीको बहाव उच्च भएपछि ५० ढोका खोलियो

    राजविराज— पछिल्ला दिनहरूमा परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेको छ। आइतबार बिहान ८ बजेको मापन अनुसार नदीमा पानीको बहाव ३ लाख ३५ हजार ३ सय ६९ क्यूसेक पुगेको छ, जुन सामान्य भन्दा तीन गुणा बढी हो।शनिबार साँझदेखि निरन्तर बढिरहेको बहावले जोखिमको संकेत दिँदै शनिबार रातिदेखि नै सप्तकोशी ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको छ। नियमअनुसार नदीमा बहाव १ लाख ५० हजार क्यूसेक नाघेपछि रातो संकेत दिइने गरिन्छ।सप्तकोशी ब्यारेजका ५६ ढोकामध्ये ५० वटा ढोका अहिले खोलिएका छन्। प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार अझै पनि बहाव बढ्ने सम्भावना छ। यद्यपि, उनले तत्काल पुल आवतजावतमा रो

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 618 पटक पढिएको
  • अवरुद्ध बन्दै आएको मुग्लिङ–नारायणगढ सडक दुईतर्फी खुल्यो

     काठमाडौं— पहिरोले पटक पटक अवरुद्ध बन्दै आएको मुग्लिङ–नारायणगढ सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । तुइन खोलाको पहिरो हटाइएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको हो ।अझैपनि ठाउँ ठाउँमा ससाना पहिरो र ढुङ्गा खस्नेक्रम भने रोकिएको छैन । त्यसैले यात्रामा सावधानी अपनाउन कार्यालयले अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 323 पटक पढिएको
  • इलाममा पहिरोले एउटा घर पुरिँदा २ बालबालिकाको मृत्यु, ३ जना बेपत्ता

    इलाम  ।  इलाममा पहिरोले एक घर पुरिँदा दुई बालबालिकाको मृत्यु, तीन जना बेपत्ता भएका छन।इलामको इलाम नगरपालिका वडा नं. ६ घोसमा पहिरोले पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा २ बालबालिकाको मृत्यु भएको हो । घटनास्थलमा खोज तथा उद्धारको काम जारी छ । २ जना घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको स्थानीय युवा रेवज तामाङले जानकारी दिएका छन् । घटनामा दुई जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको इलाम प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 239 पटक पढिएको
  • आज कोशी प्रदेशमा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

    झापा ।   जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका केहि जिल्लाहरूमा पनि लगातार भारी वर्षा भइरहेको छ र यो क्रम भोलीसम्म निरन्तर रहने अनुमान गरिएको छ।पछिल्लो २४ घण्टादेखि देशका पूर्वी जिल्लाहरू सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा मापन भएको छ। विभागले शनिबार राति ११: ५५ मा जारी गरेको सूचना अनुसार लगातारको वर्षाका कारण ती क्षेत्रका नदीनाला तथा सुकुम्बासी बस्तीहरूमा बाढी र डुबानको उच्च जोखिम देखिएको छ। विभागले प्रभावित क्षेत्रमा रहने सर्वसाधारणलाई अति उच्च सतर्कता अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 371 पटक पढिएको
  • पाँचथरका विभिन्न १२ स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध

    काठमाडौं— लगातारको वर्षाका कारण पाँचथरका प्रमुख राजमार्ग तथा आन्तरिक सडकहरू अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार जिल्लाभरिमा १२ स्थानमा सडक आवागमन पूर्ण रूपमा बन्द भएको छ ।पहिरोको धेरै प्रभाव मेची राजमार्गमा परेको छ । पाँच स्थानमा पहिरो खसेपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । फाल्गुनन्द गाउँपालिका– ३ को रमाइलो चोक, पौवा चोक, चिम्फुला, फिदिम नगरपालिका– ३ को चिज फ्याक्ट्री र लालीखर्कमा ठूला पहिरो खसेको छ ।त्यस्तै, तुम्वेवा गाउँपालिका– २ को नावाखोला क्षेत्रमा तमोर करिडोर सडक दुई स्थानमा अवरुद्ध भएको छ । एकातर्फ पहिरो खसेको छ भने अर्को ठाउँमा नदीको पा

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 623 पटक पढिएको
  • ओमानलाई छ विकेटले हराउँदै नेपाल विजयी

    काठमाडौं— आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपालले पहिलो वार्मअप म्याचमा ओमानलाई ६ विकेटले पराजित गरेको छ। शनिबार भएको खेलमा ओमानले प्रस्तुत गरेको १११ रनको लक्ष्य नेपालले सहजै पूरा गरेको हो।नेपालले १७ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। नेपालको जितमा ओपनर आसिफ शेखले ६१ रनको शानदार अर्धशतकीय इनिङ्स खेले। अन्य ब्याट्सम्यानमध्ये कप्तान रोहित पौडेलले २५ रन, कुशल भुर्तेलले ११ रन र कुशल मल्लले १० रन जोडे।सुरुमा ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ११० रन बनाएको थियो। ओमानलाई सस्तैमा समेट्नका लागि नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। सोमपाल कामी,

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 726 पटक पढिएको
  • नारायणगढ-मुग्लिन सडकको तीन ठाउँमा पहिरो

    काठमाडौं— नारायणगढ(मुग्लिन सडक खण्डको तीन ठाउँमा पहिरो खसेको छ । तुइनखोला, कालीखोला तथा फिस्लिङदेखि उत्तर खण्डमा पहिरो खसेको चितवनका प्रमुख जिल्ला गणेश अर्यालले जानकारी दिए ।उनका अनुसार पहिरोका कारण दुवैतर्फ सडक अवरुद्ध रहेको छ । तीन स्थानमा अहिले पनि पहिरो तथा ढुङ्गा खसिरहेको सीडीओ अर्यालको भनाइ छ । पहिरो गएका स्थानमा बाटो खुलाउने प्रयास भइरहेको उनले बताए। पहिरोको जोखिमका कारण शुक्रबार साँझ ६ बजेदेखि जिल्ला सुरक्षा समितिले नै यस क्षेत्रमा गाडी चलाउन रोकेको थियो । 

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 627 पटक पढिएको
  • टिकाको चौथो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

    काठमाण्डौ  ।  नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।यस वर्ष असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडा दशैं  पर्व भव्य रुपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैं घर वा पूजाकोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सु

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 511 पटक पढिएको
  • आँबुखैरेनीमा पृथ्वीराजमार्गको सडक भासियो

    तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखरमा सडक भासिएको छ। शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी-मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ।इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले अपरान्ह ४ बजेतिर सडक भासिएको जानकारी दिए। दुवैतर्फ प्रहरी राखेर सुरक्षित रुपमा एकतर्फी रुपमा सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको उनको भनाइ छ। तर रातिको समयमा यस ठाउँमा जोखिम भएकाले यात्रा नगर्न उनले आग्रह गरे।विसं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मस्र्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो। सोही ठाउँमा पुनः सडक भ

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 527 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरुमा पूर्ण बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ । मधेस, बागमती प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा र कोशी  र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउसो कोशी र मधेस प्रदेशका अधिकांश स्थानहरुमा पूर्ण बदली रही बागमती र लुम्बिनी प्रदेशमा साधरणतया बदली र बाँकी भूभागहरूमा आंशिक बदली रहने छ। कोशी प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा च

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 526 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.