समाचार

    Showing 1,161-1,170 of 26,409 items.
  • श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    कञ्चनपुर— जिल्लामा श्रीमान्‌को  कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए ।कुटपिटमा घाइते भएकी उनको दोधाराचाँदनी अस्पतालमा उपचार गरिएको थियो । बुधबार मात्र अस्पतालबाट डिस्चार्ज भएकी पारुको बिहीबार बिहान  मृत्यु भएको प्रहरीले जनाएको छ ।उनको मृत्युपछि श्रीमान् रनबहादुरलाई इलाका प्रहरी कार्यालय दोधाराले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 481 पटक पढिएको
  • १,६५० मेगावाट विद्युत् निर्यातको बाटो खुल्यो

    काठमाडौं / नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै नेपालबाट भारततर्फ हुने विद्युत् निर्यात क्षमता १,१०० मेगावाटबाट १,६५० मेगावाट र आयात क्षमता १,००० मेगावाटबाट १,४०० मेगावाट पुर्याउने निर्णय गरेका छन् ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति जेएससीको १३औँ बैठकले ढल्केबर–मुजफ्फरपुर र ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनमार्फत हुने विद्युत् प्रवाहको क्षमता विस्तार गर्ने निर्णय गरेको हो ।बैठकले चमेलिया नेपाल–जौलजीवी भारत २२ केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन डीपीआर

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 149 पटक पढिएको
  • ब्यानर विवादमा अर्जेन्टिना, फिफाको कारबाही सम्भव

    काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डमाथि २–१ को रोमाञ्चक जित हात पारेपछि अर्जेन्टिना नयाँ विवादमा तानिएको छ। खेलपछि मिडफिल्डर जियोभानी लो सेल्सोले ‘माल्भिनास (फकल्याण्ड) अर्जेन्टिनाकै हो’ लेखिएको ब्यानर प्रदर्शन गरेपछि फिफाले टोलीमाथि अनुशासनात्मक कारबाही गर्न सक्ने सम्भावना देखिएको छ। द एथलेटिकका अनुसार अमेरिकाको एटलान्टामा सम्पन्न खेलपछि लो सेल्सोले उक्त ब्यानर डिफेन्डर निकोलास ओटामेन्डीसँग मिलेर केही समय प्रदर्शन गरेका थिए। फकल्याण्ड टापु, जसलाई अर्जेन्टिनाले माल्भिनास भन्ने गर्छ, बेलायतको नियन्त्रणमा रहेको क्षेत्र हो र दुवै देशबीच त्यसको सार्वभौमिकतालाई लिएर दशकौँ देखि व

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 395 पटक पढिएको
  • खावालिङ स्कुलमा विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

    काठमाडौं / काठमाडौंको बौद्धस्थित खावालिङ स्कुलमा एक शिक्षिकाले विद्यार्थीमाथि कुटपिट गरेको घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले चासो देखाएको छ ।विद्यालयकी शिक्षिका सोना रानाले कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले पीडित विद्यार्थी, विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग मन्त्रालयमा छलफल गरेकी हुन् । मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टै भेटघाट गरी घटनाबारे जानकारी लिएका थिए । उनले विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्दै अध्ययन र खेलकुदमा निरन्तर अघि बढ्न हौसला र प्रोत्साहनसमेत दिए ।छलफलका क्रममा मन्त

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 133 पटक पढिएको
  • टमाटर किसानको मागपछि सरकार सक्रिय

    काठमाडौं । टमाटरको उचित मूल्य नपाएको भन्दै बुधबार माइतीघर मण्डलमा किसानहरूले टमाटर सडकमा फालेर विरोध प्रदर्शन गरेपछि सरकारले बजार व्यवस्थापनमा सक्रियता देखाएको छ।आन्दोलनमा सहभागी किसानहरूसँग कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयमा छलफल गरी तत्काल आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।छलफलका क्रममा किसानहरूले उत्पादनको उचित मूल्य सुनिश्चित गर्न, बजारसम्म सहज पहुँच कायम गर्न तथा बिचौलियाको प्रभाव न्यूनीकरण गर्न सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको बताएका थिए। मन्त्री चौधरीले किसानका जायज मागप्रति मन्त्रालय संवेदनशील रहेको उल्लेख गर्दै बजार व्यवस्थापन र आपूर्ति प

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 181 पटक पढिएको
  • इंग्ल्यान्डलाई स्तब्ध पार्दै अर्जेन्टिना फेरि विश्वकप फाइनलमा, मेसीको जादु र लाउटारोको अन्तिम प्रहार

    काठमाडौं। साविक विजेता अर्जेन्टिनाले अद्भुत पुनरागमन गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। एटलान्टामा सम्पन्न रोमाञ्चक सेमिफाइनलमा एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्‍यो।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोलीले सावधानीपूर्वक प्रदर्शन गरेका थिए। बल आफ्नो नियन्त्रणमा राखे पनि अर्जेन्टिनाले स्पष्ट अवसर सिर्जना गर्न सकेन भने इंग्ल्यान्डले पनि रक्षात्मक अनुशासनलाई प्राथमिकता दियो।दोस्रो हाफ सुरु भएपछि भने खेलले नाटकीय मोड लियो। ५५औँ मिनेटमा मोर्गन रोजर्सको उत्कृष्ट क्रसलाई एन्थोनी गोर्डनले गोलमा परिणत गर्दै इंग्ल्यान्

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 68 पटक पढिएको
  • लागूऔषध सहित चार जना पक्राउ

    काठमाडौं / लागूऔषध सहित चार जना पक्राउ परेका छन् ।मकवानपुरको मनहरी गाउँपालिका—८ सिमपानीबाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १०९ किलो ९६ ग्राम सहित धादिङ गजुरी नगरपालिका—७ किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा।प्र।०१—०२६ च ४८९३ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक सुमन समेत २ जनालाई पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका—९ खक्रौलाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ११० मिलिग्राम सह

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 143 पटक पढिएको
  • महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

    काठमाडौं / महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्ने भएको छ ।बैठक बिहीबार दिउँसो १ बजे सिंहलरबारस्थित सङ्घीय संसद् सचिवालयमा बस्ने भएको हो । आजको बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा तथा विविध विषयमा छलफल हुने कार्यसूची छ । 

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 121 पटक पढिएको
  • विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट

    सर्लाही / मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका स्वर्गीय विवेक मण्डलको परिवारसँग भेट गरेका छन् । मन्त्री महतोले मंगलबार साँझ मण्डलको निवासमा पुगेर शोकसन्तप्त परिवारसँग भेटघाट गरेका हुन् । उनले विवेकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनलाई धैर्य धारण गर्न आग्रह गरे । साथै, यस दुःखद घडीमा प्रदेश सरकार परिवारको साथमा रहने र आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए । कुरा गर्दै मन्त्री महतोले विवेककी श्रीमतीलाई प्रदेश सरकारमार्फत रोजगारी उपलब्ध गराउने बताए ।आफ्नै क्षेत्रका नागरिकको पीडामा सरकार संवेदनशील रहेको उ

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 109 पटक पढिएको
  • नेपालमा विद्युतीय सवारीको बढ्दो क्रेज

    काठमाडौं। पेट्रोल–डिजेलभन्दा विद्युतीय गाडीतर्फ नेपाली उपभोक्ताको आकर्षण तीव्र बन्दै जाँदा चीनसँग जोडिएको रसुवागढी नाका अहिले ईभी आयातको सबैभन्दा ठूलो प्रवेशद्वार बनेको छ। एकै आर्थिक वर्षमा ६ हजार ५ सयभन्दा बढी विद्युतीय सवारी नेपाल भित्रिएका छन् भने त्यसबाट मात्रै १५ अर्ब रुपैयाँभन्दा बढी राजश्व सङ्कलन भएको छ। तर यही आयातसँगै अनियमितताको विवाद पनि बाहिरिएको छ।  चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी नेपालमा विद्युतीय सवारी भित्रिने मुख्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।आर्थिक वर्ष २०८२–८३ मा यस नाकाबाट ६ हजार ५ सयभन्दा बढी विद्युतीय कार, जीप, भ्यान र मिनीबस नेपाल आयात भएका छन्। ईभी

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 77 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.