 
    काठमाडौं— सुदूरपश्चिम प्रदेशमा मौलिक पर्वको गौराको रौनक छ । १२ भदौ अर्थात पञ्चमीका दिनदेखि सुरु भएको गौरा पर्वको आज तेस्रो दिन । ‘ठूली गौरा’ मनाइँदैछ । आजका दिन व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । आजको दिनलाई स्थानीय भाषामा भितरीकी गौरा अथवा ठूली गौरा भनिन्छ । व्रतालु महिलाले आज गौरालाई गौरा घरमा भित्र्याउने चलन छ । व्रतालु महिला एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रहिआएको छ ।गौराको मुख्य दिन भने भोलि हो । भोलि अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गल गानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । गौरा महेश्वरको प
 
    काठमाडौं— संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
 
    चितवन— चितवनको भरतपुरमा कार दुर्घटनामा एक चिकित्सकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१० बिशालचोकमा रमाइलो चोकबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराति अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा। विप्लब भट्टको मृत्यु भएको हो।दुर्घटनामा परी गम्भीर घाइते भएका डा.भट्टको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
 
    काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर साधरणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।राति देशभर साधरणतया बदली रहने महाशाखाले जनाएको छ । सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरू र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
 
    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४२ पैसा र
 
    जनकपुर— नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकलाई विगतका सहमति अनुसार संशोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।जनकपुरधाममा महासंघको स्थानीय आन्दोलन परिचालन समितिका संयोजक गौरीशंकर लाल कर्णले शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाउँदै सरकारलाई यस विषयमा ध्यानाकर्षण गराएका हुन् ।महासंघले २०७५, २०७८ र २०८० सालमा आन्दोलनमार्फत क्रमशः ३०, ५१ र ६ बुँदे सहमति गरेको र सोही सहमति समेटेर विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री ऐन ल्याउनुपर्ने माग गर्दै २०८१–८२ मा लामो आन्दोलन गरेको जनाएको छ । उक्त आन्दोलनको बलमा २०८२ वैशाख १७ गते मन्त
 
    वीरगञ्ज— पर्सामा हैजा संक्रमण अझै रोकिएको छैन । वीरगञ्जमा थप ७५ जनामा हैजा पुष्टि भएपछि जिल्लामा कुल संक्रमितको संख्या ६ सय ९७ पुगेको छ ।हाल १७ सरकारी र निजी स्वास्थ्य संस्थामा १९३ जना बिरामी उपचाररत छन्, तीमध्ये ३३ जना आईसीयू र चारजना एचडीयूमा छन् । अहिलेसम्म ५०४ जनालाई डिस्चार्ज गरिएको छ ।नारायणी अस्पतालमा सबैभन्दा बढी ८३ जना उपचाररत छन्, जसमा १४ जना आईसीयूमा छन् । तराई अस्पतालमा २९ जना उपचाररत छन् भने नेशनल मेडिकल कलेज र प्रभु अस्पतालमा १०र१० जना छन् । स्रोत पत्ता नलाग्दा हैजा नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।
 
    काठमाडौं— युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलकुदले सीमित स्रोत र साधनका बाबजुद उल्लेखनीय उपलब्धिहरू हासिल गरेको बताएका छन् ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री चौधरीले विगत ६ दशकको इतिहास बोकेको नेपाली खेलकुदले विभिन्न आरोह–अवरोह पार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जितेर नेपाललाई विश्वमा चिनाएको उल्लेख गरे ।उनले भने, ‘विगत ६ दशक भन्दा लामो इतिहास बोकेको नेपाली खेलकुदले विभिन्न आरोह, अवरोह पार गर्दै सिमित स्रोत र साधनका बाबजुद पनि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रय खेलकुदका क्षेत्रमा पदक प्राप्त गरी विश्वसामू नेपालको झण्डा फहर
 
    मुग— नेपाल सरकारले मुगु जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ । वन मन्त्रालयको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । मुगुमा वि.स. २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिव ५० बर्ष पछि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको बिशेष पहलमा सरकारले दोस्रो छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको हो । उक्त राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जको रुपमा चिनिने भएको मन्त्री शाहीले बताए । डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको
 
    काठमाडौं— नेपाल प्रहरीको औपचारिक स्थापना वि.सं. २०१२ सालको प्रहरी ऐन जारी भएपछि असोज महिनामा भएको हो । यद्यपि, २००७ सालको क्रान्तिपछि नै प्रहरी इकाईलाई संगठित बनाउन प्रहरी प्रधान कार्यालय सन् १९५१ (वि.सं. २००७ चैत) मा स्थापना गरिएको थियो ।त्यतिबेलादेखि हालसम्म ३१ जनाले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) को जिम्मेवारी सम्हालिसकेका छन् । तर, हालसम्म नेपाल प्रहरीमा कतिजना आइजीपी भइसकेका छन् ? त्यस्तै नेपाल प्रहरीका पहिलो आइजीपीदेखि ३१ औँ सम्मको फेहरिस्त रोचक छ । १. तोरण शमशेर जबरा: नेपाल प्रहरीको पहिलो आईजिपी हुन् तोरण शमशेर जबरा । प्रधान कार्यालयको स्थापनापछि जबरालाई २००७ चैतमा आईजिपी
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.