समाचार

    Showing 1,931-1,940 of 26,479 items.
  • कतारको विष्फोटमा १२ भारतीयसहित १३ जनाको मृत्यु, नेपाली पनि घाइते

    काठमाडौं— कतारको सबैभन्दा ठूलो ग्यास प्रशोधन केन्द्रमा भएको भीषण विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन्।कतारको उत्तरी भागस्थित रस लाफान औद्योगिक क्षेत्रमा रहेको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) प्रशोधन केन्द्रमा आइतबार राति ‘प्राविधिक दुर्घटना’का कारण विस्फोट भएको कतारको गृह मन्त्रालयले जनाएको छ।विस्फोटपछि आकाश सुन्तलाजस्तो देखिएको थियो भने राजधानी दोहादेखि करिब ७० किलोमिटर टाढासम्म कम्पन महसुस गरिएको थियो।विस्फोटमा १२ भारतीय र एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको छ । घाइते हुनेहरुमा नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाक

    • प्रकाशित मितिः असार ९, २०८३
    • 475 पटक पढिएको
  • निर्माणाधीन पुल नजिक सडक भासिँदा हुलाकी राजमार्ग अवरुद्ध

    सिरहा। सिरहाको औरही गाउँपालिका–५ स्थित गागन खोलाको निर्माणाधीन पुल छेउको सडक भासिएपछि हुलाकी राजमार्ग अवरुद्ध भएको छ।स्थानीयले पुल निर्माणका क्रममा गरिएको जथाभावी माटो उत्खनन र वर्षाको कटानलाई सडक भासिनुको मुख्य कारण बताएका छन्। बाहिरबाट सडक सामान्य देखिए पनि भित्री भाग खोक्रो भइसकेकाले ठूलो दुर्घटनाको जोखिम बढेको स्थानीयको चेतावनी छ।सडक अवरुद्ध भएपछि सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ। हुलाकी सडक निर्देशनालयले निर्माण कम्पनीलाई तत्काल मर्मत गर्न निर्देशन दिएको जनाएको छ।८ करोड ६७ लाख रुपैयाँ लागतमा निर्माणाधीन गागन पुल २०८४ असारभित्र सम्पन्न गर्ने लक्ष्य छ। तर सडक भासिएपछि यात्रुह

    • प्रकाशित मितिः असार ९, २०८३
    • 184 पटक पढिएको
  • ८ अर्बको राहदानी काण्डः पूर्वमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं— नेपालको इतिहासकै सबैभन्दा चर्चित सार्वजनिक खरिद विवादमध्ये एक मानिएको विद्युतीय राहदानी ठेक्का प्रकरण अन्ततः अदालतको ढोकामा पुगेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ८ अर्ब रुपैयाँ बराबरको राहदानी खरिद तथा व्यवस्थापन सम्झौतामा गम्भीर अनियमितता भएको निष्कर्ष निकाल्दै पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले दायर गरेको अभियोगपत्रले देशको प्रशासनिक र राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। राहदानीजस्तो संवेदनशील राष्ट्रिय दस्तावेजको खरिद प्रक्रियामै राजनीतिक प्रभाव, नीतिगत हस्तक्षेप र मिलेमतोको आरोप उठेपछि यो प्र

    • प्रकाशित मितिः असार ९, २०८३
    • 431 पटक पढिएको
  • रास्वपा महाधिवेशनको बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको जारी प्रथम महाधिवेशनमा बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । सोमबार बिहानबाट हुने भनिएको बन्दसत्र मंगलबार दिउँसो २ बजेबाट सुरु हुन लागेको हो ।  महाधिवेशनमा चार हजार २०० प्रतिनिधि छन्। महाधिवेशन प्रतिनिधिको सूची टुंगो लाग्न नसक्दा बन्दसत्र ढिलो सुरु हुनको कारण महाधिवेशन प्रतिनिधिको सूची टुंगो लाग्न नसक्दाले हो। बन्दसत्र प्रतिनिधि परिचयपत्र वितरणपछि तालिकाअनुसार नै सञ्चालन हुनेछ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्, र त्य

    • प्रकाशित मितिः असार ९, २०८३
    • 161 पटक पढिएको
  • राहदानी छपाइ भ्रष्टाचार मुद्दाः विशेष अदालतमा थुनछेक बहस सुरु, १० अर्बभन्दा बढी बिगो दाबी

    काठमाडौं— बहुचर्चित राहदानी छपाइ ठेक्का प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जना प्रतिवादीलाई मंगलबार थुनछेक बहसका लागि विशेष अदालत उपस्थित गराइएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार २ गते अर्याललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। विस्तृत अनुसन्धानपछि आयोगले १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। तीमध्ये हाल नियन्त्रणमा रहेका सात जनामाथि विशेष अदालतमा बयान लिने प्रक्रिया जारी रहेको अदालतले जनाएको छ।विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार इजलासमा बयानको काम भइरहेको छ। बयान सकिएमा आजै थुनछेक बहस सम्पन्न भई अदालतले आवश्यक आदेश दिन

    • प्रकाशित मितिः असार ९, २०८३
    • 457 पटक पढिएको
  • २ करोड ६९ लाखको भेपसहित पक्राउ

    काठमाडौं— सिन्धुपाल्चोक प्रहरीले अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको विद्युतीय चुरोट (भेप)सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले बाह्रबिसे नगरपालिका वडा नम्बर ३ खाग्दलबाट जुगल गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय राम कुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।प्रहरीले गोप्य सूचनाका आधारमा तातोपानीबाट बाह्रबिसे आउँदै गरेको प्रदेश ०३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो गाडी जाँच गर्दा भेप बरामद गरेको हो । बरामद भएका कुल ७ हजार ७ सय थान विभिन्न ब्रान्डका भेपको अनुमानित बजार मूल्य २ करोड ६९ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।प्रहरी नायव उपरी

    • प्रकाशित मितिः असार ९, २०८३
    • 432 पटक पढिएको
  • नगरकोटमा चक्कु प्रहार गर्दा एक युवाको मृत्यु

    भक्तपुर— भक्तपुरको नगरकोट क्षेत्रमा सामान्य विवादले हिंसात्मक रूप लिँदा एक युवाको मृत्यु भएको छ। आइतबार राति करिब १० बजेतिर भएको झडपमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका २८ वर्षीय आकाश रसाइलीको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।महोत्तरीको मिथिला नगरपालिका–९ स्थायी घर भएका रसाइली हाल नगरकोटमोड क्षेत्रमा बस्दै आएका थिए। घटनापछि गम्भीर अवस्थामा उनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा सोमबार बिहान ६ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१

    • प्रकाशित मितिः असार ९, २०८३
    • 456 पटक पढिएको
  • राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको बाँध

    बाँके— नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बाँकेको अगैयास्थित राप्ती नदीमा सिक्टा सिँचाइ आयोजनाको ३ सय १७ मिटर लामो बाँध निर्माण गरिएको छ । आर्थिक वर्ष २०६२–०६३ मा सुरु भएको यस आयोजनाले बाँकेका विभिन्न स्थानीय तहअन्तर्गत करिब ४२ हजार ७७५ हेक्टर कृषि योग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ । हालसम्म २२ हजार हेक्तटररमा सिँचाइका लागि पानी उपलब्ध गराएको छ ।

    • प्रकाशित मितिः असार ९, २०८३
    • 390 पटक पढिएको
  • चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

    काठमाडौं— नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा असन्तुलन झन् गहिरिँदै गएको देखिएको छ । भन्सार विभागको चालु आर्थिक वर्षको पहिलो ११ महिनाको तथ्यांक अनुसार चीनबाट ठूलो परिमाणमा वस्तु आयात भए पनि निर्यात भने अत्यन्त न्यून रहेको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा नेपालले चीनबाट ३ खर्ब ८२ अर्ब रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात गरेको छ । तर सोही अवधिमा चीनतर्फ नेपालको निर्यात भने १ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी मात्रै रहेको छ । रकमका आधारमा चीन नेपालको प्रमुख निर्यात गन्तव्यहरूको सूचीमा दशौं स्थानमा रहेको छ । यसले नेपाल–चीन व्यापार सम्बन्धमा ठूलो व्याप

    • प्रकाशित मितिः असार ९, २०८३
    • 446 पटक पढिएको
  • पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    कास्की। पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्रका सबै व्यापारिक संरचना हटाएको छ ।बसपार्कभित्रको बास्तोला कम्प्लेक्ससहित उत्तरतर्फको पेट्रोलपम्प लाइनका सटर तथा कबलहरु समेत हटाइएका छन् । विसं २०३० मा बसपार्कको जग्गा अधिग्रहण गरेको आधा शताब्दीपछि बसपार्क निर्माणका लागि ‘साइट क्लियर’ गर्ने काम सुरु गरिएको हो । संरचना हटाएको क्षेत्रमा सरसफाइ गरेर सम्याइएको छ ।महानगरले लालपूर्जाभित्रका व्यापारिक संरचना हटाए पनि मुख्य चासो रहेको सुकुमवासी बस्ती खाली गर्न भने अझै बाँकी छ । बसपार्कभित्र तीन वटा सुकुमवासी बस्तीमा ५७२ घर पर

    • प्रकाशित मितिः असार ९, २०८३
    • 229 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.