काठमाडौं— नुवाकोटको शिवपुरी गाउँपालिका–६ स्थित गुर्जेबाट प्रहरीले २२ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । बुधवार मध्यराति गुर्जेमा रहेको बार्दली इन होटलमा छापा मारेर प्रहरीले जुवाडेहरूलाई पक्राउ गरेको हो ।जुवा खालबाट १० लाख ७१ हजार नगद र ३१ थान कौडा बरामद गरिएको नुवाकोटका एसपी दुर्गा रेग्मीले बताए । पक्राउ पर्नेमा ६ जना महिला छन् ।गएराति साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी विक्रम लामा नेतृत्वको टोलीले सो होटलमा छापा मारेको थियो । आरोपीहरू विरुद्ध जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
डडेल्धुरा— जिल्लाको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान से १ ज ७३८ नं को जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा– ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए ।उनका अनुसार ठाँटा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो । त्यसैगरी घाइते हुनेमा सोही वडाका १८ वर्षीया सुशीला विक, ४४ वर्षीय प्रकाश बिक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र वर्ष ४ की प्रतिका पार्की छन
काठमाडौं – रसुवा र धादिङ जिल्लाको सिमानामा अवस्थित अपर मैलुङ खोलामा निर्माणधीन अवस्थामा रहेको ६.४२ मेगावाट क्षमताको अपर मैलुङ खोला ‘ए’ जलविद्युत आयोजनामा शेयर लगानी गर्दा आफूहरु ठगिएको आरोप यौनिक तथा अल्पसंख्यक समुदायका सदस्यहरुले लगाएका छन् ।उनीहरुले ब्लु डाइमन्ड सोसाइटीकी तत्कालीन अध्यक्ष पिंकी गुरुङ(संजिव) र अपर मैलुङ हाइड्रो पावर कम्पनीमाथि यस्तो आरोप लगाएका हुन् । सोसाइटीका सदस्यहरुले हाइड्रोपावरमा शेयर लगानी गरिदिने भन्दै गुरुङले समूदायका व्यक्तिहरुमार्फत रकम उठाएर हिनामिना गरेको आरोप लगाएका छन् ।नेपाल न्यूज बैंकको स्टुडियोमा भिडियो अन्तरवार्ता दिएका सोसाइटीका तीन जना सदस्यले गुरुङ
हुम्ला— हुम्लाको ताँजाकोट गाउँपालिकामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयासको आरोपमा तीन जना स्वास्थ्य संस्था कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्वास्थ्य चौकी इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार ती तीनै जनाले मदिरा सेवन गरेर पीडित स्वास्थ्यकर्मीको कोठामा प्रवेश गरी अभद्र व्यवहार गर्दै सामूहिक बलात्कार प्रयास गरेका थिए।घटना मंगलबार राति करिब ११ बजे तिर भएको बताइएको छ। घटनाको जानकारी पाएपछि छप्रेला प्रहरी चौकीबाट खटिएको टोलीले तत्कालै तीनै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसप
काठमाडौं— कवाड व्यवसायी संघर्ष समितिले आज काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ।कवाड व्यवसायी, कवाड संकलक मजदुरमाथि महानगरपालिकाद्वारा विगत २ वर्ष देखी भइरहेको अन्यायपूर्ण ज्यादती, कुटपिट, सामान जफत र संरचना भत्काउने कार्यको विरोध स्वरूप महानगर घेराउ गर्न लागेको समितिले जनाएको छ।बिहान ११ बजे भृकुटी मण्डपमा भेला भई काठमाडौं महानगर कार्यालय कमलादी जाने उनीहरुको कार्यक्रम छ।
धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) को शीर्ष नेतृत्वबीचको विवाद सतहमा आउँदा कार्यकर्ता र तल्लो तहका नेताहरू निराश बनेका छन्। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको मतभेदले संगठनलाई नै असर पार्न थालेको नेताहरूको भनाइ छ।२०७९ को निर्वाचनपछि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बलियो बनेको नाउपा भित्र अध्यक्ष श्रेष्ठलाई पदबाट हटाउने प्रयासपछि विवाद चुलिएको हो। संरक्षक चौधरीको नेतृत्वमा बहुसंख्यक केन्द्रीय सदस्यहरूले श्रेष्ठलाई हटाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरे पनि निर्वाचन आयोगले वैधानिकता नदिएपछि श्रेष्ठ अझै अध्यक्षकै भूमिकामा छन्।यस विवादका कारण सुदूरपश्चिम प्रदेशमा प
काठमाडौं— भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी हिन्दू नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउदै छन्।आजकोदिन महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।अरुणन्धतीसहित सप्तऋषि कश्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ ।रजस्वला भइसकेका नारीहरूले भविष्य पुराणका अनुसार ब्रह्म हत्याको पापमुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस भन्नाका लागि सप्तऋषिको पूजा गर्न
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली भइरहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ । हाल बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागका केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।राति देशभ
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५१ पैसा र बिक्रीदर ९० रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०१ रुपैय
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)स्वास्थ्यमा सकारात्मक सुधार देखिनेछ। व्यापार तथा व्यवसायमा लाभको सम्भावना उच्च रहेको छ। वैदेशिक लगानी वा अन्तर्राष्ट्रिय सम्पर्कबाट फाइदा मिल्ने समय हो। सामाजिक एवं परोपकारी क्षेत्रमा तपाईको योगदानको प्रशंसा हुनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)शारीरिक स्वास्थ्य सन्तोषजनक रहनेछ। इमान्दार प्रयासमार्फत लक्ष्यमा पुग्न सहज हुनेछ। भौतिक सम्पत्ति विस्तारका सम्भावना बलियो देखिन्छ। शैक्षिक सफलता तथा प्रेम सम्बन्धमा नजिकको अनुभूति आजको विशेषता बन्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)नयाँ स्थानको भ्रमणले मानसिक ताजगी ल्याउनेछ। प
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.