झापा / झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गए राति अर्जुनधाराबाट दुई र दिउँसो मेचीनगरबाट एक भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिएका छन्।अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक होटलबाट पाँचथर फिदिमका २७ वर्षीय रोशन सुवेदी र २८ वर्षीय सुमन कार्कीलाई छ ग्राम ७०० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको उनले बताएका छन्।त्यस्तै बिहीबार दिउँसो लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टो
काठमाडौँ / गत आर्थिक वर्षको माघ ९ गतेदेखि हालसम्म प्रहरीले भारी मात्रामा सवारी साधन बरामद गरी सवारी धनीलाई बुझाएको छ ।चोरी निकासी गरी लुकाइछिपाइ राखेका मोटरसाइकलदेखि जीपसम्मका सवारी साधन बरामद गरी प्रहरीले सवारीधनीलाई बुझाएको हो । जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर आएलगत्तै प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुकुमार थापाले एकवर्षे चोरीपैठारी नियन्त्रणका लागि कार्ययोजना बनाई काम सुरु गरेका थिए ।वर्ष दिन नपुग्दै आठ महिनाको अवधिमा थापा नेतृत्वको टोलीले ठूलो सफलता प्राप्त गरेको छ । मोटरसाइल ३८ र एक जीप बरामद गरी रु एक करोड २० लाख मूल्य बराबरका सवारी साधन बरामद गरिएको छ । चोरी पैठारी गरिएकामध्ये एक जीप
काठमाडौँ / इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो ।जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छन्। उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको छ ।कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्
सुनसरी / सुनसरी दुहबी नगरपालिका –२ स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बुढीगंगा –७ का ५० का आशराम माझी रहेका छन् । आज बिहान सँवा ८ बजे विराटनगर आउँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो क्रस गर्न लागेको को ३४ प ९०६७ नम्बर को मोटरसाइकललाई ठक्कर दिँदा माझी गम्भिर घाईते भएका थिए । घाइते माझीलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर पुर्याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । बस र बस चालक सिन्धुपाल्चोक इन्द्रावती ४ का ३० वर्षीय अशोक थापा मगर इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रण
बर्दिया/ बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारस्थित त्रितिसा इलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३० वर्षीय इस्लाम दिन र बाँके डुडुवा गाउँपालिका–७ का ४० वर्षीय मुसा कुरेसी रहेका छन् । दिनलाई घटनास्थलबाटै र सो घटनामा संलग्न रहेको आरोपमा कुरेसीलाई खोजतलास गर्दै जाँदा बर्दिया बढैयाताल गाउँपालिका – ३ भोलागौडी बजार नजिकबाट चोरी भएका चार थान मोबाइलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेलले बताएका छन् ।पक्राउ परेका दुवै जनालाई बर्दिया जिल
काठमाडौँ / नेपाल प्रहरीले जुवाको खालबाट १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।आज (बिहीबार) बिहान महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका –७ हरमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा उनीलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट प्रहरीले १८ लाख ७५ हजार ५ सय रुपैयाँ पैसा र सात बुक तास र विभिन्न कलरका क्वाइन बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
ताप्लेजुङ / ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १५ वर्ष पूरा भएको छ । तत्कालीन वनमन्त्री गोपाल राईसहित २४ संरक्षणकर्मीको अकल्पनीय सो दुर्घटनमा निधन भएको थियो । कञ्जनजङ्घा संरक्षण क्षेत्र व्यावस्थापन परिषद्ले मृतकका स्मृतिमा आज दीप प्रज्वलन आयोजना ग¥यो ।सरकारले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संरक्षणकर्मीको सम्झानामा राष्ट्रिय संरक्षण दिवसका रूपमा मनाउँदै आएको छ । परिषद् अध्यक्ष खगेन्द्र फेम्बुले यसपटक दीप प्रज्वलन बताए । श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा भूगोलविद् डा हर्क गुरुङ, मन्त्री राईकी श्रीमती मीना राई, संरक्षणविद् डा तीर्थमान मास्के, वन त
बैैतडी / बैतडीमा एक व्यापारी मृत फेला परेका छन् । सुर्नया गाउँपालिका–४ लेकडाणा घर भई सन्सेरीमाण्डौँमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् । महरा पसल अगाडी मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन् । शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । महराको टाउको, छाती र शरीरका अन्य भागमा घाउ रहेकाले उनको हत्या गरिएको आशङ्का गरिएको छ । घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीको नेतृत्वको टोली घटनास्थलमा गएको छ । स्थानीयवासीले घटनाको छानबिन गर्न माग गरेका छन् ।
बिर्तामोड / गत आर्थिक वर्ष २०७७/०७८ मा एक हजार २ सय ४२ जना नेपालीले रोजगारीका क्रममा विदेशी भूमिमा ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा एक हजार दुई सय १३ पुरुष र २९ महिला रहेका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार रोजगार गन्तव्य मुलुकमध्ये सबैभन्दा बढी नेपालीको मृत्यु साउदी अरेबियामा भएको छ । बोर्डकाे तथ्याङ्क अनुसार साउदी गएका २ महिला र ३ सय ६० पुरुष गरी कूल ३ सय ६२ जानको मृत्यु भएको छ । साउदी पछि रोजगारीमा गएर ज्यान गुमाउने नेपालीको संख्या मलेसियामा धेरै रहेको छ । मलेसियामा १ महिलासहित २ सय ८० नेपालीको मृत्यु भएको तथ्यांक छ ।त्यस्तै कतारमा ३९ जना, युएईमा २०८, कुवेतमा
काठमाडौँ / काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ । सहरी विकस तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको जानकारी दिएको पनि दुई हप्ता बढी भइसकेको छ । यसअघि फोहर व्यवस्थापनस्थल छिटो निर्माण गर्न भन्दै आएको महानगरले तत्काल उक्त स्थानमा फोहर व्यवस्थापनको कम सुरु नगर्ने जनाएको छ । यसरी विभागले निर्माणको काम सम्पन्न गरी जिम्मा गरिसकेको अवस्था र महानगरले फोहर व्यवस्थापन कहिलेबाट गर्नेबारे यकिन नहुँदा दीर्घकालीन रूपमा फोहर व्यवस्थापनको का
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.