समाचार

    Showing 3,591-3,600 of 26,533 items.
  • लैङ्गिक हिंसामा परेमा वा थाहा पाएमा तत्काल खबर गर्न मन्त्रालयको आग्रह

    काठमाडौं— महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला तथा किशोरीहरुलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा  तत्काल खबर गर्न आग्रह गरेको छ ।मन्त्रालयले आज एक सूचना जारी गर्दै हिंसा परेमा वा घटनाको बारेमा जानकारी पाएमा खबर गर्न आग्रह गरेको हो ।महिला तथा किशोरीहरुलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा ११४५ निःशुल्क हेल्पलाईन सेवा वा अस्पतालमा अवस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र वा नेपाल प्रहरीको टेलिफोन नं. १०० वा बाल हेल्पलाइन सेवा १०९८ वा यस मन्त्रालयको ईमेल [email protected],, मोवाइल नं.९८५१३११११२ मा सम्पर्क गरी वा whatsApp गरी तत्कालै जानक

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 448 पटक पढिएको
  • हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५ करोड ६० लाख

    काठमाडौं— निर्माण क्षेत्रमा क्रियाशील हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स प्रा.लि. (एचबिई) ले पछिल्ला वर्षहरूमा आफ्नो वित्तीय प्रदर्शनमा सुधार देखाएको छ । सन् १९८५ मा स्थापना भएको कम्पनी निजी क्षेत्रका परियोजनामा केन्द्रित रहँदै आएको छ । रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिबेदन अनुसार सन् २०२१ मा १ अर्ब ५३ करोड रुपैयाँ रहेको सञ्चालन आम्दानी सन् २०२५ सम्म आइपुग्दा बढेर १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामा मात्रै ६५ करोड ६० लाख रुपैयाँ आम्दानी भएको देखिएको छ ।नाफाको सूचक ओपीबीडीआईटीए मार्जिन पनि क्रमशः सुधार हुँदै गएको छ । सन् २०२१ / २०२२ मा ४.५ प्रतिशत रहेको यो

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 443 पटक पढिएको
  • आफ्नै पार्टीका सांसद खनालको घर ‘ऐलानी’माः नक्सापास र लालपूर्जा बिना बनेको संरचना—प्रधानमन्त्रीको डोजर कहिले लगाउछन् ?

    कैलाली— सार्वजनिक जग्गामा बनेका अवैध संरचनामाथि कडा कारबाही गरिरहेको सरकार आफ्नै पार्टीभित्रको विवादमा तानिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको ‘डोजर नीति’कै बीच, प्रतिनिधिसभा सदस्य केपी खनालको घर ऐलानी जग्गामा निर्माण भएको तथ्य सार्वजनिक भएपछि नीति कार्यान्वयनमाथि प्रश्न उठेको छ।कैलालीको लम्कीचुहा नगरपालिका–१ बसपार्क नजिक निर्माणाधीन खनालको घर नक्सापास र लालपूर्जा बिना बनाइएको स्थानीय तहले जनाएको छ। नगरपालिकाका अनुसार सो क्षेत्रको जग्गा अझै कानुनी रूपमा दर्ता भएको छैन।खनालका स्वकीय सचिवले घर ऐलानी जग्गामै रहेको स्वीकार गरेका छन्। उनका अनुसार खनालका अभिभावकले भारतमा मजदुरी गरेर कमाएको

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 454 पटक पढिएको
  • प्रतिबन्ध, प्रतिरोध र ध्रुवीकरणको छायाँमा विश्व अर्थतन्त्र

    देवेन्द्र के ढुङगाना अन्तर्राष्ट्रिय सम्बन्धको जटिल संरचनाभित्र पछिल्लो समय देखिएको अमेरिकी प्रतिबन्ध नीति र त्यसप्रति चीनको खुला असहमति केवल दुई शक्तिशाली राष्ट्रबीचको द्वन्द्व मात्र होइन, यसले विश्व राजनीतिक र आर्थिक संरचनामा गहिरो प्रभाव पार्ने संकेत गरेको छ। इरानी तेल खरिदसँग सम्बन्धित विषयलाई लिएर अमेरिका र चीनबीच उत्पन्न विवादले विश्व अर्थतन्त्रमा नयाँ अनिश्चितता थपेको छ, जसले बहुपक्षीय सहकार्यको अवधारणालाई चुनौती दिइरहेको छ।अमेरिकी प्रशासन, विशेषतः डोनाल्ड ट्रम्पको नेतृत्वमा अघि बढेको ‘एकपक्षीय प्रतिबन्ध’ नीति, विश्व व्यवस्थामा आफ्नो प्रभुत्व कायम राख्ने प्रयासको रूपमा व्याख्या हुँ

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 189 पटक पढिएको
  • सुनको मूल्य घट्यो कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ ।शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला १ हजार रूपैयाँले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।आइतबार नेपाली बजारमा चाँदी प्रतितोला ५ हजार १० रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 392 पटक पढिएको
  • मेवा–चाङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाको पुनः बोलपत्र आह्वान

    काठमाडौं— राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले मेवा–चाङ्गे (ढुङ्गेसाँघु) १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत ढुङ्गेसाँघु सबस्टेशनको विस्तारका लागि पुनः बोलपत्र आह्वान गरेको छ ।कम्पनीले सबस्टेशनमा १३२ केभी बे एक्सटेन्सन र सम्बन्धित भूमिगत केबलिङ कार्यका लागि डिजाइन, आपूर्ति, जडान, परीक्षण र कमिसनिङ सम्बन्धी काम गर्न इच्छुक योग्य बोलपत्रदाताहरूबाट प्रस्ताव माग गरेको हो । यो ठेक्का राष्ट्रिय प्रतिष्पर्धात्मक बोलपत्र प्रक्रिया मार्फत डिजाइन एण्ड बिल्ड मोडेलमा अगाडि बढाइने सूचनामा उल्लेख छ ।यस बोलपत्रमा सहभागी हुनका लागि निर्माण व्यवसायीहरूको योग्यता समेत तोकिएको छ । जसअनुसार आवेदन दिने कम्पन

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 420 पटक पढिएको
  • मोरङमा स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ

    मोरङ— मोरङमा स्रोत नखुलेको ठूलो रकमसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार विराटनगर विमानस्थलबाट काठमाडौं जान लागेका एक भारतीय नागरिकलाई शनिबार नियन्त्रणमा लिइएको हो। भारतको माल्दा जिल्लाका ३६ वर्षीय मोहिदिल अलीसँग १५ लाख ९८ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।यसअघि शुक्रबार सोही विमानस्थलबाट धरान–१८ का ३५ वर्षीय दिलीप तामाङ पनि पक्राउ परेका थिए। उनीसँग ११ लाख रुपैयाँ नगद बरामद गरिएको थियो, जसको स्रोत खुल्न सकेको छैन।प्रहरीले दुवै घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 426 पटक पढिएको
  • प्रेस स्वतन्त्रताको मोडमा नेपाली पत्रकारिता: गौरव, चुनौती र सुधारको अपरिहार्यता

    अपरिचित भद्रपुरे :  मे ३—विश्व प्रेस स्वतन्त्रता दिवस—प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको महत्त्व स्मरण गर्ने मात्र अबसर होइन, यसको वर्तमान अवस्थाको गम्भीर समीक्षा गर्ने दिन पनि हो। “शान्तिपूर्ण भविष्यको निर्माण: मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन” भन्ने यस वर्षको नाराले पनि स्पष्ट संकेत गर्छ  स्वतन्त्र प्रेस बिना लोकतन्त्रको जग मजबुत रहन सक्दैन। तर विडम्बना, लोकतान्त्रिक संविधान लागू भएको एक दशक बितिसक्दा पनि नेपालमा प्रेस स्वतन्त्रताको अवस्था सुदृढ हुँदै गएकोभन्दा चुनौतीपूर्ण बन्दै गएको देखिन्छ।नेपाली पत्रकारिताको इतिहास गौरवपूर्ण छ। राणा शासनको दमनकारी

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 313 पटक पढिएको
  • उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुराः ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा तथा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । वैशाख २१ र २२ गते काठमाडौंमा आयोजना हुन लागेको साधारणसभाको सम्पुर्ण तयारी पुरा भएको जनाइएको छ ।साधारणसभाबाट महासंघको नयाँ कार्यसमिती चयन हुनेछ जसका लागि ७३ पदका लागि १३७ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । बाँकी चार उपाध्यक्षसहित अन्य पदका लागि निर्वाचन हुनेछ । साधारणसभा २१ वैशाखमा ललितपुरस्थित होटेल रोयल टुलिपमा उद्घाटन हुने तथा २२ वैशाखमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान हुने कार्यक्रम रहेको महासंघले जा

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 440 पटक पढिएको
  • मन्त्री गौतम भन्छिन् विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुन्छ

    काठमाडौं— कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुने बताएकी छन् ।आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो जारी गर्दै उनले वधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुने भन्दै विधायिका संसद्ले बनाएको कानुनकै अधीनमा रहेर सरकारले काम गर्ने बताइन् ।उनले भनिन्, ‘विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुन्छ । विधायिका संसद्ले बनाएको कानुनकै अधीनमा रहेर सरकारले काम गर्न मिल्छ । नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहको संरचनाको परिकल्पना गरेको छ ।’मन्त्री गौतमले नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहक

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 401 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.