समाचार

    Showing 4,901-4,910 of 15,609 items.
  • पर्यटकीय गन्तव्य बन्दै छिल्लीकोट

    तुलसीपुर (दाङ) । पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । १५÷१६औँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको यस ठाउँको अवलोकन गर्न आउनेहरू निरन्तर बढ्दै गएको स्थानीय प्रवीर पुनले बताए । ‘अहिले बेलझुण्डी र सङ्ग्राम ब्यारेक हुँदै दुईवटा सडक प्रयोग गरेर पर्यटकहरू यहाँ आउने गरेका छन् । त्यहाँबाट सात किलोमिटर हिँडेपछि छिल्लीकोट पुग्ने गरिन्छ’, उनले भने, ‘छिल्लीकोट पुग्ने पर्यटनमार्ग अहिले कालोपत्र भइरहेको छ, त्यो सम्पन्न भए झनै सहज हुने छ र पर्यटकको सङ्ख्या थप बढ्ने छ ।’ अहिले पनि कहिलेकाहीँ दैनिक एक हजार ५०० सम्म पर्यटकले अवल

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 171 पटक पढिएको
  • जब बेलायतका अधिराजकुमार हातमा हथौडा र ज्यावल लिएर काठ खोप्न थाले ...

    भक्तपुर । भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए । नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढलौटका बिहाल मूर्ति, लहरै रहेका अन्य कलात्मक मूर्तिहरू थिए । नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डसहितको टोलीले बुधबार जब क्षेत्रमा प्रवश गरे, यिनै दृश्यले उनको नजर तान्यो । उनले कालिगडको कलामा आफू पनि सहभागी हुने चाहना व्यक्त गरे । कालिगडले कसरी कलात्मक काष्ठकला निर्माण गर्ने भनेर सिकाए । त्यसपछि अधिराजकुमारले हातमा हथौडा र ज्यावल समातेर काठमा

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 146 पटक पढिएको
  • चैत १ देखि ३ गतेसम्म हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मेलन

    काठमाडौं । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले आगामी चैत १गतेदेखी३ गतेसम्म ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृतिसम्मेलन–२०८१’को आयोजनागर्ने भएको छ । बुधबार मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै सम्मेलनको बारे जानकारी गराएको हो ।हिमवत्खण्डमा उद्भवभएकामानव सभ्यता र सांस्कृतिक वैभवहरूका साथै यस भू–खण्डमा बसोवास गर्ने विभिन्नभाषा–भाषीकाविभिन्न संस्कृति, सभ्यता र ज्ञानपरम्परालाई आत्मसात् गर्दै यहाँकाविविधजातजातितथा समुदायबीच संस्कृतिआदान–प्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञानपरम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने, तिनको खोज–अन्वेषण, अध्ययन–अनुसन्धान, संरक्षण, संवद्र्धन र प

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 169 पटक पढिएको
  • मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा ९० प्रतिशत काम सकियो

    ढोरपाटन (बागलुङ) । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी लोकमार्गले बागलुङका दुर्गम बस्तीलाई छिचोल्दै पूर्वी रुकुम जोडिएको छ । पाँचथरको चियोभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म एक हजार आठ सय ७९ किलोमिटरमा फैलिएको लोकमार्गअन्तर्गत बागलुङमा एक सय ३५ किमी पर्दछ ।विसं २०६४ देखि सुरु भएको आयोजनाको बागलुङ खण्डमा हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ । लोकमार्गको सदरमुकाम खण्डमा विभिन्न संस्थाहरूको पहलमा साढे दुई दशक अगाडि ट्रयाक खुलेको थियो । पश्चिम बागलुङखण्डमा २०६४÷६५ तिर मात्रै ट्रयाक खोलिएको थियो । आयोजना सुरु भएको १७ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा लोकमार्ग छेउछाउका बस्तीका बासिन्दा समस्

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 176 पटक पढिएको
  • मदिरा पसलहरु नियन्त्रण गर्न नगरपालिकालाई ध्यानाकर्षण

    राजबिराज । सप्तरी जिल्लाको राजविराज नगरपालिकामा अनियन्त्रित र खुल्लेआम सञ्चालनमा रहेको मदिरा पसल तथा भट्टीहरुलाई नियन्त्रण गर्न तराई–मधेश महिला फाउण्डेशनले नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।फाउण्डेशनकी अध्यक्ष सुनिता साह क्रान्तिको नेतृत्वमा राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविनलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।‘राजविराज नगरपालिका क्षेत्र भित्रका अव्यवस्थित रुपमा मदिरा पसलहरु संचालन गर्न इजाजत दिइएको अवस्था विद्यमान रहेको छ । यसरी अव्यवस्थित मदिरा पसल संचालन तथा त्यसको समय सिमा केही नराखी जथाभावी तरिकाबाट मदिरा सेवन गर्ने व्यक्तिहरुले आफ्नो घर परिवार बाटो हिडने महिला, बालबालिकाहर प्

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 377 पटक पढिएको
  • वृद्धाभत्ता बुझेर फर्किने बेला भिरबाट लडेर मृत्यु

    गोरखा । वृद्धाभत्ता बुझेर फर्कने बेला भिरबाट लडेर एक वृद्धको मुत्यु भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका–४ काशीखोलाका ७५ वर्षीय चुडामणी काप्रीको भिरबाट लडेर मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक नविन गिरीले आइतबार घरबाट वृद्धाभत्ता बुझ्न निस्किएका काप्री घर नफिर्कएपछि खोजी गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्था आज बिहान शव फेला परेको जानकारी दिए । उनका अनुसार ध्याम्पेसालस्थित बैंकमा वृद्धभत्ता बुझेर फर्कने क्रममा उहाँको वडा नम्बर–२ स्थित सेतो पहरो भन्ने ठाउँमा भिरबाट खसेर मृत्यु भएको हो ।काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्था भेटिएको निरीक्षक गिरील

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 213 पटक पढिएको
  • मोटरेवल पुल नहुँदा आवागमनमा सास्ती

    मनाङ । जिल्लाको नासोँ गाउँपालिका–५ र ६ जोड्ने मोटरेवल पुल नहुँदा आवागमनमा समस्या हुँदै आएको छ । मोटर तार्न र आवतजावत गर्न साँघु बनाएर चल्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् । ।मनसुन सक्रिय भएपछि तिल्चेवासीले मोटर तार्न र आवतजावत गर्न स्थानीयले काठका पुल भत्काउँछन् । सदरमुकामबाट गाउँ जाने बाटोमा पर्ने दूध खोलामा हरेक वर्ष मनसुन सकिएपछि पुल बनाएर आवागमनको व्यवस्था गरिन्छ । वर्षा लागेपछि काठे पुल भत्काउने र हिउँद लागेपछि बनाउने तिल्चेवासीको काम हो । स्थानीय गुणराज गुरुङले भने, ‘वर्षा सकियो, गाउँवासी मिलेर पुल बनाउँछौँ, हरेक वर्ष वर्षा लागेपछि पुल झिकेर राख्छौँ, हिउँद लागेपछि झारा उठाएर हाल

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 235 पटक पढिएको
  • रुपाताल संरक्षणसम्बन्धी काम समयमा सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    काठमाडौँ । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपाताल संरक्षण सम्बन्धी कामलाई समयमा सम्पन्न गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको कामको आज निरीक्षण गर्दै उनले यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका हुन् ।‘ऐतिहासिक रुपातालको आफ्नै महत्व छ, जनशक्ति थप गरेर समयमा गुणस्तरीय काम गरी यसलाई सम्पन्न गर्नेतर्फ लाग्नुहोस्’, मन्त्री खड्काले भने । रुपाताल संरक्षणका क्रममा बजेट अभाव हुन नदिन मन्त्रालयले आवश्यक समन्वय गर्ने उनले प्रतिबद्धता जनाइन् ।तालमा हाल सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले पाँच सय

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 190 पटक पढिएको
  • सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना जगाउँदै तनहुँ प्रहरी

    दमौली (तनहुँ) । पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढेपछि न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले सचेतना अभियान सञ्चालन गर्न थालेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँका विभिन्न खण्डमा दुर्घटना बढेपछि प्रहरीले न्यूनीकरणको पहल थालेको हो । मुग्लिनबाट कोत्रेसम्म सडकको स्तरोन्नति भइरहेकाले सडकको अवस्था र सवारी चालकको लापरबाहीका कारण दैनिक दुर्घटना बढिरहेकाले ट्राफिक नियम पालनासम्बन्धी सचेतना जगाउन थालिएको प्रहरीले जनाएको छ ।प्रहरीले सवारी चालकलाई ट्राफिक नियम पालना गर्न तथा सचेतना अपनाएर दुर्घटना न्यूनीकरणमा सघाउन आग्रह गर्दै सचेतनामूलक कार्यक्रमलाई जोड दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उ

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 221 पटक पढिएको
  • ‘बाल विवाह मुद्दामा गृहमन्त्रीलाई जोडेर भ्रम फैलाइयो’

    काठमाडौं । बाल विवाह मुद्दामा राज्यका निकायहरूले आफ्नो तोकिएको अधिकार क्षेत्रभित्र रही कार्य सम्पादन गरेका विषयमा गृहमन्त्री रमेश लेखकलाई जोडेर भ्रम फौलाउने काम भएकोमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।मङ्गलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले गृहमन्त्री लेखकलाई सामान्य जानकारीसमेत नभएको विषयमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन भएकोप्रति दुखद व्यक्त गरेको हो ।गृह मन्त्रालयले समाजमा छुवाछूत र जातीय विभेद् बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ । सत्येन्द्रकुमार राम ९चमार० र नेहा रौनियारबीचको अन्तरजातीय बाल विवाहको विषयमा सिर्जित घटनाबारे गृहमन्त्री ल

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 125 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा