समाचार

    Showing 4,901-4,910 of 26,562 items.
  • वैशाखदेखि ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने शिक्षा मन्त्रालयको निर्णय

    काठमाडौं— शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वैशाखदेखि विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएको ब्रिज कोर्समा रोक लगाउने निर्णय गरेको छ ।आइतबार एक विज्ञप्ति जारी गर्दै विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका ब्रिज कोर्स आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्न मन्त्रालयले निर्देशन दिएको छविद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाएको मन्त्रालयले जनाएको छ ।‘विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी (प्रवेश तयारी) कक्षा एवम् ब्रिज को

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 460 पटक पढिएको
  • मुम्बईसँग कोलकाता ६ विकेटल पराजित

    काठमाडौं— इण्डियन प्रिमियर लिग ९आइपिएल०मा मुम्बई इण्डियन्सले जित हात पारेको छ । मुम्बईको घरेलु मैदानमा भएको खेलमा मुम्बईले कोलकाता नाईट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो ।कोलकाताले दिएको २२१ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ दशमलब १ ओभरमा ४ विकेट गुमाएरको थियो ।मुम्बईको जितमा ओपनर रायन रिकल्टनले सर्वाधिक ८१ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए । उनले ४३ बलमा ४ चौका र ८ छक्का प्रहार गरे ।रोहित शर्माले १४८ रनको शतकीय साझेदारी गरे । रोहितले ३८ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७८ रन बनाउँदै आउट भएका थिए ।तिलक बर्मा २० तथा सुर्यकुमार यादव १६ रनमा आउट हुँदा कप्तान हार्दिक पाण्ड्या १८ रनमा अविजित रहे ।

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 430 पटक पढिएको
  • सर्लाहीमा युवकमाथि चक्कु प्रहार घटनाःआरोपितलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै पीडितले बुझाए जिप्रकामा ज्ञापनपत्र

    सर्लाही— युवकमाथि भएको चक्कु प्रहार घटनाका आरोपितहरू अझै पक्राउ नपरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापनपत्र बुझाएका छन् । आइतबार पीडित मुकेश कुमार ठाकुरले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका हुन् ।२०८१ चैत १ गते साँझ करिब ८ बजे बस बरिया गाउँपालिका–२, मानपुर ब्यारेज नजिक सडकमा ठाकुरमाथि चक्कु प्रहार भएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा रिफर गरिएको थियो ।घटनापछि पीडित पक्षले इलाका प्रहरी कार्याल

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 472 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी प्रदेशका तराई भूभाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 288 पटक पढिएको
  • महेश बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन

    काठमाण्डौ  ।  एमाले नेता महेश बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ।नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेत लाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी खटाइएको छ।प्रहरी खटिएको खबर पाएपछि बस्नेत भूमिगत भएको बताइएको छ। सुरक्षा चुनौती बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघ का नेता र कार्यकर्ताहरू ठूलो संख्यामा भेला भएका छन्।यस कदमपछि एमाले कार्यकर्ताबीच तनाव बढ्ने सम्भावना देखिएको छ।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 417 पटक पढिएको
  • मनसुनअघि उच्च सतर्कता: विपद् तयारी तुरुन्त थाल्न गृहमन्त्रीको कडा निर्देशन

    काठमाडौं— मनसुन नजिकिँदै जाँदा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तीव्र पार्न गृहमन्त्री सुधन गुरुङले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।आइतबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण को निरीक्षण गर्दै मन्त्री गुरुङले मनसुनअघि नै आवश्यक सबै पूर्वतयारी पूरा गर्न जोड दिएका हुन्।निरीक्षणका क्रममा प्राधिकरणका अधिकारीहरूले हाल उपलब्ध स्रोत–साधन, तयारीको अवस्था र आगामी योजना बारे जानकारी गराएका थिए। मन्त्री गुरुङले समयमै तयारी गर्न सके धनजनको क्षति उल्लेखनीय रूपमा घटाउन सकिने उल्लेख गर्दै तत्काल कार्ययोजना कार्यान्वयनमा लैजान निर्देशन दिए।नेपाल प्राकृतिक विपद्को उच

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 513 पटक पढिएको
  • बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

    काठमाडौं— काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा आइतबार तनावपूर्ण अवस्था सिर्जना भयो। केपी शर्मा ओली को रिहाइको माग गर्दै सडकमा उत्रिएका नेकपा एमाले का कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।माइतीघरबाट बानेश्वरतर्फ अघि बढिरहेका प्रदर्शनकारीलाई रोक्ने क्रममा स्थिति बिग्रिएको थियो। प्रदर्शनमा सहभागीहरूले रमेश लेखक को रिहाइको समेत माग गरेका थिए।यो घटनाको पृष्ठभूमि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग जोडिएको छ। उक्त आन्दोलनबारे अनुसन्धान गर्न बनेको गौरीबहादुर कर्की आयोग ले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकमाथि फौजदारी कसूरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 534 पटक पढिएको
  • नयाँ सरकारको एकसय कार्यसूचीमा पर्यटन पूर्वाधार र लगानी प्राथमिकतामा

    काठमाडौं— नवगाठित बालेन्द्र शाह (बालेन) सरकारले देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘शासकीय सुधारका १०० कार्यसूची’मा विशेष प्राथमिकता दिएको छ ।मन्त्रिपरिषद्को पछिल्लो बैठकले स्वीकृत गरेको यस कार्ययोजनामा लगानी वातावरण सुधार, निजी क्षेत्र प्रवद्र्धन तथा पूर्वाधार विकासमार्फत पर्यटन उद्योगलाई बलियो बनाउने सरकारले लक्ष्य राखेको छ ।सरकारले पर्यटन क्षेत्रका राष्ट्रिय गौरवका आयोजना र लगानी बोर्डमा दर्ता भएका ठूला पर्यटकीय परियोजनाहरूको लगानीको ढाँचा अनिवार्य रूपमा निर्धारण गर्ने भएको छ ।९० दिनभित्र ती परियोजनाहरूलाई सरकारी कोष, सार्वजनिक–निजी साझेदारी वा निजी लगानी कु

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 531 पटक पढिएको
  • सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारसम्बन्धी १ हजार ४९ पेजको प्रतिवेदन

    काठमाण्डौ  ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुशासन मार्गचित्र– २०८२ सम्बन्धी  वेभपोर्टलमा आइतबार प्रतिवेदन सार्वजनिक गरेको छ। जेनजी आन्दोलनको माग र भावना अनुसार, शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय महाशाखा हेर्ने सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको हो।समितिले चैत ३ गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो। सोही १ हजार ४९ पेजको प्रतिवेदन सार्वजनिक गरिएको हो। प्रतिवेदनमा १७६५ वटा सुधार गर्नुपर्ने विषय समावे

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 343 पटक पढिएको
  • ओली र लेखक पक्राउको विरोधमा रौतहटमा एमालेको प्रदर्शन, सिडिओमार्फत सरकारलाई ज्ञापनपत्र

    रौतहट— नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) रौतहट जिल्ला कमिटीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा सदरमुकाम गौरमा वृहत् प्रदर्शन गरेको छ ।सरकारको कदमलाई ‘राजनीतिक प्रतिशोध’ र ‘गैरकानुनी’ ठहर गर्दै एमाले कार्यकर्ताहरूले गौर बजारमा नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनपश्चात् एमालेका नेता तथा कार्यकर्ताहरूको टोली जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाएका छन् ।एमालेले बुझाएको ज्ञापनपत्रमा २०८२ भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्व

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 500 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.