समाचार

    Showing 5,151-5,160 of 26,562 items.
  • बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली

    बाजुरा— बाजुराको सर्वाधिक विकट हिमाली गाउँपालिकाका अधिकांश अन्धकार बस्ती आठ महिना पछि झिलिमिली बनेका छन् । गत साउन २८ गते बिच्छ्या खोलामा आएको बाढीले कवाडी लघुजल विद् युतको नहर बगेपछि अधिकांश गाउँ बस्ती अन्धकार थिए ।लामो समयसम्म अन्धकार बनेका यहाँका अधिकांश बस्तीमा सात महिनापछि पुनस् विद्युत् सेवा आपूर्ति भएको हो । विच्छ्या खोलामा आएको बाढीले विद्युत् नहरसँगै स्थानीका घरजग्गा बगाएर करोडौँको क्षति समेत गरेको थियो।हिमाली गाउँपालिका र खत्याड गाउँपालिका बिच सम्झौता भई धुला चौर लगायतका बस्तीमा बिजुली सञ्चालनमा आएको हो ।अविरल वर्षाका कारण कुवासी खोला जलविद्युत योजना अवरुद्ध हुँदा गाउँपालिका केन्द्र

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 507 पटक पढिएको
  • प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई ज्ञापन गरेउनले भने, ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ । यो सामान्य कुरा होइन । यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु ।’उनले भने, ‘यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो । विगतका कुनै पनि निर्वाचनभन

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 450 पटक पढिएको
  • सिरहा गोलीकाण्ड : झण्डै दुई महिनासम्म पनि पत्ता लागेन हत्यारा, न्यायको पर्खाइमा पीडित परिवार

    सिरहा । सिरहामा एक व्यक्तिको गोली हानी हत्या भएको करिब दुई महिना बितिसक्दा पनि प्रहरीले दोषी पक्राउ गर्न सकेको छैन । सिरहा नगरपालिका–१ का अन्दाजी ४५ वर्षीय प्रेमनाथ यादवको माघ १६ गते सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा ट्याक्टरले खेत जोतिरहेका बेला गोली प्रहार गरी हत्या भएको थियो ।मृतकका भाइ अभयनाथ यादवका अनुसार घटनाका बेला रामबिलास यादव र रामप्रसाद महरा प्रत्यक्षदर्शी रहेकाले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो । २३ दिनपछि दुवै जना रिहा भएका थिए । तर प्रहरीले हत्यामा संलग्न व्यक्ति पहिचान गर्न सकेको छैन ।मृतकका भाइ अभयनाथ भन्छन्, ‘प्रहरीले घटनाको अनुसन्धान भइरहेको

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 333 पटक पढिएको
  • आज विश्व जल तथा मौसम दिवस मनाइँदै

    काठमाडौँ। ‘आजको अवलोकन, भोलिको सुरक्षा’  भन्ने नाराका साथ नेपालमा पनि बिबिध कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाइँदै छ । सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि यो दिवस मनाउन थालिएको हो ।यस अवसरमा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व र जलवायु जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुजन सुवेदीले दिवसको अवसरमा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व र जलवायु जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिने कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।विश्व मौसम दिवस

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 265 पटक पढिएको
  • पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    गण्डकी। आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरलाई लक्षित गरी ‘जाउँ है पोखरा’ कार्यक्रम सुरुआत गरिएको छ ।होटेल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा आयोजित सो कार्यक्रम आजदेखि चैत १३ गतेसम्म जारी रहने छ । विगत २२ वर्षदेखि सञ्चालन भैराखेको सो अभियान वीरगञ्ज, हेटाँैडा, विराटनगर, इलाम लगायतका सहरमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम आयोजना हुने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुुभयो । पोखरामा क्रियाशील पर्यटन व्यवसायी, होटेल व्यवसायीका साथै सञ्चारकर्मी सहितको १९ सदस्यीय टोलीले अभियानका क्रम

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 301 पटक पढिएको
  • सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

    म्याग्दी। मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न  स्वस्फूर्त रुपमा घरको पेटी र टहरा भत्काउन थालेका छन् । गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक विस्तार र कालोपत्र गर्नका लागि सञ्चालित योजना कार्यान्वयनमा स्थानीयवासीले संरचना भत्काएर सघाएका हुन् । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले सडक छेउमा रहेको पेटी र टहरा भत्काएर फराकिलो पार्नका लागि स्थानीयवासी आफै अग्रसर भएका बताउनुभयो । “वडा कार्यालयदेखि बिमतर्फ जाने साँघुरो सडकलाई छ मिटर फराकिलो पार्नका लागि घरधनीहरुले आफै संरचना भत्काएर सहयोग गर्नुभएको छ,” उहाँले भन्नुभयो “पक्की सडकको प्रतिक्षामा र

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 283 पटक पढिएको
  • नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

    काठमाडौँ। विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ ।विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरुको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन एवं लगानी प्रवद्र्धन गर्न सो निर्णय गरिएको अध्यागमन विभागले जनाएको छ ।सो विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयलाई विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्कको व्यवस्थापन गर्न आइतबार पत्राचार गरेको छ ।विश्वमा रहेका नेपाली

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 328 पटक पढिएको
  • सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

    काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा १६ किलोमिटरको उक्त सडक विस्तारमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । आयोजनाले थपिएको समयमा काम सम्पन्न गर्ने जनाएको छ । दुई लेन रहेको उक्त राजमार्ग छ लेनमा विस्तार गरिएको हो । सडकका दायाँबायाँ दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण भइरहेको छ । आयोजनाको समयावधि सकिएपछि गत मङ्सिर अन्तिमसाता पुनः एक वर्ष म्याद थप गरिएको थियो । उक्त सडक विस्तारका लागि

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 296 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठामाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशको केहि स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपात भइरहेको छ।दिउसो देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 264 पटक पढिएको
  • ऋण नदिएको भन्दै बैंक मेनेजरमाथि हातपात गर्ने महिला पक्राउ

    काठमाडौं— ऋण नदिएको झोकमा हिमालयन बैंक पाल्पा शाखाका ब्रान्च मेनेजरमाथि कुटपिट गर्ने एक महिला पक्राउ परेकी छन्।शाखाका ब्रान्च मेनेजर प्रकाश सुवेदीमाथि हातपात गरेको आरोपमा ४५ वर्षीया मञ्जु रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो। बैंकमा ऋण माग गर्दा अस्वीकार भएपछि उनी आक्रोशित भई कुटपिटमा उत्रिएको बताइएको छ ।प्रहरीका अनुसार अभद्र व्यवहारको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो र थप अनुसन्धान भइरहेको छ।बैंक पक्षका अनुसार रेग्मी पहिले पनि ऋणी थिइन् र हाल फेरि ४०–४५ लाख रुपैयाँ ऋण माग्दै आएकी थिइन्। तर धितोको आधारमा ऋण दिन नमिल्ने भएपछि घटना भएको बताइएको छ ।

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 531 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.