समाचार

    Showing 6,661-6,670 of 26,621 items.
  • कोरिया जाने सपना रोस्टरमै अड्किएको भन्दै माइतीघरमा प्रर्दशन

    काठमाडौं— रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा पास गरे पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।मंगलबार माइतीघरमा भेला भएका युवाहरूले रोस्टरको अवधि बढाउनुपर्ने र भाषा पास गरेपछि रोजगारीको सुनिश्चितता हुनुपर्ने माग राखेका छन्। उनीहरूका अनुसार भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा नाम बसेको वर्ष दिनभन्दा बढी भइसक्दा पनि रोजगारदाताको छनोटमा नपर्दा भविष्य अनिश्चित बनेको छ ।इपिएस प्रणालीअनुसार भाषा तथा सीप परीक्षा पास गरेपछि मात्र कोरिया जान पाइँदैन । रोजगारदाताले छनोट गरेपछि मात्रै जान पाइने व्यवस्था छ । तर दुई वर्षसम्म पनि छनोटमा

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 514 पटक पढिएको
  • ‘गुलाब’ बोकेर घरदैलोमा धनराज शाही

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार धनराज शाहीले घरदैलो कार्यक्रम गरेका छन् ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट उम्मेदवार शाहीले आज मंगलबार नयाँ बानेश्वरको संगम चोकमा घरदैलो कार्यक्रम गरेका हुन् ।सोही क्रममा उनले सबैसँग भोटको लागि आग्रह गरेका छन् । गुलाब चुनाव चिन्ह् बोकेर चुनावमा हिडेका शाहीले गुलाब नै बोकेर घरदैलो कार्यक्रममा हिनेका छन् ।

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 503 पटक पढिएको
  • मलङ्गवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा चिन्ता

    काठमाडौं— राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले सर्लाही जिल्लाको मलङ्गवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेको बताएकी छन् ।मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले दुई महिनादेखि १४ वर्षसम्मका बालबालिका प्रभावित भइरहेको जानकारी दिइन् ।जिल्ला स्वास्थ्य कार्यालयले केही पहलकदमी लिएको भएपनि त्यो पर्याप्त नभएको उनको भनाइ छ ।‘सर्लाहीको मलङगवामा दादुरा रुवेलाको प्रकोप बढिरहेको छ । दुई महिनादेखि १४वर्षका वालवालिका प्रभावित भइरहेको छन्,’ उनले भनिन्, ‘तर त्यो प्रयाप्त छैन । रोग फैलिदै गएकाले अरु पालिकामा पनि सर्ने सक्ने भएकाले जनचेतना र स्वास्थ्य सरसफाई अभियानबाट स्थानीय तहले पहलकदमी म आग्रह र अनुरो

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 557 पटक पढिएको
  • जमलमा तीन सवारी ठोक्किए, मोटरसाइकलमा आगलागी

    काठमाडौं— जमलमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। मंगलबार मोटरसाइकल र स्कुटर आपसमा ठोक्किएका हुन्।दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो। घटनापछि प्रहरी तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको र घाइतेको अवस्था सामान्य रहेको एसपी भट्टराईले जानकारी दिए ।

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 454 पटक पढिएको
  • दिगो विकास लक्ष्य प्राप्तिका लागि स्वच्छ ऊर्जा अपरिहार्यः मन्त्री सिन्हा

    काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले नवीकरणीय ऊर्जाको विकास र ऊर्जा दक्षताको माध्यमबाट हरित अर्थतन्त्र प्रवर्द्धन गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसरमा आयोजित स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास सम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री सिन्हाले ऊर्जा स्रोतको समुचित उपयोग, बचत तथा संरक्षण गर्दै आधुनिक ऊर्जामा पहुँच विस्तार गरी दिगो विकास लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए ।उनले भने, ‘नविकरणीय उर्जाको विकास तथा उर्जा दक्षतामार्फत उर्जाको समुचित उपयोग, बचत र संरक्षण गर्दै आधुनिक उर्जाको पहुँचमा

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 506 पटक पढिएको
  • निर्वाचन आयोगले बालेन र हर्क साम्पाङलाई २४ घण्टे स्पष्टीकरण सोध्यो

    काठमाडौं— निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह श्रम तथा संस्कृति पार्टीका उम्मेदरवार हर्क साम्पाङसहित ३ जनाभन्दा बढी उम्मेदरवारलाई स्पष्टीकरण सोधेको छ। आयोगका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत आचारसंहिता बर्खिलाप हुने गरी प्रचारप्रसार गरेको र एक-अर्काविरुद्ध भ्रामक सामग्री पोस्ट गरेको उजुरी परेको थियो। आयोगले उनीहरूलाई २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न पत्र काटेको छ।निर्वाचन आयोगको आचारसंहिता हेर्ने शाखा स्रोतका अनुसार आज मंगलबार ३ जनाभन्दा बढीलाई आचारसंहिता उल्लंघन गरेकोमा पत्र कटिएको छ।'अहिले सबैतिरबाट सूचना संकलन गर्ने

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 442 पटक पढिएको
  • टिकटकले ट्रम्प विरोधी सामग्री सेन्सर गरेको गभर्नर न्युसमको आरोप, कानुनी छानबिन सुरु

    काठमाडौं—  क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले सामाजिक सञ्जाल टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्ने सामग्रीहरूलाई नियतवश दबाएको आरोप लगाएका छन्।टिकटकको स्वामित्व एक ट्रम्प(अनुकूल व्यावसायिक समूहमा सरेपछि यस्ता घटनाहरू बाहिर आएको भन्दै न्युसमले क्यालिफोर्नियाको न्याय विभागलाई यसले राज्यको कानुन उल्लंघन गरेरनगरेको छानबिन गर्न निर्देशन दिएका छन्।यो कदम टिकटकको चिनियाँ मालिक ‘बाइट डान्स’ ले अमेरिकामा प्रतिबन्धबाट बच्नका लागि अमेरिकी बहुमत शेयर रहने गरी ‘जोइन्ट भेन्चर’ स्थापना गर्ने सम्झौता गरेको एक हप्तापछि आएको हो।गभर्नर न्युसमको कार्यालयले सोमबार सामाजिक सञ्जाल ‘एक्स

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 471 पटक पढिएको
  • संसद् पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन

    काठमाडौं— प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै युवाहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। संसद् असंवैधानिक रूपमा विघटन गरिएको भन्दै उनीहरूले संसद् पुनःस्थापना गर्न माग गरेका हुन्।‘नागरिक युवा समाज’मा आबद्ध युवाहरूले मंगलबार माइतीघरमा भेला भई विरोध प्रदर्शन गरेका थिए। उनीहरूले सर्वोच्च अदालतमा विचाराधीन रहेको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी मुद्दामा संविधानको रक्षा हुने गरी निर्णय आउने विश्वास व्यक्त गरे।प्रदर्शनकारी युवाहरूले अदालतमा दर्ता भएका मुद्दाको शीघ्र टुंगो लाग्नुपर्ने माग समेत राखेका छन्। देशलाई विधि र संविधानअनुसार सञ्चालन गर्न संसद् पुनर्स्थापना अपरिहार्य रहेको उनीहरूको

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 447 पटक पढिएको
  • चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आसन्न आमनिर्वाचनका क्रममा राजनीतिक दल, उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई चुनावी खर्च व्यवस्थापनका लागि छुट्टै बैंक खाता खोल्न सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।निर्वाचन आयोगको अनुरोधमा सोमबार जारी परिपत्रअनुसार निर्वाचन अभियानका लागि खोलिने बैंक खातामा विशेष छुट लागू हुनेछ ।आयोगबाट खाता बन्द गर्न निर्देशन नआएसम्म यस्ता खाता सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका अनुसार प्रत्येक राजनीतिक दल वा उम्मेदवारले निर्वाचन खर्चको आम्दानी खर्च कारोबार गर्न एक मात्र छुट्टै बैंक खाता खोल्न पाउनेछन् । निर्वाचनसँग सम्बन्धित सबै वित्तीय

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 505 पटक पढिएको
  • माथेमाले सहादत प्राप्त गरेको स्थान सिफल उकालोमा स्मृति सभा

    काठमाडौं— सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थान काठमाडौंको सिफल उकालोमा मंगलबार स्मृति सभा गरिएको छ ।सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको दिन र स्थानमा स्मृति सभा गरिएको हो ।सभा गरिएको स्थानभन्दा करिब पाँच मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिक स्थापना गरिएको थियो । सडक विस्तारका क्रममा शालिक भत्काउनुपर्ने भएपछि सालिकलाई साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो । यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो ।यस स्थानलाई सुधार गर्दै महानगरले २०७६ साल

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 530 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.