समाचार

    Showing 6,791-6,800 of 26,621 items.
  • आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको सचिवालयको स्पष्टोक्ति

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ–२ की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेकी छन् ।विभिन्न सञ्चारमाध्यममा उनको उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै तामाङको सचिवालयले ती समाचारहरू भ्रामक भएको जनाएको छ ।तामाङको सचिवालयले उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारको खण्डन गर्दै भनेको छ, ‘उम्मेदवारी फिर्ता लिएको छैन । उहाँ हाल धादिङमै हुनुहुन्छ । पिआर विवाद भनेर प्रसारण गरिएका समाचारहरू समेत निराधार र भ्रामक छन् ।’सचिवालयले यस्ता अपुष्ट र गलत समाचारको पछि नलाग्न सञ्चारमाध्यम तथा सर्वसाधारणलाई आग्रहसमेत गरेको छ ।

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 537 पटक पढिएको
  • देशभर ३ हजार ४८७ जनाको मनोनयन दर्ता, ४९ जनाले उम्मेदवारी फिर्ता लिए

    काठमाडौं— देशभरबाट ४९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा देशभर ३ हजार ४८७ जनाले मनोनयन दर्ता गराएकामा ४९ जनाले तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिएका हुन् ।यस्तै, उम्मेदवारविरुद्ध ५ वटा दाबी विरोध परेकोमा १ जनाको उम्मेदवारी खारेज भएको छ भने बाँकी ४ जनाको उम्मेदवारी यथावत् रहेको निर्वाचन आयोगले जनाएको छ।

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 494 पटक पढिएको
  • सानेपामा गगन थापाको पदबहाली, कांग्रेस केन्द्रीय कार्यालय खुलेपछि औपचारिक जिम्मेवारी सम्हाले

    काठमाडौं— नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले शुक्रबार सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पदबहाली गरेका छन्।तत्कालीन संस्थापन पक्षको विरोधका बीच विशेष महाधिवेशनमार्फत सभापतिमा निर्वाचित भएका थापाको कार्यसमितिलाई लिएर उत्पन्न विवाद निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म पुगेको थियो। निर्वाचन आयोगले थापाको पक्षमा निर्णय गरे पनि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि सानेपास्थित केन्द्रीय कार्यालय प्रवेशको बाटो खुलेको हो।माघ १ गते सभापतिमा निर्वाचित भएका थापाले यसअघि केन्द्रीय कार्यालय पुरानो संस्थापनको नियन्त्रणमा रहेकाले दुईवटा केन्द्रीय कार्यसमितिको बैठक होटलमा

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 584 पटक पढिएको
  • दुईवटा मोटरसाइकल आपसमा ठाक्किदा दुईजना चालकको मृत्यु

    रौतहट— रौतहटको राजदेवी नगरपालिका–१ पथराटोलमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुर्गाभगवती गाउँपालिका–२ पिपरा बजार निवासी ३० वर्षीय अशोक महतो र राजदेवी नगरपालिका–२ हजमिनिया निवासी २९ वर्षीय अरबिन्द महतो रहेका छन्।शुक्रबार बिहान गौर–पिपरा भित्री सडकखण्डमा गङ्गापिपराबाट गौरतर्फ आउँदै गरेको प्र २–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बिआर ३० एएफ २३७० भारतीय नम्बरको मोटरसाइकल आमनेसामने ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।दुर्घटनामा दुवै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए।

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 530 पटक पढिएको
  • बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता

    काठमाडौं— पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका उनले सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।उनले भने, ‘अब कुनै राजनीतिक दल विशेषमा मात्र टास्सेर बस्नुभन्दा पनि म ७० वर्ष नाघिसके अब नयाँ पुस्ताहरुलाई अगाडि ल्याउनुपर्छ भन्ने सोचकासाथ मैले हुर्काउदै ल्याएको पार्टीको नेतृत्व पनि नयाँ साथिलाई सुम्पिनुपर्छ भनेर म लागेको थिए । अहिले पनि सबै साथिहरुको आग्रह र सुझाव अनुसार संसद बाहिर रहेर नै सघाउने निर्णय गरेको छु । देशको अभिभावकको भूमिका निर्वाह गर्नु उपयु

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 478 पटक पढिएको
  • विदेश पठाइदिने प्रलोभनमा १२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीका लागि कुक आइल्याण्ड पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–१ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा–९ बस्ने ३१ वर्षीय रोज बहादुर श्रेष्ठ रहेका छन्।उनले आइसल्याण्डमा कुक पदमा आकर्षक तलब पाइने प्रलोभन देखाई एक पीडितबाट १२ लाख ४० हजार रुपैयाँ असुल गरेर सम्पर्कविहीन भएको उजुरी परेको थियो। सोही उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनलाई बिहीबार कागेश्वरी मनोहरा–७ बाट पक्राउ गरेको हो।पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 559 पटक पढिएको
  • कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकबाट आज प्रधानमन्त्री प्रस्ताव गरिने

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनपछि पार्टी कार्यालय सानेपामा पहिलो पटक केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको जानकारी दिएका छन् ।शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले आज बस्ने केन्द्रीय समितिको बैठक निर्वाचन केन्द्रित महत्वपूर्ण र ऐतिहासिक हुने दाबी गरे । उनले बैठकले लिने निर्णयले देशभर नयाँ तरंग सिर्जना गर्ने र निर्वाचनमा कांग्रेसप्रति मत आकर्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।‘आज विशेष महाधिवेशनपछि पार्टी कार्यालयमा पहिलो पटक केन्द्रीय समितिको बैठक बस्दैछ । यो बैठकले निर्वाचनलाई लक्षित गर्दै केही ठोस र ऐत

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 482 पटक पढिएको
  • मन्त्री भण्डारीभन्छन द्रुत गतिमा समस्याको समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ

    काठमाडौं— श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले समस्याको बारेमा मन्त्रालयमा जानकारी गराए तुरुन्तै समस्याको समाधान गर्ने बताएका छन् ।फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालको २४ औं वार्षिक साधारण सभामा उनले एशोसिएसनले ५० हजार नेपालीलाई रोजगार दिएको उल्लेख गर्दै उक्त संस्थाको लागि गर्नुपर्ने काम मन्त्रालयले तुरुन्तै गर्ने बताए ।उनले भने, ‘तपाईहरुले ५० हजार मान्छेहरुलाई रोजगारी दिइरहनु भएको छ । ५० हजार रोजगार दिने मान्छेका लागि रोजगार मन्त्रालयले के गर्नुपर्यो त्यो भोली बाटै लिएर आउनु, यो यो कार्यविधि राखेर यस्तो काम गर्नुपर्यो भनेर भन्न म पर्सि नै पास गर्दिन्छु । य

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 489 पटक पढिएको
  • ६० केजी सुन तस्करी प्रकरण: पुर्पक्षका लागि थुनामा रहेका चार जना आदेश बदरको माग राख्दै सर्वोच्च पुगे

    काठमाडौं— ६० केजी सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका चार जना सर्वोच्च अदालत पुगेका छन् । थुनामा रहेका भारतीय नागरिक बैजनाथ ब्रह्मादत्त गोयल, मनोजराज श्रेष्ठ, चिनियाँ नागरिक कुङ्गा टासी शेर्पा भनिने गेङ्गा शाशी, मिङ सिङ टेरेन्स सी जिल्ला र उच्चको आदेश बदरको माग राख्दै सर्वोच्च पुगेका हुन् ।काठमाडौं जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सो उपर उच्च अदालत पुगेका थिए । उच्च अदालत पाटनले जिल्लाको आदेश सदर गरेपछि चारै जना सर्वोच्च अदालत पुगेका हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा चारै जनाले दिएको निवेद

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 498 पटक पढिएको
  • प्रमुख प्रशासकिय अधिकृत ऋसिराम केसी विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता

    काठमाडौं— घोराही उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋसिराम केसीसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्लाको साविक बेतहनी गाविस क्षेत्रका सरकारी नाममा कायम हुनुपर्ने जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गराएको अभियोगमा गैरकानुनी काम गरी राज्यलाई लाखौँ रुपैयाँको  हानि पुर्‍याएको भन्दै आयोगले विशेष अदालत, काठमाडौंमा हिजो आरोपपत्र दायर गरेको हो ।आयोगका अनुसार स्वर्गीय सुरता कुर्मीको नाममा रहेको जग्गा तत्कालीन मुलुकी ऐन, अपुतालीको महलअनुसार नेपाल सरकारको नाममा कायम हुनुपर्ने अवस्था हुँदाहुँदै पनि आपस

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 545 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.