काठमाडौं— फिफा विश्वकप २०२६ अन्र्तगतको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-० गोलले पराजित गरेको छ । अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो ।ब्राजिलको जितमा स्टार स्ट्राइकर भिनिसियसले खेलको ७ औं मिनेमा र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले जारी विश्वकपमा ४ गोल गरिसकेका छन् । खेलको ६० औं मिनेटमा म्याथियस कुन्हाले तेस्रो गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९९ रुपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ०० पैसा र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ ।राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २५ पै
काठमाडौं— हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। तराईमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।आज दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा बागमती, गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिन
काठमाडौं । इजरायलका राष्ट्रपति आइज्याक हर्जोग र प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सहभागी एक शिखर सम्मेलनमा, ३५ वर्षीय प्रवेश रिजालले त्यो काम गरे जुन थोरै नेपाली कार्यकारीहरूले गर्ने अवसर पाएका छन्।प्रविधिविद्, रक्षा नवप्रवर्तक र विश्वका नीति निर्माताहरूले भरिएको कोठामा, विश्वका अग्रणी प्रविधि नीति सम्मेलनको मुख्य मञ्चबाट उनले नेपालको नाम लिए । अमेरिकी वित्त क्षेत्रमा नेपाली मूलका सर्वाधिक वरिष्ठ व्यक्तिहरूमध्ये एक प्रवेश रिजाल क्रस रिभर ब्याङ्कका कार्यकारी उपाध्यक्ष तथा मुख्य एआई अधिकारी हुन् । तीस वर्ष नपुग्दै १०० अर्ब डलरभन्दा बढी सम्पत्ति व्यवस्थापन गर्ने वाल स्ट्रिटका हेज फन्डहरूमा
काठमाडौं— पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।पौडेलकी पत्नीले दायर गरेको रिटमा उनलाई राजनीतिक पूर्वाग्रहका आधारमा कुनै ठोस प्रमाणबिनै पक्राउ गरिएको उल्लेख गर्दै तत्काल रिहा गर्न अदालतसँग माग गरिएको छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दिपक भट्ट र कमलकिशोर मालपानी समूहबीचको शेयर कारोबारमा चिनजान गराइदिएको भनिएको बयानलाई आधार बनाएर पौडेललाई पक्राउ गरेको थियो। विभागले उनलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति समेत लिएको छ।गत सोमबार सुर्खेतमा एक स
काठमाडौं— आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले तयारीलाई तीव्र बनाएको छ। आयोगका अनुसार पछिल्लो तीन महिनाको अवधिमा देशभर एक लाख ८१ हजार ३६७ जना नयाँ मतदाता थपिएका छन्।प्रतिनिधिसभा निर्वाचनपछि मतदाता नामावली अद्यावधिकका लागि १८ हजार ६२२ निवेदन परेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका थिए।आयोगले हाल मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा केन्द्रहरूको पुनरावलोकन र निर्वाचन व्यवस्थापनसँग सम्बन्धित अन्य तयारीका काम अघि बढाइरहेको जनाएको छ।यसैबीच, राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोक
मुगु । हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका वडा नम्बर ३ मा रहेको भिई गुरु देवता र आसपासका धार्मिक क्षेत्रहरू पर्याप्त प्रचार–प्रसारको अभावमा ओझेलमा परेका छन् ।सरकारी निकाय र अदालतबाट समेत न्याय नपाएका मानिसहरूले यस देवताबाट न्याय पाउने र आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ । भिई गाउँमा गुरु देवताको साथै धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेका अन्य दुई दर्जन भन्दा बढी देवी–देवताका मठ, मन्दिर, थान, चौतारा र धार्मिक स्थलहरू रहेका छन्, जुन अझै पनि ओझेलमा छन् । ऐतिहासिक पृष्ठभूमि र जन विश्वास स्थानीय बूढापाकाहरूका अनुसार मुगुको भिई गाउँमा मानव बस्ती स्थापना हुँदाकै बखत गुरु देवता कैलाश मा
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । बुधबार व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भएपनि नागरिकको मानव अधिकार कुनै पनि हालतमा हनन् हुन नहुने बताए। उनले भने, ‘मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्ने काम सरकारको हो । व्यवसाय सञ्चालन गर्दाखेरि मानव अधिकार हनन हुन दिनु हुँदैन । यदि अधिकार हनन भएको छ भने त्यसको प्रभावकारी उपचार र न्यायको व्यवस्था हुनुपर्छ ।’ अध्यक्ष मगरले विकास, व्यवसाय र मानव अधिकारबीच सन्तुलन
काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलालीका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित आठ जना पक्राउ परेका छन् ।मंगलबार विभिन्न स्थानबाट एक विदेशी नागरिक र बाँकि आठ जनालाई पक्राउ गरिएको थियो। यस्तै खैरो हेरोइन ३१० मिलिग्रामसहित २५ वर्षीय सुरेश चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी २४ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनसहित कैलारी गाउँपालिका–७ हौसलपुरबाट भारतको लखिमपुर खिरी बेलापर्शुवाका ४७ वर्षका हरिचन्द्र कठरिया पक्राउ परेका छन् ।साथै टिकापुर नगरपालिका–२ राजीपुरका ३३ वर्षीय सञ्जय नगार्जीसहित चारलाई टिकापुर नगरपालिका–७ डाँडाबनबाट ८ ग्राम ७३० मिलिग्राम खैरो हिरोइन र ५७० मिलिग्राम चरेशसहि
झापा । केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए । विदेशिने युवाको लहर, शहरतर्फको बसाइँ–सराइ तथा कृषि पेशाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए । खेतीयोग्य जमिन बाँझीदै थियो, घरहरूमा वृद्ध–वृद्धा मात्रै देखिन्थे । तर पछिल्ला वर्षमा त्यही उदास दृश्य विस्तारै बदलिन थालेको छ । कोभिड–१९ महामारीपछि गाउँ फर्किएका युवा तथा विदेश जान नपाएका धेरै परिवारले पुनः जमिनलाई जीवन दिन थाले । यही पुनर्जीवनको केन्द्र बनेको छ अकबरे खुर्सानी । पौवादुङ्मा गाउँपालिका, अरुण गाउँपालिका तता भोजपुर नगरपालिकाका विभिन्न वडामा अहिले अकबरे खुर्सानीको हरियाली फैलिएको छ । पहिले बाँझो रहेका खेतबा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.