समाज

    Showing 1,181-1,190 of 11,012 items.
  • प्रधानमन्त्री वालेन्द्र शाहद्वारा सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रको निरीक्षण

    रौतहट । प्रधानमन्त्री वालेन्द्र शाहले चितवनको सौराहास्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रको विशेष निरीक्षण गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन आइपुगेका प्रधानमन्त्री शाह सोमबार परिवार सहित तालिम केन्द्र पुगेका हुन्। पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहको यो भ्रमण राजनीतिक व्यस्तताका बीच प्रकृति, वन्यजन्तु संरक्षण र स्थानीय पर्यटनको अवस्था बुझ्ने प्रयासका रूपमा हेरिएको छ। हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार प्रधानमन्त्री शाहले केन्द्रको स्थलगत वस्तुस्थितिबारे चासोपूर्वक जानक

    • प्रकाशित मितिः असार ८, २०८३
    • 215 पटक पढिएको
  • मन्थली नगरपालिकाको बजेट १ अर्ब ३ करोड २० लाख

    रामेछाप । मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८३ र ८४ का लागि १ अर्ब ३ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार आयोजित नगरसभामा उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । उनका अनुसार आगामी आर्थिक वर्षमा आन्तरिक आम्दानी र सञ्चित कोषसमेत गरी करिब ९ करोड ७० लाख रुपैयाँ आन्तरिक स्रोत परिचालन हुने अनुमान गरिएको छ। बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम विकास तथा पूर्वाधारलाई प्राथमिकतामा राखेको छ। उपप्रमुख बस्नेतले चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै चालु आवका लागि १ अर्ब ४ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन्।

    • प्रकाशित मितिः असार ८, २०८३
    • 220 पटक पढिएको
  • देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी

    चितवन । कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका सवालमा छलफल गरेकी छन् । रास्वा महाधिवेशनसँगै चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरूबारे विस्तृत जानकारी लिइएकी हुन् । भ्रमणका क्रममा वन्यजन्तु र मानवबीचको सहअस्तित्व कायम गर्न सरकारले चाल्नुपर्ने सम्पूर्ण कदमहरू दृढताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री चौधरीले चितवनको देवनगरमा प्रस्तावित टाइगर सेन्चुरीु निर्माण स्थलको

    • प्रकाशित मितिः असार ८, २०८३
    • 179 पटक पढिएको
  • रोल्पामा यात्रुबाहक बस दुर्घटना, १२ जना घाइते

    रोल्पा। रोल्पाको माडी गाउँपालिका–२ खोलवाङमा सोमबार यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख. ३१०१ नम्बरको बस उकालो चढ्ने क्रममा अचानक ब्रेक फेल भएपछि सडकमा पल्टिएको प्रहरीले जनाएको छ।बसमा चालकसहित २९ जना सवार थिए। दुर्घटनापछि घाइतेहरूको उद्धार गरी घर्तीगाउँस्थित स्मृति अस्पतालमा उपचारका लागि पठाइएको छ। सबै घाइतेको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।समयमै उद्धार गरिएकाले ठूलो मानवीय क्षति टरेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार ८, २०८३
    • 153 पटक पढिएको
  • कालिकोटमा पुस्तकालय खोल्ने अभियान, विश्वभरका नेपालीलाई जोड्दै कटक शाही

    काठमाडौं । कर्णाली प्रदेशको कालिकोटस्थित तिलागुफामा सामुदायिक पुस्तकालय स्थापना गर्ने अभियान सुरु गरिएको छ । कर्णाली जनजागरण युवा मञ्च नेपालका अध्यक्ष कटक शाहीको नेतृत्वमा युवाहरूले दुर्गम क्षेत्रका विद्यार्थी तथा स्थानीय नागरिकलाई ज्ञान र अध्ययनको पहुँच विस्तार गर्ने उद्देश्यसहित ‘तिलागुफा सामुदायिक पुस्तकालय’ स्थापना अभियान अघि बढाएका हुन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा शाहीले कालिकोटको भौगोलिक विकटता र शैक्षिक स्रोतको अभावका कारण विद्यार्थीहरू अझै पनि पुस्तक तथा पुस्तकालयको पहुँचबाट वञ्चित रहेको बताए । उनका अनुसार काठमाडौंलगायत विभिन्न स्थानमा रहेका कालिकोटका युवाहरूको पहलमा पुस्तक सङ्क

    • प्रकाशित मितिः असार ८, २०८३
    • 230 पटक पढिएको
  • नेपाल सम्पत्ति सुद्वीकरणको खैरो सुचीमा कायम, सुधार कार्ययोजना पूरा गर्न थप दबाब

    काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवाद वित्तीयकरण नियन्त्रण प्रणालीमा आवश्यक सुधारहरू पूरा गर्न असफल भएपछि फाइनान्सियल एक्सन टास्क फोर्स एफएटिएफको खैरो सुचीमै कायम भएको छ । फ्रान्सको पेरिसमा १७ देखि १९ जुन २०२६ सम्म सम्पन्न एफएटिएफको प्लेनरी बैठकले नेपाललाई खैरो लिस्टबाट हटाउने निर्णय नगरी यथावत राख्ने निर्णय गरेको हो । एफएटिएफले नेपालले लक्षित वित्तीय प्रतिबन्ध सम्बन्धी केही प्राविधिक कमजोरी सुधार गर्न प्रारम्भिक कदमहरू चालेको स्वीकार गरे पनि अझै महत्वपूर्ण सुधार कार्यहरू बाँकी रहेको जनाएको छ । नेपाललाई सन् २०२५ फेब्रुअरीमा ग्रे लिस्टमा राखिएको थियो, त्यसपछि नेपालले एफएटिएफ र एसिया–प

    • प्रकाशित मितिः असार ८, २०८३
    • 163 पटक पढिएको
  • दीपक भट्ट प्रकरणको असर: १८ कम्पनीको क्रेडिट रेटिङ निगरानीमा

    काठमाडौं । सम्पत्ति शुद्धीकरण, धितोपत्र, बीमा तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा विवादित व्यवसायी दीपक भट्ट सहित विभिन्न व्यवसायिक समूहका प्रभावशाली व्यवसायीहरू तानिएपछि उनीहरूसँग आबद्ध कम्पनीहरूको एक खर्ब रुपैयाँभन्दा बढीको कर्पोरेट ऋण तथा लगानी जोखिम निगरानीमा परेको छ । क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले मुद्दामा मुछिएका प्रवद्र्धक, सञ्चालक तथा प्रमुख व्यवस्थापकीय अधिकारीहरू आबद्ध १८ कम्पनीको रेटिङलाई ‘क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ मा राखेको छ । यसले ती कम्पनीहरूको वित्तीय क्षमता तत्काल कमजोर भएको निष्कर्ष नदिए पनि भविष्यमा उत्पन्न हुन सक्ने जोखिमप्रति संकेत गरेको विश्लेषण गरि

    • प्रकाशित मितिः असार ८, २०८३
    • 173 पटक पढिएको
  • धुलो र हिलोमुक्त हुँदै सोरुका बस्तीहरु

    मुगु । देशमा संघीयता आएपछि ‘सिंहदरवारको आधिकार गाँउ गाँउमा’ भन्ने चर्चामा छ । सोही अनुसार मुगुको सोरुगाँउपालिकामा पछिल्लो समयमा सडक यातायातसँगै विकास निर्माणको गति बढ्न थालेपछि सडकहरुपनि हिलो र धुलोमुक्त हुन थालेका छन् । कुनैबेला गाँउ घर पुग्नसाथ हिलो र धुलो मात्र हुने मान्छेको दैनिकमा समेत असहज हुने भएपछि सोरु गाउँपालिकाले पैदल हिंड्ने नागरिकहरुलाई सहज बनाउन धुलो र हिलोमुक्त गाउँपालिका बनाउने अभियान नै थालेको हो ।विगतका आर्थिक वर्षदेखि नै बाटाहरु निर्माण गर्नको लागि प्राथमिकतामा राखेर पालिकालाई धुलो र हिलोमुक्त बनाउँदै गएको छ । गाउँपालिकाले पूर्वाधार विकाससंगै सबै बस्तीमा पुग्न सजिलाका ल

    • प्रकाशित मितिः असार ८, २०८३
    • 155 पटक पढिएको
  • नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

    काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक चिप–लेभल रिपेयरिङ तथा डिजिटल डिभाइस रिकभरी प्रविधिसहितको ‘एन आइ ल्यापटप सर्भिस सेन्टर औपचारिक रूपमा सञ्चालनमा आएको छ।बिग्रिएका मोबाइल, ल्यापटप, म्याकबुक, मदरबोर्ड तथा अन्य डिजिटल उपकरणलाई न्यून लागतमा पुनः सञ्चालनयोग्य बनाउने लक्ष्यसहित सेवा केन्द्रको उद्घाटन गरिएको हो। पिपुल्स प्लाजा अगाडि रहेको केएनके इलेक्ट्रोनिक्स कम्प्लेक्सको चौथो तलामा सञ्चालित उक्त सेवा केन्द्रले मोबाइल रिपेयरिङ, आईफोन तथा एन्ड्रोइड सफ्टवेयर समाधान, म्याकबुक तथा ल्यापटप मर्मत, मदरबोर्ड तथा चिप९लेभल रिपेयरिङ, विन्डोज सपोर्ट, एडोब तथा

    • प्रकाशित मितिः असार ८, २०८३
    • 183 पटक पढिएको
  • गर्भवती महिलाको सेनाको हेलिकप्टरमार्फत उद्धार, थप उपचारका लागि सुर्खेत रिफर

    हुम्ला— जटिल स्वास्थ्य समस्यासहित सुत्केरी व्यथामा परेकी हुम्लाको नाम्खा गाउँपालिका–१ हेक्काकी २८ वर्षीया सरिता लामालाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाएको छ।लामाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आइतबार बेलुका हुम्ला जिल्ला अस्पतालमा उपचार सम्भव नभएको निष्कर्ष निकालिएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको सिफारिसमा उनलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको हो।स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीका अनुसार लामाको रक्तचाप अत्यधिक बढेर १७०/१२० पुगेको थियो। उपचारकै क्रममा उनी बेहोस हुनुका साथै पाँच पटकसम्म झड्का समेत आएको थियो।डा. तिवारीले गर्भम

    • प्रकाशित मितिः असार ८, २०८३
    • 458 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.