काठमाडौं— सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले महिला हिंसाको कानुनको सवालमा अन्तर्राष्ट्रिय कानुनहरुले पहिला विभेदको कुरा गरेको तर हिंसाको कुरा नगरेको बताइन् । आइतबार नेपाल पर्यटन बोर्डमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित ब्रेक द स्टिग्मा ४.० कार्यक्रमा बोल्दै उनले अन्तर्राष्ट्रिय कानुन अनुसार विभेद महिला हिंसाको परिणाम र कारण दुबै हुनसक्ने बताएकी हुन् । ‘अन्तर्राष्ट्रिय कानुनहरुले पहिला विभेदको कुरा गर्यो तर हिंसाको कुरा गरेन । विभेद हिंसाको कारण हो र विभेद हिंसाको परिणाम पनि हुनसक्छ । यसलाई कारण र परिणामको रुपमा पनि हेर्न सकिन्छ,’ उन
रामेछाप— सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ धनमान खोलास्थित पाखाको डिलमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।घाँस काटिरहेका बेला ८० वर्षीया कान्छीमाया घिसिङ डिलबाट लडेर घाइते भएकी थिइन् । घाइते घिसिङलाई स्थानीय सहयोगमा प्रारम्भिक उपचारपछि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको थियो । ट्रमा सेन्टरमा उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको र आवश्यक अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ ।
सर्लाही— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन्।सत्तापक्षीय सातदलीय गठबन्धनको आजको बैठकले सो निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए। मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्।शपथपछि उनले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णरूप दिने योजना रहेको बताईएको छ।
रुकुम पश्चिम— प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका पूर्वमन्त्री जनार्दन शर्मा आइतबार रुकुम पश्चिमको सल्ले विमानस्थलमा विरोध प्रदर्शनको सामना गर्नुपरेको छ।विमानबाट अवतरण हुने बित्तिकै पूर्वमाओवादी कार्यकर्ताहरूको समूहले शर्माविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएर विरोध जनाएको स्थानीय स्रोतले बताएको छ।अचानक गरिएको प्रदर्शनपछि विमानस्थलको माहोल केही तनाबग्रस्त बने पनि सुरक्षा निकायले तत्काल परिस्थिति नियन्त्रणमा ल्याएको थियो।स्थितिलाई थप उत्तेजित हुन नदिई सामान्य बनाइएको र सुरक्षामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।शर्माले नयाँ राजनीतिक दल गठन गरी हाल विभिन्न जिल्ला
काठमाडौं— मोरङमा १२ वर्षीया बालिका अंशु गौतमका हत्या आरोपी प्रकाउ परेका छन् । शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ५८ वर्षीय पदम बहादुर अधिकारीललाई लेटाङ नगरपालिका २ स्थित फडानीबाट पक्राउ गरेको हो।नविन गौतमकी १२ वर्षीया छोरी गत असोज २१ गते २ बजेको घर देखि हराएकी थिइन् । कात्तिक ७ गते ११स्३० बजे लेटाङ नगरपालिका वडा २ को बेलबारी चिसाङ सामुदायिक वनमा फेला परेको थियो ।जंगलको झाडीमा मानव शरीरको अंगहरु छुट्टाछुटै स्थानमा सडेगलेको अवस्थामा परेको थियो । घटनास्थलमा बरामद भएका कपडा, हाफ पाईन्ट, चप्पल र घडीको आधारमा शवको पहिचान परिवारले गरेको थियो ।केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी
काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति र ऐतिहासिक संस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन् । ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको शनिबार अवलोकन गर्दै मन्त्री खरेलले परम्परागत सम्पदा, कला र संस्कृतिको धरोहर ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइने विश्वास व्यक्त गरे । सञ्चारमन्त्री खरेलले भने, ‘नेपालको ऐतिहासिक, परम्परागत कला र संस्कृतिको जगेर्ना गर्दै यसैको माध्यमबाट विश्वसामु नेपाल प्रवद्र्धन गरिनुपर्छ । ललितपुरको सांस्कृतिक सम्पदा र खाना संस्कृतिलाई अन्तर्राष्ट्र
काठमाडौं— आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ ।यो दिवस विशेषगरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)का सदस्य राष्ट्रहरुमा मनाइन्छ । सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन सुरु गरिएको हो । यस वर्ष पनि ‘सुरक्षित आकाश’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदैछ । आज अन्तर्राष्ट्रिय हवाई सेवाले मुलुकको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदान, यात्रालाई सहज बनाउन आइकाओले गरेको भूमिकालाई स्मरण गरिन्छ । सन् १९५७ मा नेपालमा पनि नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो । उड्
सर्लाही— सर्लाहीको रामनगर गाउँपालिका – ५ का वडा सदस्य राम सुवेश राय यादवको निधन भएको छ। लामो समयदेखि क्यान्सर पिडित रहेका यादवको शनिबार अपरान्ह आफ्नै घरमा निधन भएको पालिकाले जनाएको छ।यादव केही समयअघि भारतको दिल्लीमा उपचार गराई घर फर्किएका थिए। स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि पुनः भरतपुर चितवनमा उपचार गरिएको थियो। उपचारपछि घर फर्किएका यादवको शनिबार अपरान्ह घरमै निधन भएको हो।महतोको निधनप्रति शोक व्यक्त गर्दै पालिकाले आईतबार मंशिर २१ गते एक दिन शोक बिदा दिने निर्णय गरेको छ। पालिकाका अनुसार गाउककंपालिका तथा अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था (आकस्मिक सेवा बाहेक), विद्यालय र अन्य संघ–संस्
काठमाडौं— नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ । गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पुर्याएको थियो । हेडवक्र्सको मर्मतपछि अस्थायी रुपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन)गरी विद्युतगृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट शनिबारबाट सञ्चालनमा ल्याइएको हो । १११ मेगावाट जडित क्षमताको आयोजनाको एउटा युनिटबाट ३७ मेगावाट विद्युत उत्पादन हुन्छ । बाँकी दुईवटा युनिट एक महिनाभित्र संचालनमा ल्य
उर्लाबारी— २१ असोज साँझ मोरङको लेटाङ नगरपालिका २, स्कूलचोककी बलात्कारपछि हत्या भएकी १३ वर्षीया अंशु गौतमको हत्या अभियुक्त पक्राउ परेका छन । प्रहरीले लामो खोज अनुसन्धानपछि अभियुक्त पत्ता लगाएको हो । प्रहरीले आइतबार दिउसो बिहान ११ बजे पत्रकार सम्मेलन गर्दै घटनामा सङ्लग्नलाई सार्बजनिक गर्दैछ । घटनामा सलग्न गौतमकै छिमेकी ५५ वार्षिय पदम बहादुर अधिकारी रहेका छन् । घटना के थियो ?गौतम घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भइन् । बेपत्ता भएको १८ दिनपछि बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा उनको शव फेला पर्यो । शरीर, टाउको छुट्टिएको र कपडा नभएको अवस्थामा भेटिएको शवको पहिचान घटनास्थलमा फ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.