काठमाडौं। काठमाडौंमा सम्पन्न ‘अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६’ ले सहकारी क्षेत्रमा महिला नेतृत्व विस्तार, महिला किसानको अधिकार सुनिश्चितता तथा महिला उद्यमशीलता प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै ११ बुँदे काठमाडौं घोषणा–पत्र २०२६ जारी गरेको छ।राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा असार ६–७ गते सम्पन्न सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला सहकारीकर्मी, महिला उद्यमी, नीति निर्माता र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू सहभागी थिए। घोषणापत्रमा सहकारी संघरसंस्थाका समिति, उपसमिति तथा उच्च व्यवस्थापकीय तहमा महिलाको अर्थप
सिरहा । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको नयाँ नेतृत्व चयन भएको छ। सम्पन्न निर्वाचनबाट विश्वप्रसाद अर्याल अध्यक्षमा निर्वाचित भएका छन्।अर्यालले २४२ मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वी उत्सव इटेनीलाई पराजित गरेका हुन्। इटेनीले ११३ मत पाएका थिए।वरिष्ठ उपाध्यक्षमा चतुर्भुज सरिया अग्रवाल, प्रथम उपाध्यक्षमा श्यामबाबु रौनियार निर्वाचित भएका छन्। यस्तै महासचिव, कोषाध्यक्ष, सचिव र सह–सचिवसहितका अधिकांश पदमा निर्विरोध चयन भएको छ।देशभरका विभिन्न क्षेत्रबाट कार्यकारी सदस्य र प्रदेश संयोजक समेत चयन भएसँगै एशोसिएसनले पूर्ण नेतृत्व पाएको छ। नवनिर्वाचित नेतृत्वले पेट्रोलियम व्यवसायीका समस्या समा
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आज हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनको कार्यक्रम स्थलको निरीक्षण गरेका छन्।आज आइतबार भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा हुने महाधिवेशनको कार्यक्रम स्थलको निरीक्षण गरेका हुन् । गए राती भारी वर्षाको कारण कार्यक्रम स्थल डुबानमा परेको थियो । गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रम स्थल क्षेत्रमा रहेका विभिन्न आयोजक टिमलाई भेटेर उक्त क्षेत्रमा रहेको पानी तत्काल हटाउन निर्देशन दिए ।
रामेछाप । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नारासहित १२औँ विश्व योग दिवस रामेछापको मन्थलीमा प्रभातफेरी, प्रवचन तथा योगका विभिन्न नमुना अभ्यास प्रदर्शन गर्दै मनाइएको छ ।जिल्लास्तरीय योग दिवस मूल समारोह समिति रामेछापको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी तथा योगप्रेमीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा र्याली, योगको महत्वबारे प्रवचन दिइनुका साथै सहभागीहरूलाई योग तथा ध्यानका व्यावहारिक अभ्याससमेत गराइएको थियो। योग दिवस मूल समारोह समितिका संयोजक एवं शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलको अध्यक्ष
कञ्चनपुर । श्रीमतीमाथि अमानवीय व्यवहार गर्दै तातो तेल खन्याएको आरोपमा फरार रहेका एक युवक पाँच महिनापछि प्रहरी नियन्त्रणमा परेका छन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–८ तिलाचौरका ३४ वर्षीय अशोक भट्टलाई शनिबार पक्राउ गरिएको हो। उनीमाथि गत वर्ष पुस १५ गते आफ्नै घरको भान्सामा सेलरोटी पकाइरहेकी श्रीमतीमाथि तातो तेल खन्याएको आरोप छ। घटनामा पीडित महिलाको अनुहार तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। घटना लगत्तै फरार भएका भट्टलाई प्रहरीले लामो खोजीपछि पक्राउ गर्न सफल भएको जनाएको छ।कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार पक्राउ परेका भट्टविरुद
काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्यालले योगको महत्वबारे व्यापक प्रचार–प्रसार भएपनि आम मानिसले अझै पूर्ण लाभ लिन नसकेको बताएका छन् ।१२औँ विश्व योग दिवसका अवसरमा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा बोल्दै नेपाल सरकारले राष्ट्रिय स्तरमा ध्यान दिवस, योग दिवस तथा अन्तर्राष्ट्रिय दिवसहरूलाई राष्ट्रव्यापी उत्सवका रूपमा मनाउने परम्परा विकास गरेको बताए । उनले भने, ‘वर्तमान समयमा योगको धेरै प्रचार प्रसार हुँदा पनि जनमानिसले यसबाट पुनःलाभ लिन सकिरहेका छैनन् । यसै परिपेक्षमा सरकारले राष्ट्रिय स्थिरमा ध्यान दिवस, योग दिवस साथै अन्तर्राष्ट्रिय दिवस वा राष्ट्रिय उत्सव मनाउने परम्परा स्थापित गरेक
काठमाडौं। लगातारको वर्षाले पूर्वी पहाडमा विपत्ति निम्त्याउन थालेको छ। सङ्खुवासभामा पहिरोले घरमात्र होइन, किसानका सपनासमेत पुरिदिएको छ। तीन परिवार घरबारविहीन बनेका छन् भने धान रोप्ने तयारीमा रहेका खेतहरू पहिरोले बगाएको छ। सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ धुपु। शनिबार रातिदेखिको अविरल वर्षापछि पहिरो खस्यो। केही मिनेटमै पहिरोले धनबहादुर विश्वकर्माको घर पछाडिको भाग भत्काइदियो। घर जोखिममा परेपछि चार सदस्यीय परिवार रातारात सुरक्षित स्थानमा सारियो।यही पहिरोका कारण छिमेकी शान्तिराम पोखरेलको घरसमेत उच्च जोखिममा परेको छ। सम्भावित ठूलो दुर्घटना टार्न स्थानीय प्रशासनले दुवै परिवारलाई घर छाड्न आग्र
हेटौँडा । स्वर्णिम वाग्ले आज हेटौँडा आउने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल बैंक लिमिटेड सिटी अफिस हेटौँडाको आफ्नै नवनिर्मित भवनको उद्घाटन तथा शुभारम्भ कार्यक्रममा सहभागी हुन अर्थमन्त्री वाग्ले हेटौँडा आउन लागेका हुन् । अर्थमन्त्रीको भ्रमणलाई लक्षित गर्दै जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सुरक्षा निकायले आवश्यक सुरक्षा प्रबन्ध मिलाएका छन् । कार्यक्रमस्थल तथा आसपासका क्षेत्रमा सुरक्षा निगरानी बढाइएको जनाइएको छ ।नेपाल बैंक लिमिटेडको नवनिर्मित भवन उद्घाटनसँगै बैंकिङ सेवा थप व्यवस्थित, प्रभावकारी तथा सेवाग्राहीमैत्री हुने अपेक्षा गरिएको छ ।
काठमाडौं— आइतबार सुनको मूल्य सामान्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।आज एक तोला सुनको मूल्य २ लाख ८७ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।गत शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।सुनसँगै आज चाँदी पनि महँगिएको छ । चाँदी ५० रुपैयाँले उकालो लाग्दै प्रतितोला ४ हजार ६९० रुपैयाँ पुगेको छ ।
काठमाडौं— नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन् ।रास्वपाले उद्घाटन समारोहमा शुभकामना मन्तव्यका लागि विपक्षी दलका नेताहरूलाई निमन्त्रणा दिएको छ ।थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार उनी आज चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा हुने उद्घाटन सत्रमा सहभागी हुनेछन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.