काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीको आगामी ११ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले प्रतिगामी शक्तिहरूले एमालेको नेतृत्वलाई सिद्ध्याउन चाहेको भन्दै अब नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिहरुको षड्यन्त्र चिर्न नसकिने बताए । उनले भने, एमालेको ११ औं महाधिवेशन एकताको महाधिवेशन बनाउनुपर्छ । प्रतिस्पर्धाको नामबाट नेतृत्वलाई विस्थापित गर्ने काम गर्नुहुँदैन् । पार्टीलाई एकताबद्ध गर्ने र नेतृत्वको रक्षा गर्नुपर्छ । अहिले प्रतिगामी शक्तिहरूले नेतृत्वलाई सिद्ध्याउन चाहन्छ
स्याङ्जा— जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–१४ साबिक पुतलीबजार नगरपालिका–८० पिपलडाली बस्ने ५७ वर्षीय मेगबहादुर भुजेललाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।भुजेलमाथि सोही नगरपालिका–१४ स्थित वनमा ११ वर्षीया बालिकालाई २०६९ भदौ २७ गते जबर्जस्तीकरणीको घटनामा जिल्ला अदालत स्याङ्जाले २०७३ मा १५ वर्ष कैद सजाय सुनाएको थियो ।तर, सोही समयदेखि फरार भुजेललाई प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।भुजेललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेस गरी कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरी
कैलाली— भारतसँग जोडिएका विभिन्न सिमानाका हुँदै नेपाल प्रवेश गर्नेहरूको आवागमनमा हाल कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सीमावर्ती नाकामा सुरक्षा निकायलाई थप सतर्कतासहित चेकजाँच गर्न निर्देशन दिएको हो।सीमाबाट परिचय नखुलेका शङ्कास्पद व्यक्ति वा समूह अवैध तरिकाले प्रवेश गर्ने सम्भावना देखिएकाले सुरक्षा व्यवस्था कडा पारिएको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए । शङ्कास्पद व्यक्तिलाई देखेमा नजिकैको सुरक्षा निकायलाई तुरुन्तै खबर गर्न स्थानीयलाई आग्रह गरिएको छ।प्रशासनले अपरिचित व्यक्तिलाई घर वा समुदायमा बसोबास गराउने, कामकाजमा लगाउने वा अन
काठमाडौं— मधेस–प्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग जनकपुर–ढल्केबर छ लेन सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदैछन् । पैदलयात्रुको अत्यधिक चाप, सवारी आवागमन, ट्राफिक व्यवस्थापनमा समस्या र दुर्घटनाका घटना नियन्त्रण गर्न परियोजना अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार तीनवटै पुल सडकखण्डका अत्यन्त व्यस्त र जोखिमयुक्त ठाँउ छनोट गरेर करिब रु १० करोड ५० लाखको लागतमा निर्माण भइरहेका छन् । कार्यालयका ई उज्जवल झाले लक्ष्मीनियाँ गाउँपालिको मुख्य बजार क्षेत्र लक्ष्मीनियाँ बजार, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारको महिला विकास चोक र सखुवा चोकमा पुल
काठमाडौं— काठमाडौंस्थित केन्द्रीय कार्यालय रहेको एक अग्रणी राष्ट्रियस्तरको विकास बैंकले Chief Credit Officer (Deputy General Manager) पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले योग्य तथा अनुभवी नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।आवेदकसँग न्यूनतम १५ वर्षको बैंकिङ अनुभव हुनुपर्ने बैंकले जनाएको छ । जसअन्तर्गत कम्तीमा ५ वर्ष कर्पोरेट तहको क्रेडिट अनुभव अनिवार्य रहेको छ । साथै, राष्ट्रियस्तरको विकास बैंकको एक तह मुनिको पद वा ‘क’ वर्गको वाणिज्य बैंकको दुई तह मुनिको पदमा कम्तीमा २ वर्ष निरन्तर सेवा अनुभव आवश्यक हुने जनाइएको छ ।व्यवस्थापन, अर्थशास्त्र वा सम्बन्धित विषयमा मान्यता प्
काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले नेपालभित्र उत्पादित जनशक्ति बाहिर गएर काम गर्नुपर्ने वर्तमान अवस्था रहेको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशमा उत्पादित जनशक्तिलाई नेपाल सरकारको सेवाभित्र दरबन्दी सिर्जना गर्न नसकेको भन्दै उत्पादित जनशक्ति बाहिर काम गएर काम गर्नुपरेको बताएकी हुन् । उनले भनिन्, ‘अहिले भएको रणनीतिमा मानसिक स्वास्थ्य सेवामा सबैको सहज र समान पहुँच, दोस्रोमा साधन स्रोत र जनशक्ति व्यवस्थापन गर्ने भन्ने कुरा छ । मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान भएको मानिस पहिलाको तुलनामा बढेका छन् । केही नभएपनि वर्षमा १०, १२ जना मनोचिकित्स
काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ।प्रधानमन्त्रीको सचिवालयका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजेका लागि बैठक बोलाइएको हो।बैठकमा प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।साथै, ‘जेन-जी’ प्रतिनिधि, निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई पनि छलफलमा बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए।सरकारले प्रतिनिधिसभा र राष्
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान शासनव्यवस्था असफल भएको भन्दै राजनीतिक तथा संवैधानिक संरचना परिवर्तनको माग गरेका छन् ।शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बेल्दै शाहीले सरकारले जनतालाई रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा दिन नसकेको आरोप लगाउँदै अत्यधिक कर तिर्नुपरे पनि जनताले सुविधा नपाएको बताएका हुन् । उनले भने, ‘जनताले आज रोजगारी पाएका छैनन् । ७५ प्रतिशत कर तिर्दा पनि न शिक्षा पाइएको छ, न स्वास्थ्य पाइएको छ, न सडक सुधारिएको छ, न न्याय पाइएको छ । ति संविधान भित्रका धाराहरु, दफाहरुलाई यदि परिमार्जन गरिँदैन भने भगवान वि
काठमाडौं— गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले बिहीबार बिहानै एकता संवादका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नख्खु करागार गएका थिए।फेसबुकमार्फत उनले ‘बालेन र कुलमानलाई मिलाएको’ उल्लेख गर्दै भनेका थिए ‘बालेन र कुलमानको एकतापछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं।’गुरुङले रविलाई नख्खु कारागारमा भेटपछि उनले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै एकताबारे कुरा भएको सुनाए। उनका अनुसार रविले आफ्नो पार्टीले जेनजीहरुले उठाएको मुद्धामा पूरा साथ दिने बचन दिएका छन्।गुरुङ र रबिको कुराकानी
रामेछाप— ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले समग्र देशलाई उज्यालो बनाउने आफू नेतृत्वमा आउन खोजेको बताएका छन् । ऊर्जा क्षेत्रमा आफूले देशलाई उज्यालो बनाएको बताउँदै उनले अब देशको नेतृत्व गरेर सिङ्गो देशलाई नै उज्यालो बनाउन चाहेको बताए ।सुनापति गाउँपालिकामा सुनापती आधारभूत अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री घिसिङले देशलाई उज्यालो बनाउने आफ्नो अभियानमा सहयोग गर्न आग्रह गरे । घिसिङले केही दिनअघि मात्रै उज्यालो नेपाल पार्टी घोषणा गरेका छन् । मन्त्री घिसिङले नागरिकहरूलाई अहिलेको सरकारबाट धेरै आशा नराख्न सुझाव दिँदै आगामी फागुन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.