काठमाडौं । गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा गरेको बताएका छन्। बिहीबार मनसुन पूर्वतयारी तथा प्रतिकार्यको तयारी सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतको अनुभवका आधारमा यसपटक विपद् व्यवस्थापनका लागि प्रभावकारी तयारी गरिएको बताए। उनले विपद्को समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिइएको र विभिन्न टोलीहरू परिचालन गरिसकिएको जानकारी दिए। मन्त्री गुरुङले यसपटक मन्त्रीहरूको निरीक्षणभन्दा पनि जनताको सुरक्षा र उद्धारलाई प्राथ
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रलाई विगतमा राजनीतिक भागबण्डाको शिकार बनाइएको भन्दै मन्त्रालयलाई ‘टुहुरो र वेवारिसे’ मन्त्रालयका रूपमा व्यवहार गरिएको बताएका छन्।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले धेरै यस मन्त्रालयलाई नयाँ भनेर चिनेको भएतापनि २०५३ सालमै स्थापना भएको स्पष्ट पारे। उनले भने, ‘धेरैलाई महावीर पुन आएर नयाँ मन्त्रालय बनाएको भन्ने लागेको छ । यो नयाँ मन्त्रालय होइन । २०५३ सालमै बनेको मन्त्रालय हो तर विभिन्न समयमा कहिले एउटा मन्त्रालयसँग त कहिले अर्को मन्त्रालयसँग जोडिँदै आएको छ । २०७५ सालमा शिक्
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि शिक्षा तथा खेलकुद क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पोखरेलले उक्त बजेट कुल राष्ट्रिय बजेट २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको १०।२८ प्रतिशत रहेको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको तुलनामा शिक्षा क्षेत्रको बजेट अनुपातगत रूपमा ०।४७ प्रतिशतले घटे पनि रकमका हिसाबले भने करिब सात अर्ब रुपैयाँले वृद्धि भएको छ । यसले शिक्षा क्षेत्र सरकारको प्राथमिकतामा रहेको स्पष्ट हुने उनको भनाइ थियो
जनकपुर । मधेश प्रदेशमा सडक दुर्घटनाको अवस्था भयावह रहेको देखिएको छ । विगत पाँच आर्थिक वर्ष २०७७\७८ देखि २०८१\८२ मा भएका सडक दुर्घटनाको तथ्याङ्कलाई केलाउँदा मधेश प्रदेशमा ट्राफिक सुरक्षाको अवस्था अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको देखिएको छ । बिहीबार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठिमा सार्वजनिक गरिएको सडक दुर्घटनाको तथ्यांक अनुसार विगत पाँच वर्षमा मधेश प्रदेशमा सडक दुर्घटनाका कारण २,७४८ जनाले ज्यान गुमाएका छन् । पाँच वर्षमा कुल २९,१८३ वटा सडक दुर्घटना भएकोमा ४१,६९७ सवारी साधन संलग्न रहेको देखिएको छ । यस अवधिमा दुर्घटनामा परी १०,८६६ जना गम्भीर घाइते र ६,१४२ ज
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेशकुमार मल्लले प्रतिनिधिसभा नियमावली बहुमतको बलमा पारित गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद मल्लले आफूहरू करिब तीन सातादेखि सदनमा निरन्तर संघर्ष र आन्दोलनमा रहेको तथा प्रतिपक्ष एकताबद्ध भएर उभिएको बताए । उनले प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा नै आफूहरूले प्रश्न उठाएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलन र बलिदानबाट स्थापित लोकतन्त्र तथा संविधानको मर्मविपरीत हुने कुनै पनि व्यवस्था नियमावलीमा समावेश गर्न नहुने धारणा राखेको बताए । संविधानसँग बाझिने र संविधानको भावना विपरित हुने प्रावधान नियमा
काठमाडौं— पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–२ स्थित नारायणी नदिमा हाम फालेका एक बृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही जिल्लाको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षिय झनक प्रसाद पौडेल असार ४ गते बिहान उक्त नदिमा हाम फालेका थिए । सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले उनलाई मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो ।उद्धार पश्चात उनलाई उपचारको लागि चितवन अस्पतालतर्फ पठाएको छ । उनको अवस्था भने सामान्य रहेको छ । त्यसैगरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदिको बीच भागमा अड्कीएका एक जनाको असार ४ ग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको विद्युत् लाइन काट्ने तथा उद्योगीलाई धरपकड गर्ने तयारी तत्काल रोक्न सरकारसँग आग्रह गरेको छ ।महासंघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल सरकारअन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा सञ्चालित १० वटा औद्योगिक क्षेत्रमा रहेका करिब ७०० उद्योगमाथि प्रशासनिक बल प्रयोग गरी विद्युत् लाइन काट्ने र उद्योगीहरूलाई धरपकड गर्ने तयारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघका अनुसार औद्योगिक क्षेत्रको जग्गा भाडा वृद्धिसम्बन्धी विवाद सर्वोच्च अदालत र उच्च अदालतमा विचाराधीन छ । औद्योगिक क्षेत्र व्यवस्
काठमाडौं । दुई तिहाइ नजिकको राजनीतिक समर्थन पाएको सरकारले अर्थमन्त्री डा स्वर्णिम वाग्लेमार्फत सार्वजनिक गरेको आर्थिक वर्ष २०८३ र ८४ को बजेटलाई पछिल्लो तीन दशकयताकै सबैभन्दा सुधारमुखी बजेटका रूपमा हेरिएको छ । कर प्रणाली, प्रशासनिक पुनर्संरचना, ऊर्जा, वित्तीय क्षेत्र तथा निजी लगानी प्रवद्र्धनका क्षेत्रमा व्यापक नीतिगत परिवर्तनको घोषणा गर्दै सरकारले आर्थिक पुनरुत्थानको नयाँ आधार तयार गर्ने प्रयास गरेको दाबी गरेको छ । २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेटमा चालुतर्फ १२ खर्ब ७० अर्ब, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। सरकारले आगामी आर्थिक व
काठमाडौं— भारतीय चिया बोर्डले मे १ देखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर (एसओपी)’ र प्रत्येक खेपमा अनिवार्य गुणस्तर परीक्षणको व्यवस्था लागू गरेपछि नेपाली चिया निर्यात गम्भीर संकटमा परेको छ। यसबाट उत्पन्न समस्याको समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारसँग तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ।महासंघले नेपाल चिया उत्पादक संघबाट प्राप्त सुझाव र वर्तमान अवस्थाको विश्लेषण गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत भारतसँग उच्चस्तरीय संवाद गरी निर्यातमा देखिएको अवरोध हटाउन आवश्यक पहल गर्न माग गरेको हो।महासंघका अनुसार नेपालको चिया उद्योग कृषि, उद्योग, निर्यात र
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको पदस्थापन गरिएको छ ।काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा पदस्थापन गरिएको हो। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथि रहेका थिए। मुख्यमन्त्री बानियाँले यातायात व्यवसाय नेपालको भौगोलिक अवस्था र पूर्वाधारको सीमितताबीच अत्यन्त जोखिमपूर्ण र चुनौतीपूर्ण रहेको उल्लेख गरे । उनले देशका प्रमुख तथा सहायक राजमार्गहरूको अवस्था अझै जिर्ण रहेको भन्दै यातायात व्यवसायीहरूले कठिन परिस्थितिमा सेवा प्रवाह गर्दै आएको बताए । उनले
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.