जनकपुर । मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरिएको छ ।प्रदेश प्रमुख कार्यालयले आज मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै नयाँ सरकार निर्माण गर्नका लागि दलहरुलाई आह्वान गरेको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अगामी शुक्रवार १९ गते साँझ ५ बजे भित्रमा सरकार गठनका लागि दाबी पेश गर्नका लागि दलहरुलाई आह्वान गरेको छ ।यो संगै दलहरु पुनः छलफलमा जुटेका छन् । आज दिउँसो बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भनिएकोमा उनले बैठकमै राजीनामा दिएको घोषणा गरेका थिए ।
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी, निर्देशक पदमा कार्यरत मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, विजय थापा गुरुदत्त अधिकारी, र एक इन्जिनियरिङ कम्पनीविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।प्रतिव्यक्ति १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७६ पैसा बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।भक्तपुरको नलिन्चोकमा निर्णमा गरिएको हेलिप्याड प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो।
काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ ।बुधबार टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।५ खेल खेलेको विराटनगर ४ जितसहित तेस्रो स्थानमा छ । लुम्बिनी ५ खेलबाट २ खेल जित्दै छैटौं स्थानमा छ ।
काठमाडौं— ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा गठन गरिएको ‘उज्यालो नेपाल पार्टी’ आज औपचारिक रूपमा घोषणा गरिएको छ। काठमाडौंको राष्ट्रिय सभा गृहमा सुरु भएको घोषणा सभामा पार्टीका संस्थापक घिसिङ स्वयंले सम्बोधन गर्ने तयारी गरिएको छ।सभास्थलमा हरियो टोपी लगाएका तथा हरियो झन्डा बोकेका समर्थकहरूको बाक्लो भीड देखिएको छ। पार्टीको चुनाव चिह्न ‘बलिरहेको चिम’ रहेकाले प्रवेशद्वारमै ठूलो चिमको प्रतीकात्मक संरचना पनि स्थापना गरिएको छ, जसले समर्थकहरूको उत्साह झनै बढाएको छ।घोषणा सभामार्फत पार्टीले औपचारिक रूपमा आफ्नो नीति–कार्यक्रम सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
काठमाडौं— उज्यालो नेपाल पार्टीमा जोडिएकी कलाकार रिमा विश्वकर्माले जेनजी आन्दोनमा गोली चलाउन आदेश दिने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली जस्तो नेता अब यो देशलाई खाँचो नभएको बताएकी छिन् । बुधबार उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभामा बोल्दै उनले देशले जवाफदेही नेतृत्व खोजिरहेको बेला प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर गोली चलाउने आदेश कसले दियो मलाई थाहा छैन् भन्ने जस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने नेता अब यो देशलाई नचाहिने बताएकी हुन् । उनले भनिन्, ‘यो देशको हालत हेरेर म कसैको भर गर्न सक्दिन् । म आफ्नै मात्रै भर गर्न सक्छु । देश र देशवासीको लागि उज्यालो दिप बनेर जल्ने
काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बहुदलीय व्यवस्थामा पिल्लर राजनीतिक दल भएको भन्दै दलहरुको गतिविधिलाई नियन्त्रण र नेतालाई अपमान गरेर चुनाव हुन नसक्ने धारणा राखेका छन् । बुधबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले चुनावी वातावरण बनाएपछि मात्रै निर्वाचन हुने बताउँदै चुनाव–चुनाव भनेर मात्रै केही नुहने बताएका हुन् । उनले भने, ‘चुनाव भन्ने भन्दापनि गर्नेे कुरा हो । चुनाव गर्ने हो भने चुनाव हुने खालको तयारी गर्नुपर्छ । चुनावको लागि अनुकूल वातावरण नबनाइकन कसरी चुनाव हुन्छ ? त्यसको लागि वातावरण त बनाउनुपर्यो नि । चुनावको वातावरण बनाउँदा यो सच्चाईलाई
काठमाडौं— साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १३.५२ अंक घटेर २६३१.१७ विन्दुमा झरेको हो । यस दिन यसदिन सेन्सेटिभ इण्डेक्स ३.०३ अंक, फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०४ अंक घटेका छन् ।यद्यपि, बजारको कारोबार रकममा भने वृद्धि भएको छ । मंगलबारको ४ अर्ब ४८ करोड रुपैयाँको तुलनामा यस दिन ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन ३३२ स्टकको ६७ हजार ४८५ पटक कारोबार भएको थियो ।यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, मिथिला लघुवित्त वित्तीय स
काठमाडौं— मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन्। विश्वासको मत पाउने आधार नदेखेपछि उनले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन्।तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले प्रदेश संसदीय दलका नेता यादवलाई कात्तिक २६ गते संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।उनको नियुक्ति असंवैधानिक भएको भन्दै नियुक्त बदर माग गर्न माग गर्दै नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले सर्वोच्च अदालतमा रिट हालेका थिए।रिटमाथि सर्वोच्च अदालतले मंसिर १५ गते २४ घन्टाभित्र विश्वासको मत लिन परमादे
काठमाडौं— ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्री भएको बताएका छन् । बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले महानगरपालिकाले लगभग २३, २४ वटा वडा कार्यालय र धेरै वटा स्कुलहरु अपाङ्गतामैत्री बनाईसकेको बताए । उनले भने, ‘अहिले हामीले ललितपुर महानगरपालिकाको जे जति संरचनाहरु बनाएका छौ । ती संरचनाहरु सबै नै अपाङ्गतामैत्री छ । हामीले लगभग २३, २४ वटा वडा कार्यालय बनायौं । त्यो सबै नै अपाङ्गतामैत्री छ । हामीले धेरै वटा स्कुलहरु बनायौं त्यो सबै पनि अपाङ्गतामैत्री छ ।’यस्तै, गत वर्ष अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर अपाङ्ग भएका व्यक
काठमाडौं— बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष ०८२/०८३ को बजेट तथा कार्यक्रमको कार्यान्वयन अवस्थाबारे विस्तृत छलफल भएको छ । बैठकमा अर्थमन्त्री रामेश्वर खनालले बजेट कार्यान्वयन, ठेक्का प्रक्रिया, तरलता समस्या तथा ब्याज अनुदानका विषयमा आफ्नो धारणा प्रस्तुत गरे ।अर्थमन्त्री खनालले टेण्डर सकिएको र ठेकेदार छनोट भई काम सुरु भइसकेका परियोजनाहरू रोकिने नीतिगत आधार नरहेको स्पष्ट पारे । उनले धेरै कम्पनीहरू कालोसूचीमा पर्नु चिन्ताको विषय भए पनि चलिरहेको काम रोक्न नसकिने बताए ।उनले भने, ‘टेण्डर भैइसकेका र टेण्डर भएर ठेकेदार सेलेक्सन भैइसकेपछि काम प्रारम्भ भैइसकेको छ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.