काठमाडौं— आज बिहनैदेखि काठमाडौंलगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ। केही ठाउँमा भारी वर्षा मापन भएको छ, भने धेरै ठाउँमा भारी वर्षाको नजिक (मध्याम) वर्षा भएको छ। तर तराई क्षेत्रमा अझै वर्षा भएको छैन।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले हाल देशभर साधारणतया बदली रहेको जानकारी दिनुभयो। उनका अनुसार तराईका उत्तरी भूभागमा थोरै वर्षा भएको छ। दक्षिण क्षेत्रमा पनि हल्का पानी परेको तर पर्याप्त नभएको बताए। अहिलेको प्रणाली त्यति ठूलो नरहेको पनि उनले बताए।पछिल्ले ६ घण्टामा धनकुटाको मछुवाघाटमा ४२, गोरखाको आरुघाटमा ४२.२, कास्कीको लाम्पाटनमा ४४.८, मुगुको गमगढी श्रीनगरमा
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले चनौली वितरण केन्द्रले साउन १६ गतेका लागि जारी गरेको लोड व्यवस्थापन तालिकाले सिर्जना गरेको अन्यौल र त्यसमा आएका सामाजिक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।प्राधिकरणका अनुसार, चनौली ३३/११ के.भी. सबस्टेसनमा न्यू भरतपुर (बसेनी) सबस्टेसनबाट आउने ३३ के.भी. लाइनमा अत्यधिक सोड (लोड) बढेपछि समस्या उत्पन्न भएको हो र यसलाई समाधान गर्न काम भइरहेको छ।चनौली क्षेत्रको मागलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न बसेनी १३२ के.भी. सबस्टेसनदेखि चनौली सबस्टेसनसम्म नयाँ ३३ के.भी. लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको र यो पूरा भएपछि समस्या दीर्घकालीन रूपमा समाधान हुने प्रा
काठमाडौं — स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको बताएका छन्।सिंहले विगत ३० वर्षदेखि देशमा सहकारी रकम हिनामिना गर्ने मुख्य दोषी नेपाली कांग्रेस र नेकपा (एमाले) रहेको दाबी गर्दै, तीन वर्षअघि मात्रै राजनीतिमा आएका लामिछानेलाई फसाउन खोजिएको बताएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै सञ्चालन गरेको हस्ताक्षर अभियानमा समर्थन जनाउन पार्टी कार्यालय पुगेका सिंहले सञ्चारकर्मीहरूसँग भने, "राज्यले प्रतिशोध गरिरहेको छ, यो पूर्णरूपमा राजनीतिक प्रतिशोध हो।"उनले लामिछा
काठमाडौं — नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कारबाहीको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई हस्तान्तरण गरेकी छन्।पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल प्रकरणमा मुछिएकी रञ्जिता श्रेष्ठले आफैंलाई विवादमा परेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी बास्तोलालाई दिएको जानकारी दिइन्।रञ्जिताले नेपालखबरसँग भनिन्, "मैले काबा दिएको छु। कुरा यही हो।" केही दिनअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्वर परीक्षणका लागि समेत पुगेकी थिइन्।सार्वजनिक अडियोमा पनि रञ्जिताले घुस माग्दै गरेको आवाज सुन्न सकिन्छ।नागरिक उन्मुक्ति पार्टीको विधान अनुसार अध्यक्षलाई कार्यवाहक तोक्न सक्ने अधिकार भए
काठमाडौं — नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाभियोग लगाउनुपर्ने माग गरेकी छन्।आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै पन्तले वाइडबडी जहाज खरिद प्रकरणमा विशेष अदालतले दिएको पूर्णपाठ निर्णयले राईको भूमिकामाथि प्रश्न उठाएको उल्लेख गर्दै महाभियोग प्रक्रिया सुरु गर्नुपर्ने बताइन्।पन्तले भनिन्, "वाइडबडी जहाज खरिदबारे अदालतको फैसलामा चयनमुखी अभियोजन गरिएको देखिन्छ। अन्य व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरिए पनि राईप्रति किन नगरेको? विशेष अदालतले प्रश्न उठाएको छ। उहाँ अहिले अख्तियार प्रमुख हुनुहुन्छ। यस्तो अवस्थामा उहाँले
काठमाडौं – आफ्ना मागहरुप्रति सरकार सकारात्मक भए पनि शिक्षक महासंघले खलनायको भूमिका खेलेको विष्णु खत्री नेतृत्वको राहत शिक्षक राष्ट्रिय समितिले आरोप लगाएको छ ।आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले आफूहरुलाई वेवास्ता गरी सरकारसँग सम्झौता गरेकाविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष खत्रीले महासंघले ४२ हजार रहत शिक्षकहरुलाई अन्याय हुने गरेर सरकारसँग साँठगाँठ गरेको आरोप लगाएका छन् । महासंघले आफूहरुप्रति दोहोरो भूमिका खेलिरहेको बताउँदै खत्रीले भने, ‘महासंघले राहत शिक्षकको व्यवस्थापन विधि पेशागत सुरक्षा गर्ने हुनुपर्नेमा
काठमाडौं – सरकारद्वारा मधेश प्रदेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरिएलगत्तै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई ढिलाइ नगरी तत्काल राहतको उपाय अबलम्बन गर्न निर्देशन दिएका छन् ।आइतबार मन्त्रालयमा आयोजना गरिएको आपतकालीन उच्चस्तरीय बैठकमा मन्त्री खड्काले जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका सचिवहरु सुरेश आचार्य एवं सरिता दवाडी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, सिंचाई विभागका महानिर्देशक संजिव बराललगायत सहसचिव, उपसचिव तथा प्रविधिकहरूसँग छलफल गर्दै मधेश प्रदेशका आठ जिल्लामा सिंचाई र खानेपानीको समस्या
काठमाडौँ — जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र पोखरामा गरी १६ जना पक्राउ परेका छन्।शनिबार दिउँसो, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ सिमलीगाउँस्थित श्याम तामाङको टहरामा जुवा खेल्दै गरेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। रामेछापको मन्थली नगरपालिका–६ स्थायी घर भई हाल बूढानीलकण्ठमा बसोबास गर्दै आएका ३९ वर्षीय श्याम तामाङ पनि पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले नगद ५० हजार ३३० रुपैयाँसहित पक्राउ गरेको हो।त्यसैदिन साँझ, पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटल लेक टप एण्ड रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा रेष्टुरेन्टका सञ्चालक चिन्तामणि अधिकारीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। चिन्
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले २४औं घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना हुँदाहुँदै पनि विभिन्न दबाब र चुनौतीहरुले पूरा गर्न नसेको गुनासो गरेका छन् ।आइतबार काठमाडौमा आयोजित सामूदायिक विद्युतीकरण उपभोक्ता महासंघको कार्यक्रममा बोल्दै उनले आवश्यक पर्नेजति विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर्ने साथै मुलुकलाई समृद्ध बनाउने अभियानमा लागि रहेको बताए । उनले भने,‘२४ औं घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना छ । तर यसमा दबाब ,चुनौतीहरु छन् । हामीलाई आवश्यक पर्नेजति विद्युत आफै उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर
गुल्मी — गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–५ वस्तु अमराईमा आगलागीमा परेर एक युवतीको ज्यान गएको छ।स्थानीय वडाध्यक्ष केशवराज भण्डारीका अनुसार, २५ वर्षीया जुना विकको आगलागीमा परी मृत्यु भएको हो। मानसिक रूपमा कमजोर थिइन् जुना विक, र आइतबार बिहान करिब ५ बजे उनले आफैले घरमा आगो लगाएको प्रारम्भिक जानकारी रहेको भण्डारीले बताए।आगो लागेपछि स्थानीयबासी र सुरक्षाकर्मीले आगो बस्तीमा फैलिन नदिई नियन्त्रणमा लिएका थिए।प्रहरीले घटनास्थलको मुजुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाउने तयारी गरिरहेको वडाध्यक्ष भण्डारीले जानकारी दिएका छन्। आगलागीबाट करिब तीन लाख रुपैयाँभन्दा बढीको क्षति
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.