समाज

    Showing 5,371-5,380 of 6,767 items.
  • २०८१ भित्र सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्र सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्न बाध्य बालबालिकालाई यही वर्षभित्र राहत दिन सरकार कटिबद्ध रहेको बताए ।प्रधानमन्त्रीले बालबालिकालाई सडकमुक्त गर्ने अठोट व्यक्त गर्दै बालमैत्री वातावरण निर्माण गर्न सरकारले निरन्तर काम गरिरहेको उल्लेख गरे । उनले बालबालिकाले अझै पनि अधिकार, शिक्षा, स्वास्थ्य, र माया नपाएकोमा चिन्ता व्यक्त गर्दै कुपोषण र विद्यालय जान नपाएका बालबालिकाको समस्या समाधान गर्न आवश्यक पहल गर्ने बताएका छन् ।बालबालिकामा लगानी गरेर समृद्ध नेपाल र सुखी

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 484 पटक पढिएको
  • नेपाल प्रहरीमा २३६ असई र ६४ इन्स्पेक्टरका लागि आवेदन खुला

    काठमाडौं–नेपाल प्रहरीले प्रहरी अधिकृत र सहायक निरीक्षक पदका लागि ठूलो संख्यामा भर्ना खुला गरेको छ । शुक्रबार प्रकाशित गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन मागेको हो । योग्य उम्मेदवारले भदौ ३० गतेदेखि असोज ३० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।प्रहरी निरीक्षकका लागि स्नातक तह उत्तीर्ण, उमेर २० देखि २५ वर्षसम्म र प्रहरी सहायक निरीक्षकका लागि प्रमाणपत्र तह उत्तीर्ण, उमेर १८ देखि २४ वर्षसम्मको मापदण्ड तोकिएको छ । अन्य शैक्षिक योग्यता, भौतिक मापदण्ड लगायतका थप जानकारीका लागि नेपाल प्रहरी भर्ना

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 399 पटक पढिएको
  • विमानस्थलको सुरक्षा र सुन्दरतामा खादा, मालाको चुनौती

    काठमाडौं–नागरिक उड्डयन प्राधिकरणले यात्रुलाई सुरक्षा जाँच उपकरणमा क्षति पुग्ने समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला नल्याउन अनुरोध गरेको छ । एक सूचना जारी गर्दै प्राधिकरणले यात्रुलाई खादा, माला लगाएर वा ब्यागमा भुन्ड्याएर नल्याउन आग्रह गरेको हो । यात्रुले लगाएका खादा, मालाले सुरक्षा जाँचका क्रममा एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटर जस्ता उपकरणमा अड्किएर क्षति पुर्‍याउने गरेको उल्लेख छ । यात्रुले विमानस्थलका विभिन्न स्थानमा छाडिएका खादा, मालाले विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुर्‍याएको प्राधिकरणले जानकारी दिएको छ  । यसअघि त्रिभुवन अन्तर

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 266 पटक पढिएको
  • दसैँका सुकिला नोट कहिलेदेखि साट्न पाइन्छ ?

    काठमाडौं–नेपालीहरूको महान पर्व बडादसैँका लागि यस पटक नेपाल राष्ट्र बैंकले १३ असोजदेखि सुकिला नोट साट्न अनुमति दिने भएको छ । नयाँ नोटको सट्टा एकपटक प्रयोगमा आइसकेका सफा नोट साट्न पाइनेछ ।सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्मका ५, १०, २०, ५० र १०० दरका नोट साट्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार यसवर्ष नयाँ नोट बजारमा नल्याउने निर्णय गरिएको छ, किनकि प्रयोगमा आएका सफा नोटलाई नयाँ जस्तै मानिनेछ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंकहरूबाट समेत नोट साट्न सकिने जनाइएको छ । हरेक वर्ष नयाँ नोट बजारमा पठाउने र त्यसको प्रयोग नहुँदै पुन: नयाँ

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 547 पटक पढिएको
  • अमेरिकी सपनाको लोभमा नक्कली बाटो रोज्ने चार जना पक्राउ

    काठमाडौं–इलेक्ट्रोनिक डाइभरसिटी भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा चार जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका(८ घर भई सोही नगरपालिका(४ ईमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका(१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका(५ टिकाथली बस्ने २८ वर्षीय अनिल कुमार महतो, झापा अर्जुनधारा नगरपालिका(८ घर भई ललितपुर ईमाडोल बस्ने ५० वर्षीय गोपाल प्रसाद घिमिरे र संखुवासभा खाँदवारी नगरपालिका(९ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका(५ बस्ने ४३ वर्षीय सुवास ढकाल रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्याल

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 515 पटक पढिएको
  • नेपालमा एक वर्षमा ७ हजार २२३ आत्महत्याका घटना

    काठमाडौं- नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् ।विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा आज काठमाडौंमा आयोजित कार्यक्रममा सो तथ्यांकबारे जानकारी गराइएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको बताए । नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ । एसडिजीको लक्ष्य ४.७ मा झार्ने भएपनि नेपालमा आत्महत्याको दर झनै बढ्दै गएकोप्रति निर्देशक धिमिरेले चिन्ता व्यक्त गरे । नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोरकिशोर

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 476 पटक पढिएको
  • आतंकवादजस्ता चुनौतीसँग लड्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक : गृहमन्त्री लेखक

    काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपालले सामना गरिरहेका अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध र आतंकवाद जस्ता चुनौतीहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोग अपरिहार्य रहेको बताएका छन्।शनिबार, इन्टरपोल स्थापनाको शताब्दी दिवसको अवसरमा आयोजित विशेष समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। उनले अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा विशेषज्ञता, असल अभ्यास र सूचना आदानप्रदान आवश्यक रहेको बताए।समारोहमा गृहमन्त्रीले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘CID Magazine’ को विमोचन गरेका थिए भने प्रहरी नायव महानिरीक

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 347 पटक पढिएको
  • काठमाडौंमा ४ युवा युवती क्लब र हाउस पार्टीको प्रलोभनमा परेपछि...

    काठमाडौं–काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ स्थित घरमा क्लब र हाउस पार्टीको नाममा युवतीलाई शरीर बन्धक बनाएर यातना दिएको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका व्यक्तिहरूमा ३३ वर्षीय आशिष देउला, २७ वर्षीय राजेन्द्र घले, २२ वर्षीय ओजस्वी तामाङ, र २२ वर्षीय साजन गुरूङ रहेका छन् । प्रहरीका अनुसार, ती व्यक्तिहरूले युवतीलाई विभिन्न प्रलोभनमा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा उनीहरूको घरमा लगेर नशालु पदार्थ सेवन गराएका थिए । यसका साथै, उनीहरूले अनैतिक कार्य गर्न र शारीरिक यातना दिनका लागि युवतीलाई शारीरिक तथा मानसिक यातना दिएको पाइएको छ । प्रहरीले प्राप्त सूचनाका आधारम

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 225 पटक पढिएको
  • आठ महिनामा ७ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिए

    काठमाडौं–सन् २०२४ का आठ महिनामा ७ लाख २० हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अगस्तसम्म ७२०‚३३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । विशेषगरी अगस्त महिनामा विदेशी पर्यटकको आगमनमा ८.३ प्रतिशतको वृद्धि भएको छ । सो महिनामा मात्र ७२‚७१९ पर्यटक नेपाल आएका छन् ।सन् २०२३ को अगस्तको तुलनामा यो वर्ष सोही अवधिमा ५‚५६६ बढी पर्यटक नेपाल प्रवेश गरेका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेले छिमेकी देश भारत र चीनमा लक्षित पर्यटन प्रवर्द्धन कार्यक्रमले यस वृद्धिमा भूमिका खेलेको बताउनुभयो। भारतबाट २५‚८३२‚ चीनबाट ६‚६१४‚ अमेरिकाबाट ५‚६१४‚ श्रीलङ्काबाट ४‚८५१ र बङ्ग

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 395 पटक पढिएको
  • अन्टार्क्टिका पुग्ने पहिलो नेपाली सम्मानित

    काठमाडौं–अन्टार्क्टिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई बागलुङमा सम्मानित गरिएको छ । बागलुङ नगरपालिकाले उनलाई रु २५ हजार‚ प्रशंसापत्र‚ र दोसल्ला ओढाएर सम्मान गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बागलुङ बसपार्क उद्घाटन कार्यक्रममा विश्वकर्मालाई सम्मानित गरेका हुन् ।  भारतीय सेनाको टोलीसँग प्राविधिकका रूपमा यात्रा गरेका विश्वकर्मा १९८६ मा अन्टार्क्टिका पुगेका थिए । बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले विश्वकर्माको योगदानको कदर गर्दै सम्मान गरेकाे जानकारी दिएका छन् । विश्वकर्मा हाल बुटवल उपमहानगरपालिकामा बस्दै छन्‚ जहाँ ॅभुवनसिंह मार्ग’ सडकको

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 302 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा