समाज

    Showing 5,401-5,410 of 6,767 items.
  • पोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

    काठमाडौँ- सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित राम जानकी मठको पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । ब्रह्मपुरी–२ का ६ वर्षीय अङ्कित साहको पोखरीमा डुबेर मृत्यु भएको हो ।घर नजिकैको पोखरीमा नुहाउन पसेका साह डुबेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनलाई  स्थानीयले तत्कालै पोखरीबाट बाहिर निकाले पनि बचाउन भने नसकिएको उनले बताए ।

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 522 पटक पढिएको
  • मुस्ताङमा गएको हिमपहिरो थाल्यो बाग्न

    काठमाडौँ-  मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमाथि धौलागिरी हिमालनजिकै हिमपहिरो खस्दा स्थानीय छिप्लुङ खोला थुनिएको छ। उक्त खोला वडा नम्बर २ मै पर्ने बोक्से खोलामा पुगेर मिसिन्छ।वडा नम्बर २ का अध्यक्ष गौतम शेरचनले दिएको जानकारी अनुसार  किनारमा रहेका बस्तीहरूलाई सुरक्षित ठाउँतर्फ अवतरण गराउने काम भइरहेको छ। मुस्ताङको थासाङ गाउँपालिकामा हिमपहिरो, छिप्लुङ खोला थुनियो। बोक्से खोलामा पानी नआएपछि निरीक्षणका लागि प्रहरीसहितको टोली पुग्दा हिमपहिरोले थुनिएको भेटिएको थियो। गाउँपालिकाले सो ठाउँमा गएको हिमपहिरोको भिडिओ सार्वजनिक गरेको छ। भिडिओमा हिमपहिरोले खोला थुनेको देखिन्छ। 

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 407 पटक पढिएको
  • कैलालीमा १५० घर डुबानमा, १९ परिवार विस्थापित

    काठमाडौं— बुधबार र बिहीबारको वर्षाले कैलालीका विभिन्न बस्ती डुबानमा परेका छन् ।  एक हजार ५८ घरधुरी डुबानमा परेकोमा १९ घरधुरीका एकसय दुई व्यक्ति विस्थापित भएका प्रशासनले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भजनी नगरपालिकाको ३, ४, ५, ८, ७ र ९ नम्बर वडा, घोडाघोडी नगरपालिकाको वडा ५ र ९, गौरीगङ्गा नगरपालिका–९ र कैलारी गाउँपालिका–५ का बस्ती डुबानबाट प्रभावित भएको छ । भजनीका १४ र कैलारीका पाँच परिवार विस्थापित भएका हुन् ।बाढीले भजनीको जनजीवन प्रभावित बनेको छ । तस्बिर : झलनाथ खनाल / राससविस्थापित कतिपय परिवार अग्लो भागमा रहेको हुलाकी राजमार्ग खण्डमा त्रिपाल टाँगेर बसेका छन् । कैलारीक

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 452 पटक पढिएको
  • 'सिधा कुरा’विरुद्धको अवहेलना मुद्दामा फैसला सर्‍यो

    काठमाडौँ- ‘सिधा कुरा’विरुद्धको अवहेलना मुद्दामा फैसलाको निसु सरेको छ । बिहीबार सुनाउने भनिएको फैसला भदौ २० गतेका लागि सरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले बताए । यसअघि बहस सकेर सर्वोच्चले आज ९भदौ ६० गतेका लागि निसु तोकेको थियो। सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा गठित ९ सदस्यीय बृहत‍्पूर्ण इजलासले सुनुवाइ सकेर निसु तोकेको थियो । उक्त इजलासले १५ दिनभित्र बहस नोट पेस गर्न आदेश जारी गरेको  थियो । सबै पक्षको बहस नोट पेस भएकाले बिहीबार फैसला हुनसक्ने सम्भावना रहेको सर्वोच्च अदालतले जनाएको छ। प्रधानन्यायाधीश श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान स

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 386 पटक पढिएको
  • सिधाकुराका प्रकाशक पक्राउ

    काठमाडौँ- सिधाकुरा नामक न्युज पोर्टल तथा युट्युब च्यानलले प्रकाशन गरेको ‘डार्क फाइल’ रिपोर्टमा सूचना दिने राजकुमार तिमल्सिना पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ तिमल्सिनालाई पक्राउ गरेको हो। उनलाई पेप्सिकोलास्थित डेराबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। उनलाई बैंकिङ कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको उनले बताए। बैंकिङ कसुर बाहेक उनीविरुद्ध अन्य दुई/तीन वटा कसुरमा मुद्दा परेको र त्यसमाथि पनि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय का

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 407 पटक पढिएको
  • चितवनमा उपचारका क्रममा मृत्यु भएको घटना छानबिन गर्न समिति गठन

    काठमाडौँ- भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी भरतपुर महानगरपालिका–१२ घर भई हाल गैँडाकोट बस्ने सम्झना काफ्लेको घटना छानबिन गर्न नौ सदस्यीय समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा आज बसेको बैठकले भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रकाश खतिवडाको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको हो।समितिमा बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका ऐनेस्थेसियोलोजिष्ट डा प्रदीप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत अजय शर्मा, जिल्ला प्रशासन कार्यालयका अधिकृत अन्तिम सिञ्जाली तथा पीडितको तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल, मन्दिरा काफ्ले सदस्य छन्

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 313 पटक पढिएको
  • उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    उदयपुर- उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सुनसरीको इटहरीबाट समान लिएर उदयपुरको बेलका नगरपालिका-२ भागलपुर तर्फ जाँदै गरेको को २ त ६३४९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।उदयपुरको चौदण्डीगढी नगरपालिका-३ हात्तिसारमा दुर्घटना हुँदा चालक तिलक राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ। घाइते दुईजनाको चौदण्डीगढी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन।ट्याक्टरमा फलामको ट्युब लोड गरिएको र सडक ओरालो भएकोले ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने स्थानीयले

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 454 पटक पढिएको
  • अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

    जुम्ला— अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरलले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । सो ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ ।छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ । विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ । यी जोखिम ठाउँहरुमा सडकको स

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 411 पटक पढिएको
  • देशका विभिन्न स्थानमा वर्षा जारी, आज केही स्थानमा ठूलो वर्षाको सम्भावना

    काठमाडौं— जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ ।महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।को

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 761 पटक पढिएको
  • नेपालका १८ स्थानीय तहमा विद्युत् पुग्न बाँकी

    काठमाडौं— नेपालका १८ स्थानीय तहमा विद्युत सेवा पुग्न बाँकी रहेको छ। ५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण र १९६ मा आंशिक विद्युतीकरण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि १८ स्थानीय तहका बासिन्दाले लघु जलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् उपभोग गरिरहेको प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । प्राधिकरणले देशभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ्क, २०८१ अनुसार कुल जनसङ्ख्याको ९९ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युत्का ग्राहक सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ ।विद्

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 593 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा