समाज

    Showing 5,461-5,470 of 6,767 items.
  • बाढीले बगाएर बेपत्ता मजदुरको शव फेला

    काठमाडौं । बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ । भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी गराए । इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो । थारुसँगै बगेका २६ वर्षीय श्यामकुमार थारु हालसम्म बेपत्ता छन् । उनको खोजी कार्य जारी भइरहेको छ । यस्तै बाढीमा परेका २६ वर्षीय रामकिसन था

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 295 पटक पढिएको
  • ५० हजार धरौटी बुझाएर छुटे निलम्बित मुख्य सचिव अर्याल

    काठमाडौं–निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । अन्त:शुल्क स्टिकर छपाइ प्रकरणमा भ्रष्टाचार मुद्दामा निलम्बित अर्याललाई विशेष अदालतको आदेशमा रिहा गरिएको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उहाँलाई ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।  अर्याल सहित ११ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३८ करोड ६७ लाख १७ हजार बढी विगो दावी गर्दै  भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 287 पटक पढिएको
  • साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार

    काठमाडौं-  साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार भएको छ । लिमासोलको आयोस एन्ड्रियास क्षेत्रमा आइतबार बिहान करिब चार बजे रगतले लतपतिएको अवस्थामा दुई नेपाली घाइते अवस्थामा भेटिएको साइप्रसको एक सञ्चारमाध्यमले जनाएको छ ।घाइते हुनेमा ३३ वर्षीय र अर्का २५ वर्षीय युवक छन् । उनीहरूको परिचय खुलाइएको छैन। हाल  उनीहरुको लिमासोल जनरल अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरीले जनाएको छ। उनीहरुको ढाडमा दुई पटक धारिलो हतियारले छुरा प्रहार भएको पाइएको छ । तर, गम्भिर चोट लागेपनि खतरा भन्दा बाहिर रहेको बताइएको छ ।अहिलेसम्म कसले छुरा प्रहार गरेको खुलेको छैन । अफ्रिकी मूलको व्यक्तिले घटना घटाएको हुनसक्ने प

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 369 पटक पढिएको
  • मेयरको निधनमा आज काठमाडौं उपत्यकाभित्र शोक विदा

    काठमाडौं–कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा आज काठमाडौं उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक विदा दिइएको छ । आज उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र मातहतका निकायमा विदा दिइएको हो । मिर्गौला रोगबाट पीडित नकर्मीको बिहीबार राति उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो । त्यसपछि काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । नकर्मी नेपाली कांग्रेसबाट २०७९ को स्थानीय निर्वाचनमा प्रमुख पदमा निर्वाचित भएका थिए ।

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 397 पटक पढिएको
  • सिमलताल घटना : १७ दिन भैसक्दा पनि बस र यात्रु अज्ञात, भारतीय टोली फर्कने

    काठमाडौं–चितवनस्थित सिमलतालमा हराएको बस खोज्न थालेको दुई साता भइसक्यो । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट दुईवटा बस त्रिशूलीमा बेपत्ता भएको आज १७ दिन भयो । खोजीमा नेपाली मात्रै नभएर भारतको राष्ट्रिय आपदा मोचन बलका १२ जनाको टोली पनि खटिएको छ । पहिरोले बगाएको बस र यात्रुको अवस्थाबारे कुनै ठोस जानकारी मिल्न सकेको छैन । गत असार २८ गते सिमलतालमा लेदोसहितको पहिरोमा परी काठमाडौंबाट गौरतर्फ जाँदै गरेको र वीरगन्जबाट काठमाडौंतिर आउँदै गरेका दुई बस त्रिशूली नदीमा खसेका थिए । दुई बसमा ६५ जना सवार भएपनि तीमध्ये तीनजना बाँच्न सफल भएका थिए । दुर्घटनामा परेका मध्ये हालसम्म २४ शव फेला पारिएको छ । जसमध्ये १

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 320 पटक पढिएको
  • उपत्यकामा घटे दुर्घटनाका घटना

    काठमाडौँ- काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो।आर्थिक वर्ष २०७८/७९ मा १० हजार सात सय ३३ सवारी दुर्घटना हुँदा एक सय ९१ जनाको मृत्यु भएको थियो। आव २०७९/८० मा १० हजार छ सय ७५ दुर्घटना हुँदा एक सय ८७ को मृत्यु र गत आवमा आठ हजार आठ सय ८१ सवारी दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।उनका अनुसार गत आवमा एक सय २९ पुरुष र ४८ महिलाको मृत्यु भएको थियो। जनचेतनामूलक कार्यक्रम, सुरक्ष

    • प्रकाशित मितिः साउन १२, २०८१
    • 387 पटक पढिएको
  • वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण

    काठमाडौँ। वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण प्रवाह गर्नेगरी राष्ट्र बैंकले बिना धितो ऋण उपलब्ध गराउन आवश्यक व्यवस्था गरेको छ । शुक्रबार सार्वनिक चालु आर्थिक वर्षको मौद्रिक नीतिमा  वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमाबिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गरिएको हो । सरकारको आर्थिक् वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार राष्ट्र बैंकले सो व्यवस्था गरेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 480 पटक पढिएको
  • धोबीखोलाको बुद्धनगर-बबरमहल जोड्ने पुलमा आवागमन बन्द

    काठमाडौं- काठमाडौंको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किएपछि पुलबाट आवागमन बन्द गरिएको छ।केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौं महानगरपालिका–१० र वडा नं ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको हो ।पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको जनाएको छ।

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 285 पटक पढिएको
  • नवनियुक्त ६७ प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

    काठमाडौं–खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका ६७ जना प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकालले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार (हिजो) आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । २०८० कात्तिक ३ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८१ असार ९ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६७ र  खुलातर्फ २९ जना गरी कुल ९६ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका छन् । नेपाल सर

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 397 पटक पढिएको
  • विपद्‍जन्य घटनामा ज्यान गुमाउनेको संख्या १३३ पुग्यो, गण्डकीमा सबैभन्दा धेरै क्षति

    काठमाडौं–अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी १ सय ३३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ३३ जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३४ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 441 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा