सुनसरी / श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताएका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बिर्तामोड / महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–२ स्थित अत्तरा जाने बाटोमा माटोले पुरिएको अवस्थामा मानव कंकाल फेला परेको छ । होलीका लागि घर पोत्न माटो लिन गएका स्थानीयवासीले बिहीबार माटोले पुरेको अवस्थामा बोराभित्र मानव कंकाल फेला पारेका हुन् ।घटनास्थलमा पुगेका प्रहरी टोलीले माटो पन्छाएर खोजतलास गर्दा दुईवटा बोरामा मानव कंकाल फेला जनाएको छ । बोराभित्र राखेर माटोमा पुरिएको अवस्थामा फेला परेको कंकाल केही समयअघि बेपत्ता भएका महोत्तरीकै सोहडवा गाउँका ६५ वर्षीय मुसाफिर झा र ६० वर्षीय उनकी पत्नी गीतादेवी झाको परिवारलाई घटनास्थलमा बोलाएर कंकाल र कपडा देखाएपछि उनीहरुले ती कंकाल झा दम्पतीकै रहे
बिर्तामोड / झापाको बिर्तामोड –९ गरामनीका एक प्रसाईं परिवारले दिवंगत मातापिताको नाममा अक्षयकोष राखी सामाजिक सेवा कार्यको थालनी गरेका छन् ।अमेरिकामा बसोबास रहेका छोरा बुहारी नन्दिकेशर (नरेश) र सरिता प्रसाईंले पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरी रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानको स्थापना गराएका हुन् ।प्रतिष्ठान स्थापनाको घोषणा कार्यक्रममाझ आज पहिलो दिनमा नै सासू ससुरालाई खुब माया र सम्मान गर्ने तर श्रीमानबाट प्रताडित एक महिलालाई उत्कृष्ट बुहारीकारूपमा सम्मान गरिएको छ । बिर्तामोड ७ खालबाडीकी संगीता खबासलाई नगद ४ हजार रुपैयाँ पुरस्कार र सम्मान पत्र अर्पण गरिएको हो ।सो अवसरमा परिवारका
काठमाडौँ / देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनेसम्बन्धी परियोजनालाई १८ प्याकेज बनाएर सञ्चालन गरेको छ । उक्त प्याजेकअन्तर्गत फागुन मसान्तसम्ममा ७४ दशमलव ८९ प्रतिशत स्थानमा उच्च गतिको इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको हो ।तेह्र प्याकेजअन्तर्गत ५० जिल्लामा तोकिएबमोजिम स्थानमा जडान सम्पन्न भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए
झापा / पछिल्लो समय युवाहरु वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यमशीलतामा रमाउन थालेका छन् । मेचीनगर नगरपालिका–१० का ४१ वर्षीय विजय नेपाल त्यस्तै युवामध्येका एक हुन्, जसले खाडी मुलुक युएईको दुबईमा सात वर्ष बसेर फर्केपछि बाख्रापालन व्यवसाय गरिरहेका छन् ।उन्को ‘नेपाल कृषि फार्म’मा यतिबेला सय हाराहारीमा बोयर जातका बाख्रा हुर्किरहेका छन् । बाख्रापालनमा उनले एक करोड रुपैयाँ लगानी गरेमध्ये आधाचाहिँ वैदेशिक रोजगारीमा हुँदाको आर्जन नै हो । दश बिघा जमिन लिजमा लिएर दुई वर्षदेखि सञ्चालित फार्ममा छिटो हुर्किने बोयर प्रजातिका बाख्राको पाठापाठी उत्पादन गरी बेचिँदै आएको छ । उनको फार्ममा हाल १९ माउ बोयर ज
बिर्तामोड / राष्ट्रिय जनगणना २०७८ का लागि प्रदेश नं १ स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ । इलाम, पाँचथर, ताप्लेजुङ र झापाका गरी ८५ जनालाई प्रदेश नं १ कै भद्रपुर नगरपालिकास्थित कलबलगुडी प्रशिक्षण केन्द्रमा तालीम शुरु गरिएको हो । तालीममा झापाका ४३, इलाम, पाँचथर र ताप्लेजुङका ४२ उच्च मावि, माविका शिक्षक, स्थानीय तहका शिक्षा अधिकारीहरू र अन्य अधिकृतहरू सहभागी रहेको जिल्ला जनगणना कार्यालय चन्द्रगढीका प्रमुख चुडामणि लुइँटेलले बताए । तालीम संयोजक केन्द्रीय तथ्याङ्क विभागका निर्देशक तथा जनगणना २०७८ का राष्ट्रिय प्रशिक्षक ज्ञानेन्द्र बज्राचार्यसहित छ जना प्रशिक्षक रहेका छन् । उनले
मार्तडी / जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मङ्गलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।छोराछोरीको बाल पोषण भत्ताको खाता खोल्न भनी गाउँपालिकाको केन्द्र वाई सुइजिउला आएका ल्वार बेपत्ता भएका थिए । बेपत्ता ल्वारको विभिन्न ठाउँमा खोजी गरे पनि कतैबाट पत्ता नलागेको र खोजी गर्दै जाँदा दुई महिनापछि शव नदी किनारमा भेटिएको आफन्त राजेन्द्र विश्वकर्माले बताए ।स्वामीकार्तिकको हिमालयन बैंकमा खाता खोल्नका लागि घरबाट आएका ल्वार बेपत्ता
गुल्मी/ गुल्मीको रेसुङ्गा नगरपालिका–९ का बाबुराम पाण्डेयले विगत १० वर्षदेखि तम्घासमा व्यावसायिक च्याउखेती गर्दै आएका छन् । उनी तम्घासमा च्याउखेतीको व्यावसायिक उत्पादन गर्ने पहिलो व्यक्ति हुन् । उनले अहिले व्यासायिकरूपमा च्याउ उत्पादन र बजारीकरणको काम गरिरहेका छन् ।पाण्डेयले रेसुङ्गा–९ उपल्लो तम्घासमा रेसुङ्गा च्याउ उद्योगमार्फत २० लाख रुपैयाँको लगानी गरेर च्याउखेती गरेका छन् । अहिले पाण्डेयको फार्ममा च्याउ टिप्ने चटारो छ तर बजार अभावमा दैनिक सरदर तीन क्विन्टल उत्पादन हुने च्याउको व्यवस्थापन गर्न पाण्डेयलाई मुस्किल परिरहेको छ । “बजारको निकै समस्या छ, उत्पादन गरेपनि सोचेजस्तो बिक्री भएको छ
काठमाडौँ / जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमानको बुलेटिन जारी गर्ने गरेको छ । त्यसमा “नेपालमा फलानो÷फलानो प्रदेशको उच्च पहाडी क्षेत्रमा मौसम यस्तो हुनेछ र हिमाली क्षेत्रमा यस्तो हुनेछ”, भन्ने उल्लेख हुन्छ ।विभागको आजको बुलेटिन हेर्ने हो भने “आगामी २४ घण्टामा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ”, भनी सूचना जारी भएको छ । विभागका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वाय
बिराटनगर / झापा,मोरङ र उदयपुरको तिन छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापा मेचिनगर–६ का २० बर्षीय विवेक नेम्वाङ रहेका छन् । उनलाई पानीटंकीबाट नेपाल आउने क्रममा मेची पुलबाट १ ग्राम ७०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकँडभिट्टाले जनाएको छ ।यसै गरी मोरङ केराबारी–१० का २९ बर्षीय रण बहादुर राई १० के.जी. गाँजा सहित पक्राउ परेका छन । को १९ प ९४२ नम्बरको मोटरसाईकलमा सवार गरी आएका उनलाई चेकजाँचका क्रममा गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यसैगरी उदयपुर कटारी–१ बेलसोतब
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.