समाज

    Showing 6,631-6,640 of 11,065 items.
  • उपत्यकामा बिहानैदेखि वर्षा, जनजीवन प्रभावित

    काठमाडौं— पश्चिमी वायुको प्रभाव र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको कारण काठमाडौं उपत्यकामा बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ। लगातारको वर्षाले उपत्यकाको जनजीवन प्रभावित बनेको छ।मौसमविद्हरूका अनुसार यो मौसमी प्रणाली आज दिउँसोपछि क्रमशः कमजोर हुने अनुमान गरिएको छ। तर त्यसपछि बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव शनिबारसम्म नेपालमा पर्ने सम्भावना रहेको बताइएको छ।मौसमविद्हरूले वर्षाका कारण तापक्रम घट्ने र हवाई तथा सडक यातायातमा समेत असर पर्न सक्ने चेतावनी दिएका छन्।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 573 पटक पढिएको
  • तारकेश्वरमा लुटपाट गर्ने दुई जना पक्राउ

    काठमाडौं— काठमाडौंको तारकेश्वर नगरपालिका–५, गोलढुंगा फूलबारी गेट नजिक बुधबार राति भएको लुटपाट प्रकरणमा संलग्न दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–५ का २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुली दुधौली नगरपालिका–१० का २३ वर्षीय मनोज चौधरी रहेका छन्। बुधबार राति करिब ११ बजे बा ४२ प ४०६९ नम्बरको कालो पल्सर मोटरसाइकलमा आएका उनीहरूले धारिलो हतियार देखाएर एक युवकसँग रहेको ब्याग लुटेका थिए।घटना सम्बन्धि जानकारी पाएपछि डयुटीमा खटिएको प्रहरी टोलीले मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरी लुटिएको ब्याग पनि बरामद गरेको जनाएको छ।लुटिएको ब्यागमा केही नगद, ‘रोलेक

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 500 पटक पढिएको
  • जग्गा विवादका कारण महिलामाथि कुटपिट, नौ जना घाइते

    सर्लाही— सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरमा जग्गा विवादका कारण एक परिवारमाथि कुटपिट भएको छ। घटनामा नौ जना घाइते भएका छन्।स्थानीय बरण रायका छोरा राम दरेश रायको परिवारले बुधबार स्थानीय हृदय रायकी श्रीमती र छोरीमाथि आक्रमण गरेको पीडित पक्षले बताएको छ।पीडित हृदय रायका अनुसार उनीहरूको परिवारमाथि यसअघि पनि पटक–पटक आक्रमण भए पनि स्थानीय प्रशासनले कुनै कारबाही नगरेको गुनासो छ। घटनापछि प्रहरी चौकी भवानीपुरमा उजुरी दिन जाँदा प्रहरीले उजुरी लिन अस्वीकार गरेको र पछि इलाका प्रहरी कार्यालय बरहथवामा गए पनि उजुरी दर्ता नभएको पीडितको भनाइ छ ।घाइतेहरूको अहिले बरहथवा स्थित गोल्डेन हस्पिटलमा उपचार भइरहेको

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 622 पटक पढिएको
  • राष्ट्रियसभाबाट १९ सांसदको कार्यकाल समाप्त हुँदै, सबैभन्दा धेरै एमालेका

    काठमाडौं— आगामी फागुनदेखि राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल समाप्त हुँदैछ। तीमध्ये सबैभन्दा धेरै, आठ जना सांसद नेपाल कम्युनिस्ट पार्टी (एमाले) का रहेका छन्।संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार कार्यकाल सकिने सांसदहरूमा नेकपा (माओवादी केन्द्र) का सात, नेकपा (एमाले) का आठ, एकीकृत समाजवादीका एक, जनता समाजवादी पार्टी (जसपा) का एक, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक र राष्ट्रपतिबाट मनोनीत एक जना सांसद छन्।राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतम पनि यसपटक कार्यकाल समाप्त भई बिदा हुने सांसदमा परेका छन्।माओवादी केन्द्रबाट बिदा हुने सांसदहरूमा गोपीबहादुर सार्की अछामी, गङ्गाकुम

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 530 पटक पढिएको
  • विकासप्रति असन्तुष्टि जनाउँदै वडाध्यक्षद्वारा कार्यालयको साँचो बुझाए

    रोल्पा— थबाङ गाउँपालिका–२ की वडाध्यक्ष अभिलाषा रोका मगरले गाउँपालिकाको उदासीनताप्रति असन्तुष्टि जनाउँदै वडा कार्यालय बन्द गरेर गाउँपालिका कार्यालयलाई साँचो बुझाएकी छन्।विकास निर्माणका काममा पालिकाले चासो नदेखाएको आरोप लगाउँदै वडाध्यक्ष रोकामगरले यस्तो कदम चालेकी हुन्। उनीका अनुसार लामो समयदेखि अवरुद्ध ग्रामीण सडक सञ्चालनमा नआएको, केन्द्रीय विद्युत् प्रसारण लाइनको काममा ढिलाइ भइरहेको र समग्र विकास कार्यमा पालिकाले ध्यान नदिएको कारण उनले साँचो बुझाउने निर्णय लिएकी हुन्।‘गाउँपालिकाको नेतृत्वले समस्याप्रति चासो नदेखाएपछि बाध्य भएर कार्यालय बन्द गर्नुपर्‍यो,’ उनले भनिन्। माग पूरा नभए राजीनामा दिने

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 593 पटक पढिएको
  • नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं— आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ।दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। लिग–२ चक्रको यो ८८ औं खेल हो। एकदिवसीय अन्तर्राष्ट्रियमा कमजोर फर्ममा रहेका दुवैका दुई लागि यो खेल पुनरागमन गर्ने अवसरसमेत हो। यस त्रिकोणात्मक सिरिजमा दुबै एसियाली टोलीले अमेरिकासँग हार बेहोरिसकेका छन्।नेपालले पछिल्लो खेलमा अमेरिकासँग १०६ रनले लज्जास्पद हार बेहोरेको थियो।  यूएई पनि अमेरिकासँग ४ विकेटको हारपछि यस खेलका लागि प्रतिस्पर्धामा उत्रिन लागेको हो।नेपाल र यूएईले हालसम्म एक अर्काविरूद

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 491 पटक पढिएको
  • काठमाडौंबाट धनगढीका लागि छुटेको बस कपिलवस्तुमा दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

    काठमाडौं— काठमाडौंबाट धनगढीका लागि छुटेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना भएको छ । गएराति २ बजेतिर पैदलयात्रुले झुक्काउँदा कपिलबस्तु शिवराज नगरपालिका–१ बनकसबासमा बा.प्र. ०१–००६ ख ८५०६ नं.को बस दुर्घटना भएको हो ।बस अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने पैदलयात्री हुन् ।उनको पहिचान नखुलेको कपिलवस्तुका प्रहरी प्रमुख सन्तोष आचार्यले जानकारी दिए ।यस्तै, बसमा सवार १७ जना यात्रुमध्ये ५ जना घाइते भएका छन् ।उनीहरूको संजिवनी सामुदायिक अस्पताल, चन्द्रौटामा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य छ ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 640 पटक पढिएको
  • जीप दुर्घटनमा एक जनाको मृत्यु, चार घाइते

    बैतडी— जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए ।अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 662 पटक पढिएको
  • छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु, १० जना बेपत्ता

    काठमाडौं— भारतको पूर्वी राज्य बिहार र झारखण्डमा छठ पूजाको अवसरमा नुहाउन नदी तथा तलाउमा डुबुल्की मार्ने क्रममा कम्तीमा १३३ व्यक्तिको डुबेर मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।बिहारमा डुबेर १०८ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । छिमेकी मुलुक झारखण्डमा यसरी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ ।छठपर्व मनाउने क्रममा यी प्रदेशका विभिन्न जिल्लाका नदीनाला र अन्य जलाशयमा डुबेर मृत्यु भएको हो ।स्थानीय प्रशासनले बेपत्ताको खोजीका लागि विपद् व्यवस्थापन बलको टोलीहरू परिचालन गरेको जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार गोताखोर र प्रहरीको टोली खोजी तथा उद्धारमा संलग्न रहेको छ

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 592 पटक पढिएको
  • राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने

    काठमाडौं— सरकारले राष्ट्रिय सभा सदस्यका रिक्त पद पूर्तिका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले माघ ११ गते आइतबारका दिन निर्वाचन गराउने मिति तोकेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।सरकारका प्रवक्ता खरेलका अनुसार बैठकले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा संशोधन गर्ने निर्णय पनि गरेको छ। सो संशोधनमार्फत स्वकीय सचिवालयको दरबन्दी घटाइने भएको छ।त्यस्तै बैठकले कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट कार्यक्रममा स

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 507 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.