शिक्षा

    Showing 731-740 of 1,003 items.
  • कक्षा १२ को परीक्षामा चार लाख १५ परीक्षार्थी सहभागी , प्रश्नपत्र अनलाइनबाटै

    काठमाडौं  / सोमबारदेखि देशभर एकैसाथ सञ्चालन हुने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।  सोमबार बिहान ८ बजेदेखि जेठ २५ गतेसम्म परीक्षा सञ्चालन हुने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा शर्माले देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने बताए । परीक्षाको प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 182 पटक पढिएको
  • कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि असार ३ सम्म सञ्चालन हुने

    काठमाडौं / कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस)  शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो । यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो ।ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले परीक्षा अवधिमा सार्वजनिक बिदाका दिनबाहेक अन्य दिन दैनिक तीन सिफ्टमा छ सय जनाको दरले परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए ।  

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 181 पटक पढिएको
  • काठमाडौं विश्वविद्यालयका एक हजार ७१२ विद्यार्थी दीक्षित हुँदै

    काठमाडौँ / काठमाडौँ विश्वविद्यालयका २७औं दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन् ।आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् । कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन् ।दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको प्रतिशत ६०.२८ (१०३२ जना) र महिलाको प्रतिशत ३९.७२ (६८०) रहेको छ । दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलङ्का, माल्दिभ्स, अम

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 180 पटक पढिएको
  • अधिकांश कन्सल्टेन्सी गैरकानुनी रुपमा सञ्चालन गरिदै

    काठमाडौं / नेपालमा अहिले सञ्चालनमा रहेका अधिकांश कन्सल्टेन्सी दर्ता बिना नै गैरकानुनी रुपमा सञ्चालन भइरहेको पाइएको छ । केही शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) गैरकानुनी बाटोबाट सञ्चालनमा रहेको र केही भने नवीकरण बिना नै सञ्चालनमा रहेको पाइएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका अनुसार दर्ता भएका कन्सल्टेन्सीको संख्या १ हजार ४ सय ७० मात्र रहेका छन् । काठमाडौं उपत्यकामा मात्रै करिब ३ हजार बढी कन्सल्टेन्सी रहेका छन् । शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा दर्ता भएर सञ्चालन भएका कन्सल्टेन्सी मध्येपनि २०७५ साउन २४ य

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 221 पटक पढिएको
  • धरानको ब्लूमिङ लोटस स्कुलका तत्कालीन प्रिन्सिपल बलात्कारको आरोपमा पक्राउ

    धरान / बलात्कारको आरोप लागेका धरानको ब्लूमिङ लोटस इंग्लिस स्कुलका प्रिन्सिपललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल ३६ वर्षीय राजकुमार खड्कालाई सीआईबीले पक्राउ गरेको हो । टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएका खड्कालाई पक्राउ गरी सुनसरी प्रहरीमा बुझाउन लगिएको सीआईबीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले बताए ।खड्काले १३ साउन २०७४ मा ती छात्रालाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर बलात्कार गरेको आरोप लागेको छ । बलात्कार गरेको कुरा कसैलाई सुनाए स्कुलबाट

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 209 पटक पढिएको
  • छापिएका किताब तत्काल विद्यालयमा पुर्‍याउन निर्देशन

    काठमाडौँ /  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हालसम्म छापिएका पाठ्यपुस्तक तत्काल विद्यालयहरूमा पुर्याउन सरकारलाई निर्देशन दिएको छ ।सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अहिलेसम्म छापिएका पाठ्यपुस्तक तत्काल विद्यालयहरूमा पुर्याउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले छाप्न बाँकी कामलाई तुरुन्त अघि बढाइ एक महिनाभित्र छापेर सबै विद्यालयमा पुर्याउन पनि निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिइन् । उनले पाठ्यपुस्तक नपाउने समस्याको दीर्घकालीन समाधान खोज्न सुझाव दिनुभयो भने पाठ्यपुस्तक बितरणको जिम्मा स्थानीय तहलाई दिनुपर्ने सुझाव दिइन् ।बैठकमा स

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 181 पटक पढिएको
  • विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

    काठमाडौँ  / विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ परेका छन्।मंगलबार तीन जना विद्यार्थीले उजुरी दिएपछि शिक्षकलाई पक्राउ गरिएको प्रहरी वृत्त कार्यालय गौशालाले जानकारी दिएको छ।कलेजका संयोजक समेत रहेका सामाजिक शिक्षक जनार्दन अधिकारीले लगातार तीन महिनासम्म यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि मंगलबार बिहान सबै विद्यार्थीहरूले कलेज परिसरमा नाराबाजी समेत गरेका थिए। विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।कलेज प्रशासनले उक्त घटनाबारे जानकारी पाउने वित्तिकै आरोपित शिक्षक अधिकारीलाई कलेजबाट निष्काशन गरेको कलेजक

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 217 पटक पढिएको
  • निमावि तह शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो

    झापा / शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ ।आयोगले सोमबार सूचना प्रकाशित गर्दै असार ७ गतेसम्म अनलाइन दरखास्त दिन सकिने जनाएको छ । दोब्बर दस्तुर तिरेर १४ सम्म आवेदन दिन सकिने छ ।अनलाइनमार्फत आवेदन पेस गर्दा तोकिएको दस्तुरसहित नागरिकताको प्रमाणपत्र, फोटो, दस्तखत नमूना, न्यूनतम शैक्षिक योग्यताको लब्धांक पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।आयोगले सूचनामा परीक्षा साउन २८ गते बिहान ८ बजे तोकेको छ ।

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 193 पटक पढिएको
  • प्रावि तह शिक्षकको नतिजा सार्वजनिक, कुन प्रदेशमा कति भए उत्तीर्ण ?

    झापा / शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ। शिक्षकको नयाँ पदपूर्तिको लागि चैत्र १९ गते परीक्षा सञ्चालन गरेको प्रतियोगितात्मक (सामान्य) परीक्षाको नतिजा सार्वजनिक गरेको हो।१३ हजार २९७ रिक्त पदका लागि सञ्चालन गरेको परीक्षा १ लाख २ हजार ६५८ सहभागी मध्ये १९ हजार ३८५ जना उत्तीर्ण भएका छन् ।आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ मा २१ हजार ४६६ जना सहभागी मध्ये ४ हजार २४७ जना, मधेश प्रदेशमा १० हजार १०९ जना सहभागी मध्ये ९५२ जना, बागमती प्रदेशमा १७ हजार २२३ जना मध्ये ३ हजार ७८९ जना उत्तीर्ण भएका हुन् । यसैगरी गण्डकी प्रदेश १५ हजार ७९७ सहभागी मध्ये ३ हजार ६०६ जना, लुम्बिनी

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 195 पटक पढिएको
  • आजबाट ६ दिन विद्यालय बन्द

    झापा / स्थानीय तह निर्वाचनका लागि आज (बुधबार) बाट ६ दिन विद्यालयहरू बन्द हुने भएका छन्। सरकारले वैशाख ३० गते मात्रै बिदा दिने निर्णय गरेपनि धेरैजसो सामुदायिक विद्यालयहरूमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरू निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरू बन्द गरिएको हो ।यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिएको थियो ।वैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेकाले

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 214 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.