-देवेन्द्र के. ढुङगाना दक्षिण एसियाली भूराजनीतिमा नेपाल सधैं संवेदनशील qस्थानमा रहँदै आएको छ। दुई ठूला शक्ति भारत र चीन बीच अवस्थित नेपालले ऐतिहासिक रूपमा सन्तुलनकारी कूटनीति अपनाउँदै आएको छ। तर पछिल्लो समय तेस्रो शक्ति संयुक्त राज्य अमेरिकाको सक्रियताले यो सन्तुलनमा नयाँ आयाम थपेको देखिन्छ। यही सन्दर्भमा अमेरिकी सहायक विदेशमन्त्री एस. पावल कपुरको नेपाल भ्रमणलाई केवल नियमित कूटनीतिक गतिविधिका रूपमा मात्र हेर्न मिल्दैन; यसले व्यापक रणनीतिक सन्देशहरू बोकेको छ।नेपालमा बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै भएको यो उच्चस्तरीय भ्रमणले शक्ति प्रतिस्पर्धाको नयाँ चरण संकेत गरेको छ। परम्परागत रूपमा
-देवेन्द्र के. ढुङगाना नेपालको समकालीन राजनीतिमा आकस्मिक उदय र उतार दुवैका प्रतिनिधि पात्र बनेका सुधन गुरुङ को गृहमन्त्री पदबाट भएको राजीनामा केवल व्यक्तिगत निर्णय मात्र होइन, यसले समग्र शासन प्रणाली, राजनीतिक नैतिकता र जनविश्वासको अवस्थालाई पुनः बहसको केन्द्रमा ल्याएको छ। जेन–जी आन्दोलनको उर्जाबाट राजनीतिमा प्रवेश गरेका उनी सत्ताको केन्द्रमा पुग्न सफल भए, तर त्यही तीव्र गतिले उनी विवादको भुमरीमा फस्दै बाहिरिन पनि बाध्य भए।सुरुवातमै उनको नियुक्ति नै अस्वाभाविक र अप्रत्याशित थियो। रवि लामिछाने नेतृत्वको पार्टीभित्रै अन्य विकल्प हुँदाहुँदै गुरुङलाई गृहमन्त्री बनाइनु, र त्यसमा बालेन्द्र शाहक
कविता : “माटोको मौन विद्रोह” देवेन्द्र किशोर ढुङगाना मेरो देश अझै रोइरहेको छ—धुवाँले ढाकिएको आकाशमुनिरगतले लेखिएको इतिहास बोकेर,जहाँ सत्य बोल्ने ओठहरूडरको सिँजाइँले सुकाइएका छन्।स्वार्थका सिँढी चढेरशक्ति खोज्ने हातहरूलेजनताको भविष्यलाई किनबेच गरिरहेका छन्,र माटो—त्यो निर्दोष माटो—अहिले पनिमौन छ,तर त्यो मौनता भित्र आँधीलुकेको छ।देश जलाउनेहरूदेशकै ठेकेदार बनेरराष्ट्रियता नापिरहेका छन्विदेशी आँखाको नापमा,आफ्नै पहिचानलाईदाऊमा राखेरअर्काको तालमा नाचिरहेका छन्।हामीले देख्यौँ—हिजोको उज्यालो सपना बोकेका विद्यार्थीहरूआज अधिकार खोज्दाउनिहरुका आवाज बन्द गरिएका छन्,उनका किताबहरू भ
-देवेन्द्र किशोर ढुङगाना नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र अझैसम्म संरचनागत समस्याहरूको जालोमा अल्झिएको छ। कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढी नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेशामा आबद्ध हुँदा पनि यस क्षेत्रले अपेक्षित उत्पादन, उत्पादकत्व र बजार प्रतिस्पर्धा हासिल गर्न सकेको छैन। यसको एउटा केन्द्रीय कारण हो—रासायनिक मलको अभाव र त्यसमा रहेको चरम बाह्य निर्भरता नै हो । हालै देखिएको अन्तर्राष्ट्रिय द्वन्द्व र आपूर्ति अवरोधले यो समस्या झनै चर्को रूपमा सतहमा ल्याएको छ।सरकारले यस आर्थिक वर्षमा ५ लाख ५० हजार मेट्रिक टन रासायनिक मल आपूर्ति गर्ने लक्ष्य राखेको भए पनि आपूर
- देवेन्द्र के. ढुङ गाना सरकारले प्रशासनिक सुधारको नाममा सरकारी कर्मचारीलाई महिनामा दुई पटक तलब वितरण गर्ने नयाँ व्यवस्था लागू गर्ने घोषणा गरेपछि यसको औचित्य, प्रभाव र वास्तविक उद्देश्यबारे व्यापक बहस सुरु भएको छ। सतहमा हेर्दा यो निर्णय आधुनिक वित्तीय व्यवस्थापनको अभ्यास जस्तो देखिन्छ—कर्मचारीलाई सहजता, बजारमा तरलता र आर्थिक गतिविधिमा गतिशीलता ल्याउने दाबी गरिएको छ। तर यथार्थको धरातलमा उभिएर हेर्दा यो कदम सुधारभन्दा बढी ‘दृश्य निर्माण’ जस्तो देखिन्छ, जसले मूल समस्याबाट ध्यान मोड्ने प्रयास गरेको छ।यो निर्णयले उठाएको सबैभन्दा गम्भीर प्रश्न भनेको राज्यभित्रकै विभेद हो। एकातिर निजामती कर्मचार
- देवेन्द्र के. ढुङगाना सरकारले प्रशासनिक सुधारको नाममा सरकारी कर्मचारीलाई महिनामा दुई पटक तलब वितरण गर्ने नयाँ व्यवस्था लागू गर्ने घोषणा गरेपछि यसको औचित्य, प्रभाव र वास्तविक उद्देश्यबारे व्यापक बहस सुरु भएको छ। सतहमा हेर्दा यो निर्णय आधुनिक वित्तीय व्यवस्थापनको अभ्यास जस्तो देखिन्छ—कर्मचारीलाई सहजता, बजारमा तरलता र आर्थिक गतिविधिमा गतिशीलता ल्याउने दाबी गरिएको छ। तर यथार्थको धरातलमा उभिएर हेर्दा यो कदम सुधारभन्दा बढी ‘दृश्य निर्माण’ जस्तो देखिन्छ, जसले मूल समस्याबाट ध्यान मोड्ने प्रयास गरेको छ।यो निर्णयले उठाएको सबैभन्दा गम्भीर प्रश्न भनेको राज्यभित्रकै विभेद हो। एकातिर निजामती कर्मचारी
-देवेन्द्र किशोर ढुङगाना नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र अझैसम्म संरचनागत समस्याहरूको जालोमा अल्झिएको छ। कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढी नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेशामा आबद्ध हुँदा पनि यस क्षेत्रले अपेक्षित उत्पादन, उत्पादकत्व र बजार प्रतिस्पर्धा हासिल गर्न सकेको छैन। यसको एउटा केन्द्रीय कारण हो—रासायनिक मलको अभाव र त्यसमा रहेको चरम बाह्य निर्भरता नै हो । हालै देखिएको अन्तर्राष्ट्रिय द्वन्द्व र आपूर्ति अवरोधले यो समस्या झनै चर्को रूपमा सतहमा ल्याएको छ।सरकारले यस आर्थिक वर्षमा ५ लाख ५० हजार मेट्रिक टन रासायनिक मल आपूर्ति गर्ने लक्ष्य राखेको भए पनि आपूर
- देवेन्द्र किशोर ढुङगाना नेपालको समकालीन राजनीति फेरि एकपटक विवाद, अविश्वास र शक्ति संघर्षको चक्रमा प्रवेश गरेको देखिन्छ। राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो अभिव्यक्तिमार्फत वर्तमान सरकारमाथि गम्भीर प्रश्न उठाएको छ। विशेषतः उनले पार्टीभित्रको अनुशासन, सरकारको कार्यशैली, र लोकतान्त्रिक गणतन्त्रको भविष्यबारे व्यक्त गरेको धारणा अहिलेको राजनीतिक विमर्शको केन्द्रमा पुगेको छ।लिङ्देनको अभिव्यक्तिमा दुई तहका सन्देश स्पष्ट देखिन्छन्—एकातिर आन्तरिक पार्टी सुदृढीकरणको प्रयास, अर्कोतिर वर्तमान सत्ता संरचनाप्रति कडा आलोचना हो । उनले पार्टीभित्रै बसेर पार्टील
- देवेन्द्रकिशोर ढुङगाना नेपालमा मिलेनियम चैलेंज कारपोरेशन (एमसीसी) सम्बन्धी बहस केवल विकास परियोजनामा सीमित छैन; यसले देशको भूराजनीतिक अवस्थिति, शक्ति सन्तुलन र आन्तरिक राजनीतिक दिशा निर्धारणमा गहिरो प्रभाव पारेको छ। अमेरिकाले आवश्यक परे कम्प्याक्टको अवधि एक वर्षसम्म थप्न सकिने कानुनी व्यवस्था ल्याउनु यसै सन्दर्भमा महत्वपूर्ण संकेत हो। डोनाल्ड ट्रम्प द्वारा अनुमोदित यस प्रावधानले अमेरिकाको दीर्घकालीन रणनीतिक सोच र नेपालप्रतिको स्थायित्वपूर्ण चासो झल्काउँछ।एमसीसीलाई नेपालमा दुई फरक दृष्टिकोणबाट हेरिएको छ। एक पक्षले यसलाई ऊर्जा पूर्वाधार विकास, आर्थिक वृद्धि र क्षेत्रीय ऊर्जा व्यापारको अवस
-देवेन्द्र किशोर ढुङगाना वीरगञ्ज महानगरपालिकामा पछिल्लो समय देखिएको संघीय सरकार र स्थानीय तहबीचको टकराव केवल प्रशासनिक असहमति मात्र होइन, यो नेपालको संघीय संरचना कार्यान्वयनको वास्तविक अवस्थाको ऐना बनेको छ। सहसचिव रेशमलाल कंडेल लाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर नगराउने विषयले उत्पन्न विवाद अन्ततः महानगरको आर्थिक तथा प्रशासनिक अधिकार नै रोक्का हुने निर्णयसम्म पुग्नुले स्थिति गम्भीर भएको आभाष दिन्छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लिएको निर्णय कानुनी आधारमा दृढ देखिए पनि यसको कार्यान्वयन शैलीले राजनीतिक सन्देश बढी दिएको देखिन्छ। सहसचिव स्तरको कर्मचारी प्रमुख
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.