एजेन्सी //१ सय मिटरको एउटा दौड जसका स्वर्ण ,रजक र कास्य अरु देशले पाउन सकेनन्। 

जारी  ओलम्पिकमा सय मिटर दौडमा  तिन वटै पदक जमैकाले पाएको छ। 

इलानी थम्पसन हेराले आफ्नै देशकी सेली एन फ्रासर प्राइसलाई पछि पार्दै ओलम्पिकमा १ सय मिटर दौडको स्वर्ण जितेकी छिन् ।

२९ वर्षीया थम्पसनले  १० दशमलव ६१ सेकेन्डमा दौड पूरा गरिन् । 

जमैकाकी यी धाविकाले २०१६ को रियो ओलम्पिकमा पनि यो स्वर्ण जितेकी थिइन् ।  १ सय मिटरतर्फको विश्व कीर्तिमान नजिक पुगे पनि उनी त्यसलाई बराबरी गर्न भने ० दशमलव १२ सेकेन्डले चुकेकी थिइन् ।

 १ सय मिटरतर्फ ओलम्पिकमा जमैकाकै सेरिका ज्याक्सनले कास्य जितिन् । 

रजत विजेता प्राइसभन्दा उनी केवल ० दशमलव ०२ सेकेन्डले पछि थिइन् । प्राइसले १० दशमलव ७६ सेकेन्डमा दौड पुरा गरिन् ।