काठमाडौँ/ नेपाली कांग्रेसले पुस ६ गते बुधबार संसदीय दलको चुनाव गर्ने गरी तयारी थालेको छ।
निर्वाचन समितिका संयोजकसमेत रहेका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले बुधबार चुनाव गर्ने गरी तयारी भइरहेको जानकारी दिएका छन्।
बुधबार संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने तयारी भइरहेको छ। बुधबार बिहान ८ बजेदेखि सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा निर्वाचन गर्ने गरी तयारी गरिएको हो।
संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र नेता शेखर कोइराला उम्मेदवार हुने सम्भावना छ। तर कोइराला र थापा १४ औं महाधिवेशनमा एकै समूहमा रहेकोले उनीहरूबीच सहमति गरी एक जना उम्मेदवार हुनुपर्ने उक्त समूहभित्र माग छ।






































