धनगढी : पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल धनगढी आइपुगेका छन्। खनाल पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि मंगलबार ​सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढी आइपुगेका हुन्।

सोमबार सुरु भएको प्रशिक्षण भोलि सकिनेछ। पार्टीका अध्यक्ष माधव नेपाल भने प्रशिक्षण दिएर काठमाडौं फर्किसकेका छन्।

पार्टीका केन्द्रीय कमिटी सदस्य र ९ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवलाई प्रशिक्षण दिइँदै छ।

बुधबार प्रशिक्षणका लागि घनश्याम भुसाल आउने बताइएको छ।