काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ। 

एमाले नयाँ सत्ता समीकरण लगायतका विषयमा छलफलका लागि आज सचिवालय बैठक बोलाएको थियो। तर बैठक बुधबारसम्मका लागि बैठक सारिएको केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले बताए। 

उनका अनुसार बैठक यही असार २६ गते बिहान  ११ बजे बस्नेछ। 

गत असार १७ गते एमाले–कांग्रेसबीच नयाँ सत्ता समीकरण अनुसार अघि बढ्ने निर्णय गरेसँगै एमालेले त्यसबारे पार्टीमा निरन्तर छलफल गर्दै आइरहेको छ।

असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्। त्यसपछि नयाँ सरकार बनाउने तयारीमा रहेको एमालेले त्यसअघि नै सरकारमा सामेल मन्त्रीहरु टुंगो लगाउने तयारी गरेको हो।