काठमाडौं- नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रालय भागबन्डा टुङ्गो लगाएका छन्।  दुवै दलका शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिने गरी सहमति बनेको हो। 

जसअनुसार, एमालेले अर्थ, भौतिक योजना, सञ्चार, शिक्षा, उद्योग, सामान्य प्रशासन र भूमिसुधार मन्त्रालयको नेतृत्व गर्नेछ।  त्यस्तै, कांग्रेसको भागमा गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, कृषि र वन मन्त्रालय परेका छन्। कुन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे दुवै दलमा आन्तरिक गृहकार्य चलिरहेको छ।

एमालेले उपप्रधानसहित उपाध्यक्ष विष्णु पौडेललाई अर्थमन्त्री बनाउने भएको छ भने कांग्रेसले उपप्रधानमन्त्री दिएर प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने छ। गृहमा भने प्रमुख सचेतक समेत रहेका रमेश लेखकलाई पठाउने तयारी भएको कांग्रेसका नेताहरूले बताएका छन्। 

एमालेको भागमा परेका मन्त्रालय :

अर्थ मन्त्रालय

भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालय

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

शिक्षा मन्त्रालय

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

भूमिसुधार मन्त्रालय

कांग्रेसको भागमा परेका मन्त्रालयः

कांग्रेसको भागमा परेका मन्त्रालयः

गृह मन्त्रालय

रक्षा मन्त्रालय

परराष्ट्र मन्त्रालय

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

सहरी विकास मन्त्रालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्तालय

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

वन तथा वातावरण मन्त्रालय