काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।
थपिएका तीन राज्य मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीबाट एकजना र नेपाली कांग्रेसबाट दुई जना रहेका छन्। नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका छन्।
यसैगरी नेपाली कांग्रेसका रुपा विक वन तथा वातावरण राज्यमन्त्री, पूर्णबहादुर तामाङ ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री बनेका छन्। उनीहरूलाई प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राज्यमन्त्री नियुक्त गरेका हुन्।






































