काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाएको छ।

गत असार २० गते महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गरेको भए पनि बाँकी पदाधिकारी चयन गर्न बाँकी थियो।

पार्टीको निर्वाचन आयोग अध्यक्ष माधव पौडेलले सोमबार निर्वाचन कार्यक्रम कार्यतालिका पनि जारी गरिसकेका छन्। 

यस्तो छ निर्वाचन कार्यक्रम कार्यतालिका: