काठमाण्डौ  ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अबको राजसस्था परिमार्जित र परिकल्पना मौलिक प्रक्रीतिको हुने बताएका छन।

राजसस्था बारे लिन्देन यसो भन्छन, 'राजसंस्थाको जुन परिकल्पना गरेको छौं, त्यो पूर्णरुपले परिमार्जित राजसंस्था र मौलिक प्रकृतिको हुनेछ । राजसंस्था उत्तराधिकार सम्बन्धी संवैधानिक निकाय हुनेछ । उसले राजसंस्थाको उत्तराधिकारी निर्धारण गर्छ । त्यो जेठो छोरो हुन्छ कि, जेठी छोरी हुन्छ अथवा त्यही परिवारको अर्को सदस्य हुन्छ । त्यो उत्तराधिकार सम्बन्धी काम गर्ने संवैधानिक निकायले निर्णय गर्छ ।'