काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार आईजीपी कार्कीसँगै प्रहरी उपरीक्षक ९एसपी० धर्मराज भण्डारी पनि सम्मेलनमा सहभागी हुन बैंकक गएका छन्।प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक ९एआईजी०हरूले आईजीपी कार्कीलाई औपचारिक बिदाइ गरेका थिए।
उक्त सम्मेलनमा क्षेत्रीय सुरक्षा, अन्तरदेशीय अपराध नियन्त्रण, सूचना आदान–प्रदान तथा अन्तर्राष्ट्रिय प्रहरी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।




































