आर्थिक

    Showing 3,701-3,710 of 4,499 items.
  • प्रदेश एक कै ठुलो जलविद्युत आयोजना माथिल्लो अरुण निर्माण हुँदै

    बिर्तामोड / १०६१ मेगावाट विजुली उत्पादनको क्षमता भएको प्रदेश एक कै ठुलो जलविद्युत आयोजनाको रुपमा रहेको माथिल्लो अरुण जलविद्युत आयोजनाको निर्माण बैंक तथा वित्तिय संस्थाको लगानीमा अगाडि बढ्ने भएको छ । लागत र समय नबढ्ने विश्वसनीय आधार भए बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएसँगै सङ्खुवासभामा निर्माण हुन लागेको सो आयोजना प्रदेश कै ठुलो आयोजनाको रुपमा निर्माण हुने भएको हो ।सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय वाणिज्य, कृषि र नेपाल गरि तीनवटा सरकारी बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनएमबि, नबिल, नेपाल इन्भेष्टमेन्ट, हिमालयन बैकसँग कम्पनी नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी हाइड्रोइलेक्ट्रि

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 113 पटक पढिएको
  • जहाज किन्न धुलिखेल माउन्टेन रिर्सोट बेच्दै भट्ट

    बिर्तामोड / घाटामा गएपछि एक दशक देखि बन्द भएको बीबी एयरवेजले होटल बेचेर पुनः उडान भर्ने भएको छ ।कम्पनीका अध्यक्ष भवन भट्टका अनुसार बीबीले धुलिखेल माउन्टेन रिर्सोट (डीएमआर) बेचेर पुनः उडान भर्ने काम सुरु गर्न लागेको हो । कम्पनीले डेढ अर्ब रुपैयाँ लगानी थपी दुईवटा एयरबस –३२० जहाज लिजमा लिएर सेप्टेम्बरबाट पुनः उडान सुरु गर्ने भट्टले बताए । भट्टका अनुसार हेटौंडामा रहेको स्टार बियर उत्पादन गर्ने नेपाल ब्रुहरीज पनि बेचेर एयरवेजमै लगानी गरिने छ । लाइसेन्स लिएर बीबीले सन् २०१२ सेप्टेम्बर १३ देखि सेवा सुरु गरेको थियो । तर सोचे जस्तो फाइदा नभएपछि निरन्तर गर्न नसकेको अध्यक्ष भट्टराईले बताए

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 142 पटक पढिएको
  • तरलता हल गर्न आज पुन: ३२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी

    बिर्तामोड / नेपाल राष्ट्र बैंकले चैत २१ गते अर्थात् आज सोमबार पुनः ३२ अर्ब २० करोड रुपियाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही चैत १४ गते पनि राष्ट्र बैंकले २२ अर्बको ट्रेजरी बिल बिक्री गरेको थियो ।राष्ट्र बैंकका अनुसार जारी मिति चैत २२ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको नौ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 149 पटक पढिएको
  • गोल्डम्यान इन्भेष्टमेन्टमाथि सिआइबीकाे छानविन

    बिर्तामोड / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गोल्डम्यान इन्भेष्टमेन्टमाथि छानबिन गरेको छ । गोल्डम्यान इन्भेष्टमेन्टले ठगी गरेको भन्दै नेपाल धितोपत्र बोर्डले सिआइबीलाई पत्राचार गरेपछि सिआइबीले छानबिन थालेको हो । धितोपत्र बोर्डले गोल्डम्यानले ठगि गरेको भन्दै छानबिनको माग गर्दै केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको थियो । बोर्डको पत्राचार पछि ब्युरोले छानबिन सुरु गरेको सिआइबीका निर्देशक प्रहरी अतिरिक्त महानिर्देशक धीरजप्रताप सिंहले जानकारी दिए । जनता समाजवादीका अध्यक्ष दीपेन्द्र अग्रवाल अध्यक्ष रहेको उक्त गोल्डम्यानको गत पुषमा मात्रै उद्घाटन भएको थियो ।&n

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 124 पटक पढिएको
  • सुनको मूल्य घट्यो

    बिर्तामोड /  साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।शुक्रबार ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज आइतबार ४ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार ३ सय ६० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 123 पटक पढिएको
  • पछिल्लो आठ महिनामा कागजजन्य बस्तुको निर्यात १६३ दशमलव ४३ प्रतिशतले वृद्धि

    काठमाडौँ /  चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा नेपालमा उत्पादित कागज तथा कागजजन्य बस्तुको निर्यात एक सय ६३ दशमलव ४३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ को साउनदेखि फागुन सम्ममा नेपालमा उत्पादित कागज तथा कागजजन्य बस्तुको निर्यात एक सय ६३ दशमलव ४३ प्रतिशतले बढेका हो । निकासी तथा प्रर्वद्धन केन्द्रको तथ्याङ्क अनुसार गत वर्ष सोही अवधिमा ३९ करोड एक लाखको कागज निर्यात भएको थियो भने पछिल्लो आठ महिनामा नेपालबाट एक अर्ब छ करोड ६६ लाख ६५ हजारको कागज तथा कागज जन्य बस्तुको निर्यात भएको छ । सबैभन्दा बढी कागज भारतमा निर्यात भएको छ । पछिल्लो आठ महि

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 130 पटक पढिएको
  • ५० करोडको लगानीमा दिवाकर राठीले खोले रिसाइकल उद्योग

    विराटनगर / कोरोनाको कारण नेपालको अर्थतन्त्र थलिएको बेला विराटनगरका उद्यमी दिवाकर राठीले ५० करोडको लगानीमा जेमिन रिसाइकल इन्डस्ट्रिज सञ्चालनमा ल्याएका छन् । विगत १० वर्षदेखि ग्रीन प्लाई उद्योग सञ्चालन गरिरहेका राठीले कवाडी प्लास्टिक र पुराना लिड ब्याट्रीको रिसाइकल गरेर प्लास्थिक दाना र लिड बनाउने उद्योग सञ्चालनमा ल्याएका हुन् । मोरङको बुढीगंगा गाउँपालिका –५ स्थित हात्तीमुढामा तीन बिघा क्षेत्रफलमा बनाएको उद्योगमा दैनिक १५ टन भन्दा बढी पुराना प्लास्टिक रिसाइकल गरेर दाना उत्पादन गर्न सकिने उद्योगी राठीले बताए । राठिका अनुसार उद्योगमा प्लास्टिकका पुराना सामानबाट दानाको उत्पादन गरि दा

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 157 पटक पढिएको
  • मोदी र देउवाले गरे रु पे कार्ड र सोलु करिडोरको उद्घाटन

    काठमाडौँ  / प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रु पे कार्ड र सोलु करिडोर प्रसारण लाइन आयोजनाको उद्घाटन गरेका छन् । भारत भ्रमणका क्रममा रहेका देउवा र भारतका प्रधानमन्त्री मोदीले संयुक्त रुपमा विश्वव्यापी भुक्तानी कार्ड र सोलु करिडोरको उद्घाटन गरेका हुन् । भारतको ‘नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)’ मा आबद्ध भएको  ‘रुपे’ भारत आफैँले विकास गरेको हो ।‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै उक्त कार्ड भारतका बैंकहरूले चलाउन थालेका छन् । त्यस कार्डलाई अब नेपालको बैंकसँग पनि जोड्न सकिने भएको छ  ।७० करोड भारतीयले प्रयोग गर्ने दावी

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 124 पटक पढिएको
  • व्यवसायी आन्दोलित : बजारमा ग्याँस र पेट्रोलियम पदार्थको अभाव

    बिर्तामोड / खाना पकाउने एलपी ग्यासको बजारमा हाहाकार भईरहेका बेला पेट्रोलियम पदार्थ डिजेल , पेट्रोल र मट्टितेलको पनि अभाव सुरु भएको छ । सरकारसँग ढुवानी भाडा र कमिसन वृद्धिको माग राखी आन्दोलन गरिरहेका उद्योगी तथा व्यवसायीले आज शुक्रबारबाट इन्धन लोड–अनलोड बन्द गरेपछि बजारमा अभाव देखिन थालेको हो ।यसअघि नै गत फाल्गुण अन्तिम साताबाट ग्यास उद्योगी र व्यवसायी आन्दोलनमा उत्रिएपछि बजारमा खाना पकाउने ग्यासको अभाव सुरु भएको थियो । ग्यास आयात र उद्योगले बिक्री बन्द गरेपछि अभाव झेलिरहेका उपभोक्ताले व्यवसायीको आन्दोलनका कारण अब डिजेल र पेट्रोल लगायतका पेट्रोलियम पदार्थको पनि अभाव झेल्नुपर्ने भएको छ ।सरकार पे

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 183 पटक पढिएको
  • बिर्तामोडमा तीन दिने उद्यमशील तालिम

    बिर्तामोड / झापाको बिर्तामोडमा ड्रिम्स वर्ल्ड इन्टरटेण्टमेन्ट प्रालिले युवा लक्षित उद्यमशील तालिम ‘उर्जा–द ट्रेनिङ फर इन्टरप्रेनरशिप’ सञ्चालन गर्ने भएको छ ।तालिम आयोजक संस्था ड्रिम्स वल्र्डले बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी युवा पुस्तालाई उद्यमशीलता तर्फ आकर्षित गर्न तीन दिने तालिम आयोजना गरिएको जनाएको छ ।पत्रकार सम्मेलनमा बोल्दै आयोजक कम्पनीका प्रबन्ध निर्देशक प्रनित पुडासैनीले युवा पुस्ता उद्यमशीलता तर्फ आकर्षित देखिन थालेकाले तालिम आयोजना गरिएको बताएका छन् ।व्यवसायी तथा नायक सन्जोक कोइराला, मोटिभेसनल स्पीकर रोहित मल्ल, सामाजिक उद्यमी प्रकृति मैनालीले सहजीकरण गर्ने तालिममा काठमाण्डौ

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 243 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.