मनोरञ्जन

    Showing 781-790 of 2,859 items.
  • अफवाह फैलाउनुको साटो कानूनी उपचार खोज्नू : फ्लाई नेपा ट्राभल्स

    अमेरिकामा आयोजना गरिएको ‘अब गाउँछ अमेरिका’ कार्यक्रममा उत्पन्न विवादका बीच फ्लाई नेपा ट्राभल्सले गायिका एलिना चौहानले करारका सर्त उल्लङ्घन गरेको आरोप लगाएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै चौहानले गलत जानकारी र अफवाह नफैलाउन आग्रह गरेको छ।विज्ञप्तिमा भनिएको छ, ‘यदि अन्यायमा परेको महसुस भएको छ भने उहाँले कानुनी बाटो अपनाउन सक्नुहुन्छ। तर, सार्वजनिक रूपमा अनावश्यक अफवाह फैलाउनु अनुचित छ।’फ्लाई नेपाका अनुसार चौहानसँग कार्यक्रमअन्तर्गत करार भएको थियो र धेरै कार्यक्रम सफलतापूर्वक सम्पन्न पनि भइसकेका थिए। तर बाँकी केही स्थानमा कार्यक्रम गर्नुअघि नै चौहानले करारविपरीत अन्य संस्थाबाट रकम लिएर प्रस्तु

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 316 पटक पढिएको
  • ‘पीआर’को ‘टाटा बाइ बाइ’मा नीर शाह र गौरी मल्लको छमछमी

    आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार फिल्ममा समावेश गीत सान्भी इन्टरटेनमेन्ट युटुबबाट रिलिज गरेको हो। गीतमा फिल्मका मुख्य कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्य हेर्न सकिन्छ, भने दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला–बेहुलीको रूपमा प्रस्तुत गरिएको छ। उनीहरुको नृत्यलाई दर्शकले मन पराउनेमा निर्माण पक्ष ढुक्क देखिएका छन्। गीतमा भिम बी.सी.को संगीत,टेक बी.सी. र प्रीती घिमिरेको स्वर रहेको छ भने गीतको भिडियोमा कोरियाग्राफी रामजी लामिछानेको छ।सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्ममा आर.ए. सुरज पौडेल, विनित

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 391 पटक पढिएको
  • सोलो नायिकामा परिक्षालाई ठूलो झट्का

    केही फिल्ममा सह–नायिकाको रुपमा काम गरेपछि नायिका परीक्षा लिम्बुलाई ‘सोल्टिनी’ मुख्य नायिकाको रुपमा उदाउने ठूलो अस्त्र थियो । यो फिल्म उनी र नायक प्रकाश सपुतकै वरिपरी घुमेको छ । यसैले, पनि परीक्षा यो फिल्मलाई लिएर आशावादी थिइन् । तर, भाइटिकाको दिनबाट रिलिज भएपनि यो फिल्मले अपेक्षित शोज पाएन । शोज मात्र होइन, फिल्मको समीक्षा पनि सुखद आएन । फिल्ममा परीक्षाले भने राम्रो काम गरेको अपेक्षा गरिएको थियो । तर, परीक्षाको कामको पनि खासै चर्चा भएन । यसरी हेर्दा, फिल्म त असफल भयो नै परीक्षा पनि मुख्य नायिकामा चल्न सकिनन् । यसले, उनलाई सोलो नायिकाको रुपमा लिएर काम गर्दा जोखिम हुने देखिएको छ । 

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 515 पटक पढिएको
  • ‘धागो’को ट्रेलर सार्वजनिक: पारिवारिक सम्बन्ध, सङ्घर्ष र भावनाको कथा

    भारतको डुवर्सबाट बनेको नेपाली चलचित्र ‘धागो’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले चलचित्रको मूल भावलाई प्रस्ट्याएको छ, जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू, र सामाजिक दुरावस्थाको सङ्घर्षको मार्मिक चित्रण गरिएको छ।ट्रेलरमा मुख्य गरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्याहरू र त्यससँग जुध्न गरिएको सङ्घर्ष देखाइएको छ। यस्तै, सङ्घर्षको दौरानमा देखिएको सामाजिक चुनौती र विषम परिस्थितिको चित्रण गरिएको छ भने सन्तानको सपना र इच्छा पूरा गर्नका लागि गरिने हरेक माता-पिताको अथक प्रयासलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। बिछोडको पीडाला

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 371 पटक पढिएको
  • जनकपुरमा मूर्तिकला प्रशिक्षण

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा मैथिली विकास कोष, जनकपुरधामको संयुक्त आयोजनामा पाँच दिने सामा–चकेवा मूर्तिकला प्रशिक्षणात्मक कार्यशाला सुरु भएको छ ।जनकपुरधामको मैथिली भवनमा बिहीबारदेखि उक्त कार्यशाला सुरु भएको हो । कार्यशालाको उद्घाटन गर्दै बेलायती अनुसन्धानकर्ता माइकल हटले मिथिला क्षेत्रको सांस्कृतिक गहिराई र सामा–चकेवालगायतका पर्वले सामाजिक सद्भावलाई सुदृढ बनाउँदै आएको बताउनुभयो । उहाँले सामा–चकेवा पर्वको ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई अन्तरराष्ट्रियस्तरमा चिनाउन सकिने सम्भावनाबारे उजागर गर्नुभयो । कोषका अध्यक्ष जीवनाथ चौधरीले कार्यशालाले परम्परागत ज्ञान संरक्षणमा महत्वपूर्ण यो

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 374 पटक पढिएको
  • विश्व पूर्ण शाकाहारी दिवसः पशुक्रुरता कम गराउन कार्यक्रम

    काठमाडौं— काठमाडौंको बौद्धमा सर्वप्राणी करुणा र शाकाहारको प्रवद्र्धनको उद्देश्यसाथ कला प्रदर्शनी र सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । विश्व भिगन दिवसको सन्दर्भमा नेपाल एनिमल सेभ नामक संस्थाले सो कार्यक्रम आयोजना गरेको हो।काठमाडौं बौद्धस्थित उत्पला क्याफेको चौरमा आयोजित सो कार्यक्रममा दर्जनौँ पशुप्रेमी, अहिंसा अभियन्ता र कलाकार उपस्थिति थियो। विदेशी नागरिकहरूको पनि कार्यक्रममा सहभागिता देखिन्थ्यो।माछामासु र दहीदुधमात्र नभई तिनका छाला, रौँ, हाड र प्वाँखसमेत प्रयोग नगर्ने शाकाहारीहरूलाई भिगन (पूर्ण शाकाहारी) भन्ने गरिन्छ। बढ्दो पशुजन्य उद्योग र उपभोगले जलवायु परिवर्तन बढाउने चेतावनी पछिल्लो समय

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 668 पटक पढिएको
  • बलिउड अभिनेता धर्मेन्द्रको स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा भर्ना

    बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रलाई स्वास्थ्यमा अचानक समस्या आएपछि शुक्रबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ। उनलाई नियमित स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको भए पनि चिकित्सकहरूको सल्लाहमा केही समय निगरानीमा राखिएको हो।आगामी डिसेम्बर ८ मा ९० वर्ष पुग्न लागेका धर्मेन्द्रले उमेरका कारण सामान्य कमजोरी र हल्का ज्वरोको गुनासो गरेका थिए। यद्यपि, उनको परिवारका नजिकका स्रोतहरूले उनको अवस्था हाल स्थिर रहेको र चिन्ता गर्नुपर्ने कुनै अवस्था नरहेको जानकारी दिएका छन्। उनीहरूले प्रशंसकहरूलाई कुनै पनि हल्लामा विश्वास नगर्न अनुरोध गरेका छन्। आफ्नो लामो करियरमा स्वास्थ्यसम्बन्धी चुनौतीहर

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 489 पटक पढिएको
  • ‘बाहुबली द एपिक’ को ओपनिङ कस्तो छ ?

    शुक्रबार रिलिज भएका फिल्महरूले बक्स अफिसमा राम्रो व्यापार गरेका छन्। यस दिन ‘बाहुबली द एपिक’ र ‘द ताज स्टोरी’ जस्ता नयाँ फिल्महरू सार्वजनिक भएका हुन्।बाहुबली द एपिक: साउथको यो नयाँ फिल्मलाई दर्शकले रुचाएका छन्। पहिलो दिन यसले बक्स अफिसमा ९.२५ करोड रुपैयाँको कलेक्सन गरेको छ। विशेष स्क्रिनिङको १.१५ करोडसहित फिल्मको कूल सङ्कलन १०.४० करोड रुपैयाँ पुगेको छ।द ताज स्टोरी: परेश रावल अभिनीत ताजमहलको कथामा आधारित यो फिल्मले पहिलो दिन १.०४ करोड रुपैयाँको व्यापार गरेको छ।आयुष्मान खुराना र रश्मिका मन्दानाको फिल्म थामाले ११औँ दिन ३ करोड रुपैयाँ सङ्कलन गरेको छ। यसको कुल कलेक्सन १११.४० करोड रुपैयाँ पुगेको छ।ह

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 399 पटक पढिएको
  • सस्पेन्स र थ्रिलरको संयोजन रहेको 'एक्लो'को टिजर

    पुष १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘एक्लो’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेटभन्दा लामो टिजरले फिल्मको रहस्यमय कथा र पात्रहरूबीचको तनावपूर्ण संघर्षको झलक प्रस्तुत गरेको छ । पैसा र सत्ताका लागि हुने लडाइँलाई फिल्मले मुख्य कथावस्तुका रूपमा अगाडि ल्याएको देखिन्छ ।सस्पेन्स र थ्रिलरको संयोजन रहेको टिजरमा अभिनेता प्रदीप खड्का युद्ध कौशलयुक्त पात्रको रूपमा प्रस्तुत छन् । तर, उनको अनुहार पूर्ण रूपमा देखाइएको छैन । अभिनेत्री बेनिशा हमालको गेटअपले रानीको संकेत गरेको छ । कविता नेपाली र बेलायती अभिनेता जेमी बेकन ब्रिटिश पुलिसको भूमिकामा देखिएका छन् । टिजरले दर्शकमा फिल्मप्रति उत्सुकता बढाउने देखिन्

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 427 पटक पढिएको
  • के कुराले निर शाहलाई रुवायो ?

    आजबाट रिलिजमा आएको फिल्म ‘परान’को बिहीबार साँझ ७ बजे प्रिमियर आयोजना गरियो । सिभिलमलस्थित क्युएफएक्समा साँझ ६ बजे अगाडि नै बोलाइएको प्रिमियरमा ४ सय ८५ जनाले फिल्म हेरे । हलको बीचको सोझा सिटमा बसेर आफ्नै फिल्म हेरिरहेका थिए अभिनेता निर शाह ।उनको छेउमा महजोडी, अभिनेत्री पूजा चन्द, निर्देशक दीपक आचार्यको परिवार लगायत अन्य कलाकार थिए । फिल्मको जब मध्यान्तर हुने तरखर थियो अधिकांशलाई फिल्मले भावुक बनाइसकेको थियो । ‘परान’का मुख्य पात्र धर्मनाथ आचार्य अर्थात् निर शाहमा धेरैले आफ्नो बुबा देखेका थिए । जब मध्यान्तर भयो धेरैले आँखामा देखिएका टिलपिल आँसु पुछ्ँदै कफी र पपकर्नका लागी बाहिर निस्किए ।अभिनेता न

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 492 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.