राजनीति

    Showing 4,741-4,750 of 6,719 items.
  • जसपामा आज एमसीसी सम्झौतापत्र बारे छलफल

    काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ । आज बस्ने जसपाको बैठकमा एमसीसीको सम्झौतापत्रबारे छलफल हुनेछ ।जसपाका नेताहरुलाई शुक्रबारको बैठकमा एमसीसी सम्झौता पत्र वितरण गरिएको थियो । उक्त सम्झौता पत्रबारे शनिबार (आज) छलफल हुने नेता ईस्तियाक राईले जानकारी दिए । वितरण गरिएको सम्झौता पत्र अध्ययन गरेर शनिबारको बैठकमा धारणा राख्न सदस्यहरुलाई निर्देशन दिइएको थियो । त्यसका लागि आज मध्यान्ह १२ बजेका लागि बैठक राखिएको हो ।यस्तै शुक्रबारको बैठकमा स्थानीय तह निर्वाचनका लागि पार्टी दर्ता गराउने निर्णय पनि भएको छ । बैठकमा १२ वटा एजेण्डा प्रस्तुत भएको छ ।

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 59 पटक पढिएको
  • ‘एमसीसी ल्याउनुपर्छ भन्नेलाई केही गर्दैनन्, मलाई ढुङ्गा हान्छन्’

    पोखरा  /  एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी ल्याउनुपर्छ भनेर सम्झौता गर्नेहरूले विरोध गर्दै हिँडेको र आफूमाथि ढुङ्गा प्रहार गरेको बताएका छन् । शुक्रवार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले सो कुरा बताएका हुन् । ‘एमसीसी सहयोग नेपालमा ल्याई पाऊँ भनेर आफू चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटोमा हिँड्दा ढुङ्गा हान्दैनन्। ताली बजाउँछन्। बाबुराम भट्टराई एमसीसी अघि बढाउने मान्छे हिँड्दा ढुङ्गा हानेनन्। नेपाली कांग्रेसले एमसीसी पास गराउनुपर्छ भन्छ । सभामुखले टेबुल गरेका छन्। ढुङ्गा हानिँदैन। एमसीसी ठिक छ भनेर कुरा टुङ्ग्याउने कृष्णबहादुर महरा बाटोमा हिँड्द

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 72 पटक पढिएको
  • फागुन १५ गतेसम्मका लागि संसद बैठक स्थगित

    काठमाडौं / अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित गरिएको छ।शुक्रबार सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर गृहकार्यका नपुगेको भन्दै समय मागेपछि संसद् बैठक आइतबारसम्म स्थगित गरिएको हो ।प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेको लागि तय भएको थियो। बिहीबारका लागि तोकिएको बैठक अन्तिम समयमा आएर शुक्रबारको लागि तोकिएको भए पनि आज पनि अन्तिम समयमा आएर सारिएको हो।गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिएको थियो । यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महा

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 62 पटक पढिएको
  • स्थानीय चुनावका लागि एमालेले गर्यो दल दर्ता

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि एमालेले शुक्रबार आयोगको कार्यालय पुगेर दल दर्ता गराएको हो । दल दर्ताका लागि महासचिव शंकर पोखरेलको नेतृत्वको टोली आयोगको कार्यालय पुगेको थियो । दल दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले एमाले चुनावको तयारीमा जुटेको बताए । अहिले सरकार परिवर्तन गर्नुपर्ने पक्षमा आफूहरू नरहेको पनि उनले बताए । संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि मात्र एमसीसी लगायत विषयमा एमालेले आधिकारिक धारणा सार्वजनिक गराउने उनले बताए ।

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 63 पटक पढिएको
  • नेकपा एमाले अध्यक्ष ओली पोखरा जाँदै

    काठमाडौं / पूर्व-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पोखरा जाँदै छन् ।पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनका लागि उनी आज शुक्रबार पोखरा जाने कार्यक्रम रहेको नेकपा एमालेका कार्यालय सचिब शेरबहादुर तामाङले बताएका छन् । अध्यक्ष ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको उनले बताएका छन् । 

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 70 पटक पढिएको
  • आज जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

    काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) को आज शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । एमसीसीसँगको सम्झौताका विषयमा निर्णय लिनका लागि (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो ।सो बैठकमा एमसीसीसँगै विधान अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । राष्ट्रिय बहस बनेको एमसीसी सम्झौताका विषायमा अनिर्णित हुन नहुने भन्दै पार्टी संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले दवाव दिएपछि केन्द्रीय परिषद् अध्यक्ष उपेन्द्र यादवले सो बैठक बोलाएका हुन् ।

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 169 पटक पढिएको
  • संसद बैठक आज, एमसीसीबारे छलफल अघि बढ्ला त ?

    काठमाडौँ / आजको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने बताइएको छ । छलफलका लागि हिजो बिहीबार नै बैठक बोलाइएकोमा राजनीतिक सहमति जुट्न नसक्दा बैठक आजका लागि सारिएको थियो ।आज १ बजे बस्ने बैठकमा एमसीसी सम्झौताबारे छलफल अघि बढ्ने आकलन गरिएको छ । तर त्यसअघि सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच सहमतिको प्रयास जारी रहेको बताइएको छ । सत्ता गठबन्धनमै रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने एमसीसीको विपक्षमा रहेका छन् । उनीहरुको सहमतिविना या एमालेको समर्थनविना कांग्रेस एक्लैले एमसीसी पास गर्न सक्दैन ।सहमति वा समर्थन जुटाउन बिहीबार दिनभर प्रधा

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 61 पटक पढिएको
  • प्रदेश १ : मतदाता नामावली अद्यावधिक गर्न आग्रह

    विराटनगर / स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न सरोकारवालाहरुलाई आग्रह गरेको छ ।विहीबार प्रदेश निर्वाचन कार्यालय मोरङले विराटनगरमा एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी निर्वाचनमा अधिक भन्दा अधिक मतदाताको सहभागिताका लागि राजनैतिक दलहरु संवेदनशील हुनुपर्ने जानकारी दिदै प्रदेश निर्वाचन अधिकारी लेवन कश्यप अधिकारीले त्रुटिरहित मतदानका लागि मतदाता नामावली अद्यावधिकको कार्यक्रम ल्याइएको बताए ।उनले निर्वाचनमा सहभागिताका लागि फागुन १९ गतेदेखि २६ गतेसम्ममा मतदाता नामावलीमा नाम सच्याउन, हटाउन तथा अद्यावधिक गर्न आग्रह गरेका छन् । सो कार्यक्रममा निर्वाचन आयोगल

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 66 पटक पढिएको
  • निर्वाचन आयोगमा थप २९ दल दर्ता

    काठमाडौं / निर्वाचन आयोगमा थप २९ दल दर्ता भएका छन् । आगामी वैशाख ३० गते सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै त्यसमा सहभागी हुनका लागि फागुन ५ गतेदेखि अहिलेसम्म २९ दल दर्ता भएको आयोगको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइयो ।आयोगका अनुसार ६ वटा नयाँ दल पनि दर्ता भएका छन् । योसँगै आयोगमा दर्ता भएका दलको सङ्ख्या १ सय ९ पुगेको छ ।फागुन ५ गतेदेखि आयोगमा दर्ता भएका दलहरूःजनता प्रगतिशील पार्टीराष्ट्रिय जनमुक्ति पार्टीसामाजिक एकता पार्टीनागरिक उन्मुक्ति पार्टीनेपाल कम्युनिष्ट पार्टी (गौरवशाली)साझा पार्टी नेपालसमावेशी लोकतान्त्रिक पार्टीजनमत पार्टीमंगोल नेशनल अर्गनाइजेशननेपाल मजदूर किसान पार्टीराष

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 69 पटक पढिएको
  • शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसीबारे सामान्य छलफल हुने

    काठमाडौं / प्रतिनिधिसभाको (भोलि)शुक्रबार बस्ने बैठकमा एमसीसीबारे सामान्य छलफल हुने भएको छ ।संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एससीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव उल्लेख रहेको छ ।प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने सम्भावित कार्यसूची छ । यद्यपि बिहीबार तोकिएको बैठकमा भने अर्थमन्त्री शर्मा सहभागी नहुने जनाएका थिए । एमसीसी प्रस्ताव टेबल गर्ने समयमा पनि मन्त्री शर्मा संसद बैठकमा उपस्थित रहेका थिएनन्।यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन’ पेश गर्ने प्रस्

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 75 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा