काठमाडौँ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिका लागि प्रचार सुरु गरेका छन्।कोइरालाले १४ औँ महाधिवेशनमा सभापति पदका लागि बिहीबार अपरान्हदेखि ‘एक पटक यसै पटक‘ भन्दै समाजिक संजालबाट प्रचार सुरु गरेका हुन् । संस्थापन इतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर सभापति पदका लागि आकांक्षी छन्। मङ्गलबारदेखि साझा उम्मेदवार तय गर्ने विषयमा इतर पक्ष छलफलमा जुटे पनि अहिले सम्म सहमति भने भएको छैन । तीनैजना आज पार्टीका सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय समिति बैठकमा समेत उपस्थित भएनन्। प्रकाशमानले आफूले सभापतिमा दाबेदारी नछाडेपछि शेखरले पनि सभापतिक
काठमाडौँ / नेपाली कांग्रेसको आज (बिहिबार) बसेको केन्द्रीय समितिको बैठकले तीन वटा प्रतिवेदन पास गरेको छ । समितिले १४ औँ महाधिवेशनका लागि सभापति, महामन्त्री र अन्यले पेश गरेको प्रतिवेदन पास गरेको हो । बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काले सांगठनिक प्रतिवेदन, सभापति देउवाले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गरेका थिए । उनीहरूले पेश गरेको तीन वटै प्रतिवेदन बैठकले पास गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसको महाधिवेशन भोलिदेखि शुरु हुँदैछ ।
ओखलढुंगा / नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा ओखलढुङ्गाबाट आठ नेताले दाबेदारी पेस गरेका छन् । काङ्ग्रेसभित्रको दुई समूहले केन्द्रीय पदाधिकारी यकिन गर्न नसके पनि जिल्लाका नेताहरूले भने आफ्नो दाबेदारी पेस गरेका हुन् ।शुक्रबारबाट सुरु हुने १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उममेदवार बन्न जिल्लाकै पुराना नेता महेश कोर्मोचादेखि नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीसम्मले दाबी पेस गरेका हुन् ।जिल्लाका निवर्तमान पार्टी सभापति प्रदीपकुमार सुनुवार, पूर्वपार्टी सभापतिहरू महेश कोर्मोचा र गोमा केसी, ट्रेड युनियनका पूर्व अध्यक्ष खिला दाहाल, संविधानसभा सदस्य रामहरि खतिवडा, नेविस
सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशनमा अपराधको दुनियाँमा स्थापित बनेका पनि महाधिवेशन प्रतिनिधि बनेर सहभागि हुने भएका छन् । प्रदेश एकमा गुण्डागर्दीमा नाम कमाएका सिजन गुरुङ , सुर्य राई र हेमकर्ण पौडेल सहित देशकै चर्चित गुण्डा नाइके गणेश लामा र राजु गोर्खाली सहित दुई दर्जन भन्दा वढी गुण्डा नाइके महाधिवेशन प्रतिनिधि बनेर महाधिवेशनमा सहभागि हुने भएका हुन् ।कांग्रेस मात्रै हैन नेकपा एमाले , माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी पार्टी , जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका पार्टीले गुण्डागर्दीमा संलग्नलाई संरक्षण गरेर पार्टीका लागि उपयोग गर्ने गरेकाले गुण्डागर्दीमा संलग्नल
काठमाडौँ / सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय समितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिष्कार गरेका छन् । १४ औं महाधिवेशनको अन्तिम तयारीमा रहेको कांग्रेसको केन्द्रीय समितिको अन्तिम बैठक आज (बिहीवार) अपराह्न बस्दैछ ।आजको बैठकमा महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ । तर, पौडेलको सचिवालयले उनी बैठकमा सहभागी नहुने बताएको छ। भोलि शुक्रबारदेखि काठमाडौँमा कांग्रेसको १४ औैँ महाधिवेशन शुरु हुँदैछ ।
काठमाडौँ / नेकपा माओवादी केन्द्रले ३५ वटा केन्द्रीय विभागको जिम्मेवारी टुंगो लगाएको छ । पूर्वमुख्यसचिव लिलामणि पौडेल, पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, निर्वाचन आयुक्त सुधीर साह, नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालतका पूर्वन्यायाधीश द्वय ए मिकरानी र भी चौलागाईँलाई समेटेर माओवादी केन्द्रले ३५ वटा विभाग गठन गरिएको हो ।माओवादीले ३५ वटा विभाग गठन गरेपनि केही विभागले अझै पूर्णता पाउन सकेका छैनन् । पूर्णता पाउन बाँकी रहेका विभागहरूमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्णता दिने अधिकार दिएको छ । माओवादी केन्द्रले नीति अनुसन्धान प्रतिष्ठान गठन ग
बिराटनगर / शपथको महिना दिन पुग्दा पनि प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले हालको पाँच सदस्यीय मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मंसिर १ मा बसेको प्रदेश सभाको बैठकबाट विश्वासको मत पाएको दिन बढीमा दुई साताभित्र मन्त्री परिषद बिस्तार हुने उनले बताएका थिए ।निवर्तमान मुख्यमन्त्री भीम आचार्यले ७ मन्त्रालयमा ८ मन्त्रीमार्फत काम गर्दै आएका थिए । गत कात्तिक १६ मा राई मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै भागबन्डा मिलाउन मन्त्रालय बढाएर कम्तिमा ११ पुर्याउने तथा मन्त्री र राज्यमन्त्रीसहित १३ मन्त्री बनाउने योजना प्रदेश सरकारको छ ।प्रदेश १ सरकारले मन्त्रालय टुक्राउने तयारीसहित आर्थिक मामिला तथा
काठमाडौँ / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन ।मुख्यमन्त्री पोखरेलले बुधबार साँझ आयोजित एक कार्यक्रममा पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन । बीपी कोइरालाको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन एकपटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको उनको भनाइ छ ।वि सं २००५ जेठ ५ गते तनहुँको राम्चेमा जन्म लिएका पोखरेलले मुलुकलाई अप्ठ्यारो परेको बेला निकास दिने कांग्रेस भएकाले अबको चुनावमा प्रष्ट बहुमत ल्याउने गरी महाधिवेशनपछि तयारी थाल्नुपर्ने बताए । कां
काठमाडौँ / निर्वाचन खर्च घटाउन प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैचोटि गर्नुपर्छ भन्ने विषय उठे पनि कानूनी, व्यवहारिक, व्यवस्थापन तथा प्राविधिक पाटो समेतका आधारमा सम्भव नहुने सङ्केत देखिएको छ ।निर्वाचनका नाममा राज्यकोषबाट अधिक खर्च हुने गरेकाले त्यसलाई घटाउन तीन तहकै निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने कोणबाट केही राजनीतिक दलका नेताले मन्तव्य दिए पनि स्वच्छ, स्वतन्त्र, व्यवस्थित र भयरहित वातावरणमा एकै चरणमा निर्वाचन गर्न कानुनलगायत अनेकौं बाधा अड्चन रहने तर्क गरिएको छ ।निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले तीन तहको निर्वाचन एकै पटक गर्ने भनी आयोगसँग राजनीतिक दलले औपचारिक
काठमाडौँ / नेपाली कांग्रेस नेतृ एवम् पूर्वराज्यमन्त्री सीता गुरुङले केन्द्रीय सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । सभापति शेरबहादुर देउवानिकट नेतृ गुरुङले आदिवासी जनजातितर्फ सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेकी हुन् । गुरुङ हाल केन्द्रीय आदिवासी जनजाति विभागकी प्रमुखसमेत हुन् । तेह्रथुमको आठराईमा जन्मिएकी नेतृ गुरुङ नेविसङ्घको जिल्ला तहको नेतृत्वमा थिइन् । नेपाल महिला संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय महासचिवसमेत भएर काम गरिन् । पार्टीको १२ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी गुरुङ १३ औँ महाधिवेशनबाट आदिवासी जनजाति
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.