राजनीति

    Showing 521-530 of 10,427 items.
  • रास्वपामा नयाँ शक्ति संघर्ष १ बालेन पक्षबाट सुदीप ढकाललाई महामन्त्री बनाउने कसरत

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र मनोनयनलाई लिएर शक्ति सन्तुलनको खेल तीव्र बनेको छ। प्रधानमन्त्री बालेन शाह निकट समूहले वर्तमान महामन्त्री भूपदेव शाहलाई निरन्तरता नदिई सुदीप ढकाललाई महामन्त्रीमा अघि सार्ने तयारी गरेको स्रोतको दाबी छ।यस्तै, मनोनीत हुने ५१ केन्द्रीय सदस्यमध्ये १८ जना बालेन पक्षबाट राख्ने गरी आन्तरिक भागबन्डाको छलफल भइरहेको बताइएको छ। यद्यपि, यसबारे पार्टीले औपचारिक निर्णय सार्वजनिक गरेको छैन।

    • प्रकाशित मितिः साउन १, २०८३
    • 217 पटक पढिएको
  • दीपक भट्टबाट देउवापुत्रका कम्पनीमा २ करोड ६० लाख १ सम्पत्ति शुद्धीकरण अनुसन्धानमा नयाँ खुलासा

    काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर देउवा जोडिएका दुई कम्पनीको नाम पनि अनुसन्धानमा तानिएको छ। अनुसन्धानका क्रममा थुनामा रहेका व्यवसायी दीपक भट्टको कम्पनीबाट जयवीरको लगानी रहेको कम्पनीहरूमा २ करोड ६० लाख रुपैयाँ पुगेको विवरण खुलेपछि उक्त कारोबारमाथि थप छानबिन अघि बढाइएको हो।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा दायर गरेको अभियोगपत्रअनुसार, भट्टको कम्पनीबाट स्कालर इन्टरनेशनल र डिजी हट नामक कम्पनीमा उक्त रकम भुक्तानी गरिएको देखिएको छ। विभागले यो रकम गैरकानुनी आम्दानीसँग सम्बन्ध

    • प्रकाशित मितिः साउन १, २०८३
    • 233 पटक पढिएको
  • दुर्गा प्रसाईंको कार्यक्रमा दुई महिलाले ‘आत्महत्या गर्छौं’ भन्दै मञ्चतर्फ दौडिएपछि हंगमा

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सहभागी एक सार्वजनिक कार्यक्रममा शुक्रबार अप्रत्याशित घटना भयो। प्रसाईंले देशको वर्तमान राजनीतिक र आर्थिक अवस्थाबारे धारणा राखिरहेका बेला दुई महिलाले रुँदै–चिच्याउँदै आफूहरूको समस्या समाधान नभए आत्महत्या गर्ने चेतावनी दिएपछि कार्यक्रम केहीबेर तनावग्रस्त बनेको हो।प्रत्यक्षदर्शीका अनुसार ती महिलाहरू मञ्चतर्फ अघि बढ्दै ूहाम्रो कुरा सुनिदिनुस्, नत्र आत्महत्या गर्छौंू भन्दै भावुक बनेका थिए। स्थिति असहज हुन थालेपछि आयोजक र सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गर्दै उनीहरूलाई नियन्त्रणमा लिएर सुरक्षित स्थानमा लगे।आत्महत्याको चेतावनी दिने महिलाहरू हेटौँडाकी शान्तिकु

    • प्रकाशित मितिः साउन १, २०८३
    • 253 पटक पढिएको
  • देउवाको हात भाँचिएको भन्ने समाचार भ्रामकः सचिवालय

    काठमाडौं— नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको हात भाँचिएको भन्ने समाचारको उनको सचिवालयले खण्डन गरेको छ।शुक्रबार विज्ञप्ति जारी गर्दै सचिवालयले सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा प्रसारित ‘देउवा लडेर हात भाँचिएको’ भन्ने दाबी पूर्ण रूपमा असत्य र भ्रामक भएको जनाएको हो।सचिवालयका अनुसार देउवा न त लडेका छन्, न त उनको हात नै भाँचिएको छ। आधिकारिक पुष्टि नै नभएका सूचना सार्वजनिक गरेर भ्रम फैलाउने प्रयासप्रति सचिवालयले गम्भीर असन्तुष्टि जनाएको छ।विज्ञप्तिमा आधारहीन समाचार र अफवाहले समाजमा अनावश्यक भ्रम सिर्जना गर्ने भएकाले यस्ता सामग्री प्रचार–प्रसार नगर्न आग्रह गरि

    • प्रकाशित मितिः साउन १, २०८३
    • 550 पटक पढिएको
  • बाग्मतीमा १४ मन्त्रालयलाई ८ मा झारियो, तर १४ मन्त्री नै कायम

    काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या आधाभन्दा बढी घटाए पनि मन्त्रीहरूको संख्या भने यथावत् राखेको छ। १४ मन्त्रालयलाई ८ मा सीमित गरेसँगै अहिले ६ जना मन्त्री कुनै पनि विभागको जिम्मेवारीबिनै बिनाविभागीय मन्त्री बनेका छन्।मुख्यमन्त्री इन्द्र बानियाँ नेतृत्वको सरकारले प्रशासनिक खर्च घटाउने र सरकारी संरचना चुस्त बनाउने भन्दै मन्त्रालय पुनर्संरचना गरेको हो। तर नयाँ संरचना लागू भएसँगै किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनुकुमारी रायमाझी पौडेल विभागीय जिम्मेवारीविहीन बनेका छन्।सरकारले उनीहरूको जिम्मेवारी आगामी मन्त्रिपरिषद् बैठकबाट टुंगो लगाइने जनाए

    • प्रकाशित मितिः साउन १, २०८३
    • 83 पटक पढिएको
  • बाथरुममा लडेर घाईते भए देउवा, दायाँ हात भाँचियो

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन्। घटनामा उनको दायाँ हात भाँचिएको छ। उपचारपछि उनी स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेको स्रोतले जनाएको छ।देउवा गत चैतदेखि थप उपचारका लागि हङकङमा बस्दै आएका छन्।

    • प्रकाशित मितिः साउन १, २०८३
    • 64 पटक पढिएको
  • कृष्णनगर तनावग्रस्त :सांसद–मेयरविरुद्ध पक्राउ पुर्जीपछि बजार र यातायात ठप्प

    कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर बजार शुक्रबार पूर्ण रूपमा बन्द गरिएको छ। प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाह विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएपछि स्थानीयले त्यसको विरोध गर्दै बजारसँगै सार्वजनिक यातायातसमेत ठप्प पारेका हुन्।स्थानीयको दाबी अनुसार सामान्य व्यावसायिक विवादलाई राजनीतिक रंग दिँदै निर्वाचित जनप्रतिनिधिलाई फसाउने प्रयास गरिएको छ। यही कारण उनीहरूले बजार बन्द गरी विरोध प्रदर्शन गरेका हुन्।एकै घटनाबाट दुवै पक्षविरुद्ध मुद्दा  विवादको केन्द्रमा रहेका कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा कोहिनूर मार्बलका सञ्चालक रितेश शर्माले सा

    • प्रकाशित मितिः साउन १, २०८३
    • 71 पटक पढिएको
  • दरबार हत्याकाण्ड दीपेन्द्रले गराएका होइनन्,झुटो कथा स्थापित गरियो : ओली

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले २०५८ सालको नारायणहिटी दरबार हत्याकाण्डबारे नयाँ विवादास्पद अभिव्यक्ति दिएका छन्। उनले तत्कालीन युवराज दीपेन्द्र शाहले नै दरबार हत्याकाण्ड गराएको भन्ने स्थापित आधिकारिक कथालाई अस्वीकार गर्दै दीपेन्द्रले दरबार हत्याकाण्ड गराएका होइनन् भन्ने दाबी गरेका हुन्।ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको वेबसाइट र मोबाइल एपको नयाँ संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले दरबार हत्याकाण्डपछि युवराज दीपेन्द्रको प्रेम सम्बन्धसँग जोडेर ूपहिल्यै तयार गरिएको कथाू विश्वभर फैलाइएको दाबी गरे। उनका अनुसार घटनाको वास्तविकता

    • प्रकाशित मितिः साउन १, २०८३
    • 64 पटक पढिएको
  • झूट पत्याउने प्रवृत्ति समाजमा बढेको छ: ओली

    काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा झूटलाई सत्यका रूपमा पत्याउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरेका छन्।शुक्रबार नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा झूटो प्रचार र दुष्प्रचार भइरहेको दाबी गरे। आफूहरूले गरेका कामको श्रेय अरूले लिने र झूटो कथा निर्माण गरेर जनतालाई भ्रमित बनाउने प्रवृत्ति बढेको उनको भनाइ थियो।उनले भने,‘झुटो कहानी रचना गर्ने, हामीले नै गरेका कामहरूको चर्चा नहुने, अरूकै नाममा आउने, जादु गरेजस्तो एकैछिनमा यस्तो काम भयो भन्ने हल्ला गर्ने र त्यसलाई मानिसले पत्याउने प्रवृत्ति समाजमा मौलाएको छ ।कालोलाई

    • प्रकाशित मितिः साउन १, २०८३
    • 227 पटक पढिएको
  • ‘‘मास्टर्नी’ गीत तत्काल प्रतिबन्ध गर्नुपर्छ, ‘अश्लील सामग्रीलाई कला भनेर छुट दिन सकिँदैन’ : अखिल (क्रान्तिकारी)

    काठमाडौं । चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको गीत र भिडियोमाथि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले कडा आपत्ति जनाएको छ। संगठनले उक्त सामग्रीले शिक्षक पेसाको सम्मान र सामाजिक मूल्य–मान्यतामाथि आघात पुर्‍याएको दाबी गर्दै तत्काल प्रसारण रोक्न र कानुनी प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको हो।संगठनका केन्द्रीय अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाले शुक्रबार जारी गरेको विज्ञप्तिमा गीतले शिक्षकको गरिमा, गुरु–शिष्य सम्बन्ध र महिलाप्रतिको सम्मानलाई कमजोर बनाउने शैली अपनाएको आरोप लगाइएको छ। कला र अभिव्यक्तिको स्वतन्त्रताको नाममा अश्लीलता, विकृति र उपभोक्ता

    • प्रकाशित मितिः साउन १, २०८३
    • 447 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.