काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद नटुंगिदा संसद सचिवालय अप्ठ्यारोमा परेको छ । फागुन २३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा नेकपाका दुबै समूहलाई सत्तारुढ दलकै रुपमा राख्ने सचिवालयको तयारी छ ।संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सचिवालयले नेकपालाई एउटै दलका रुपमा चिन्ने बताएका छन् । उनले भने, ‘नेकपा फुटेको आधिकारिकता छैन, अहिले एउटै दलका रुपमा मात्र चिनिन्छ ।’संसद बैठक बस्नुअघि सभामुखले बोलाउने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि कसरी प्रतिनिधित्व गर्ने भन्नेमा अन्योल देखिएको छ । नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकका रुपमा रहेका देवप्रस
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको भोलि बोलाइएको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगलाई निर्णय छिटो गर्न झक्झकाउने भएको छ ।भोलि बोलाइएको बैठकपछि केन्द्रीय सदस्यहरुलाई सनाखतका लागि निर्वाचन आयोग लैजाने तयारीमा यो समूह जुटेको छ । पार्टीको आधिकारिकता विवाद छिट्टै अन्त्य गरेर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्ताव प्रक्रियागतरुपमै संसदीय दलको बैठकबाटै अघि बढाउने यो समूहको तयारी छ ।हिजोमात्र प्रधानमन्त्री ओलीले आफूलाई विधि प्रक्रियाबाट हाउँन चेतावनी नै दिएका थिए । पार्टीको आधिकारिकता विवाद नटुंगिएकाले ओलीलाई हटाउन अप्ठ्यारो भएको प्रचण्ड–माधव समूहको न
बिर्तामोड । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशनआह्वान गरेका छन् । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा बैठक आह्वान गर्न सिफारिस गरेपछि राष्ट्रपतिले आह्वान गरेका हुन् ।प्रधानमन्त्री कार्यालयबाट प्रतिनिधिसभाको अधिवेशन आह्वानको पत्र प्राप्त भएपछि सोहीअनुसार राष्ट्रपतिद्धारा फागुन २३ गते ४ बजेका लागि अधिवेशन आह्वान गिरएको हो ।सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको थियो । सोही अनुसार सरकारले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफासिर गरेको हो ।
काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते अपरान्ह ४ बजे बोलाउन सरकारले सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष अधिवेशन आह्वानको सिफारिस गरेको हो ।राष्ट्रपति कार्यालयलाई सरकारले अधिवेशन आह्वानको सिफारिस पत्र पठाएको छ । संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने छन् ।यसअघि मन्त्रिपरिषद् बैठकले अधिवेशन सिफारिस गरेको चर्चा चलेको थियो । तर, त्यस बैठकमा प्रस्ताव मात्र गरिए पनि आजको बैठकले अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो ।
बिर्तामोड / नेकपाको केपी शर्मा ओली समुहकी महिला नेतृ लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेकी छन् । उनी सवार स्कुटरबाट प्रहरीले चेकजाँचको क्रममा ब्राउन सुगर फेला परेपछि पक्राउ गरेको हो । पक्राउ पर्ने ओली समुहकी नेतृ तुलसा पोख्रेल उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलकी पत्नी समेत रहेको प्रहरीले जानकारी गराएको छ । उनलाई प्रहरीले दिउँसो तुलसीपुरबाट पक्राउ गरेको बताईएको छ । पक्राउ परेकी तुलसा न्यायाधीशकी कान्छी श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । पक्राउ परेकी तुलसा नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समूहकी जिल्ला सदस्य समेत हुन् ।प्रहरीका अनुसार तुलसीपुर बजारमा रह
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गरेका छन् ।पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूले अदालतको अवहेलना नगरेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन् । प्रचण्डले जवाफमा लेखेका छन्, ‘मैले सावजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।’प्रचण्डले आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै वर्तमान सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार गरेको निवे
बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विश्वासको मत लिन तयार भएको तर पदबाट राजीनामा दिने अवस्थामा नरहेको बताएका छन् । आफू निकटका नेताहरुसँग विश्वासको मतसहित विभिन्न विकल्पमा लगातार छलफल गरिएको एक नेताले जानकारी दिए ।“प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिन्छु भन्न पाउनुहुन्छ,” ती नेताले भने, “संविधानको धारा १०० मा विश्वासको मत सम्बन्धी व्यवस्था गरिएको छ ।”संविधानको धारा १०० को ९१० मा भनिएको छ, प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्नेछ ।”उपधारा (२) मा प्रधा
बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले नकेपाको संसदीय दलको प्रमुख सचेतकमा बिशाल भट्टराईलाई नियुक्त गरेका छन् । यसअघि प्रमुख सचेतक रहेका देव गुरुङलाई हटाएर उनले शुक्रबार भट्टराईलाई नियुक्त गरेका हुन् ।यो कदमले ओली अझै प्रचण्ड–माधव नेपाल पक्षलाई पेलेर जाने रणनीतिमा रहेको देखिएको छ । संसदीय दलमा आफु अनुकुल माहोल बनाउन उनले गुरुङलाई हटाएका छन् । संसदीय दलमा ओली अल्पमतमा भएपनि केही सांसदहरुलाई किन्ने उनको तयारी छ ।प्रतिनिधि सभा पुनस्र्थापना भएपछि पनि सत्ताबाट नहट्न उनी अनेक चलखेलमा लागेका छन् । प्रतिनिधि सभा बिघटन अघि नै ओलीले गुरुङको राजीनामा मागेका थिए ।
मुस्ताङ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पुनलाई बिहीबार साँझ बेनी ल्याइएको छ ।प्रहरी नायब उपरीक्षक राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको बताए । “दरवाङ क्षेत्रबाट पक्राउ गरिएको हो”, उनले भने, “उहाँ यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा पनि हुनुहुन्थ्यो ।”पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्
बिर्तामोड / नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । बिहीबार राति शरीरको देब्रेपट्टि समस्या देखिएपछि वीर अस्पताल लगिएको थियो ।आज विहान उनलाई वीर अस्पतालबाट नर्भिक अस्पतालमा भर्ना गरिएको उनको परिवारले जानकारी दिएका छन् । अस्पतालका अनुसार उनको आकस्मिक अपरेसनको तयारी भइरहेको छ ।नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेकाले अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । जोशीलाई थ्यालेमिक ह्यामरेज भएको बताइएको छ ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.