राजनीति

    Showing 5,311-5,320 of 10,435 items.
  • चितवनबाट आकांक्षा पोखरेल लेख्नुहुन्छ : सर्वोच्चको फैसला र जनविश्वासको पतन एक लोकतान्त्रिक चिन्तन हो ।।।

    रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी प्रकरणले फेरि एक पटक नेपालको राजनीति, न्यायपालिका र राज्य संयन्त्रको पारदर्शिता र जवाफदेहितामा गम्भीर प्रश्न उठाएको छ। उच्च अदालतले लामिछानेलाई अनुसन्धानको घेरामा ल्याउनु उपयुक्त ठहर गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि आम नागरिकहरु न्याय प्रणालीप्रति आशंकित बनेका छन्।यस प्रकरणको मूल विषय भनेको लामिछानेको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता भएको भनिएको सहकारी ठगी हो—जसमा हजारौं सर्वसाधारण नागरिकले जीवनभरको बचत गुमाएका छन्। रकम अपचलनमा संग्लन कोहि फरार छन भने कोहि धरौटिमा छुटिसकेका छन। तर लामो समयदेखि राजनीति प्रतिशोधको घेरामा मात्र रवि लामिछाने परेका छन्

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 639 पटक पढिएको
  • गृहमन्त्री रमेश लेखक प्रकरणः काङ्ग्रेसभित्रबाट नै कोहीले राजीनामा मागे, कोही बचाउ गर्न लागे

     काठमाडौं— काङ्ग्रेसभित्रैबाट गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला नेता कृष्णप्रसाद सिटौलाले भने बचाउ गरेका छन् । सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको टिप्पणी समेत गरेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट सेटिङमा भिजिट भिसामा विदेश जानेलाई पठाउने गरिएको र मोटो रकम घुस लिने गरिएको सार्वजनिक भएपछि गृहमन्त्री लेखक यो प्रकरणमा मुछिएका छन् ।सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्नेसमेत बताए । यसअघि शनिबार विराटनगरमा नै काङ्

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 343 पटक पढिएको
  • एमालेले बोलायो सचिवालय बैठक

    काठमाण्डौ  ।  नेकपा एमालेले आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाएको छ। एमालेका अनुसार आज बस्ने सचिवालय बैठकमा आर्थिक वर्ष २०८१०८२ को बजेटबारे छलफल हुनेछ। त्यस्तै पार्टीको सांगठनिक गतिविधि, सरकारको कामको समीक्षा र मूल्यांकन हुने जानकारी दिएको छ।बैठकमा राजसंस्था समर्थकहरूले १५ गतेदेखि गर्ने भनिएको आन्दोलनबारे पनि छलफल हुने एमालेले जनाएको छ।

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 269 पटक पढिएको
  • राजसंस्था उत्तराधिकार सम्बन्धी संवैधानिक निकाय हुनेछ: राप्रपा अध्यक्ष लिङ्देन

    काठमाण्डौ  ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अबको राजसस्था परिमार्जित र परिकल्पना मौलिक प्रक्रीतिको हुने बताएका छन।राजसस्था बारे लिन्देन यसो भन्छन, 'राजसंस्थाको जुन परिकल्पना गरेको छौं, त्यो पूर्णरुपले परिमार्जित राजसंस्था र मौलिक प्रकृतिको हुनेछ । राजसंस्था उत्तराधिकार सम्बन्धी संवैधानिक निकाय हुनेछ । उसले राजसंस्थाको उत्तराधिकारी निर्धारण गर्छ । त्यो जेठो छोरो हुन्छ कि, जेठी छोरी हुन्छ अथवा त्यही परिवारको अर्को सदस्य हुन्छ । त्यो उत्तराधिकार सम्बन्धी काम गर्ने संवैधानिक निकायले निर्णय गर्छ ।'

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 379 पटक पढिएको
  • रास्वपाको आकस्मिक सचिवालय र केन्द्रीय समितिको बैठक

    काठमाण्डौ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको छ ।पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेश सदर गरेपछि रास्वपाले बैठक बोलाएको हो । सचिवालयको आकस्मिक भर्चुअल बैठकले बैठक बसेर उक्त विषयमा छलफल गर्ने निर्णय गरेको हो । आज दिउँसो ३:०० बजे पुन: सचिवालय र ४:०० बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने रास्वपाले जनाएको छ ।शनिबारको बैठकपछि आइतबार दिउँसो २:०० बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाको निर्णय छ । शुक्रबार सर्वोच्च अदालतले यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई पुर्पक्षक

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 358 पटक पढिएको
  • सीमावर्ती क्षेत्रमा चोरीपैठारी र अपराध वृद्धि: सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

    जनकपुर । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति, सुरक्षा नभए अरु कुनै कुराको सम्भावना नरहने बताएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले विकास निर्माण, समृद्धि र सुशासन कायम गर्न सबैभन्दा पहिला चाहिने कुरा भनेको शान्ति सुरक्षा रहेको उल्लेख गरे  ।उनले सीमा नाकासंग जोडिएका क्षेत्रहरुमा सबैभन्दा बढी चोरीपैठारी हुने गरेको देखिएको बताए । चोरी पैठारीका कारण राजस्व घट्नुका साथै आन्तरिक व्यापार कमजोर हुँदै गएको र सीमा नाकामा अपराधिक घटनाहरु पनि बढ्दै गएको जानकारी दिएका छन् ।सीमा नाकासंग जोडिएका समस्याहरु समाधान गर्न सम्पूर्ण सुरक्षा न

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 331 पटक पढिएको
  • शिक्षामा न्यूनतम सेवा पनि राज्यले दिन नसकेको मन्त्री पन्तको टिप्पणी.

     शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रद्युजी पन्तले नयाँ प्रविधिको प्रयोगमा ढिलाइ हुँदा सरकारी कामकाजका प्रक्रियाहरू लामो र जटिल बन्न पुगेको बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्रसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पन्तले परम्परागत प्रणालीलाई परिवर्तन नगर्दा न्यूनतम सेवा प्रवाहमा समेत समस्या आइरहेको बताए।उनले भने, "शिक्षा एउटा अत्यन्तै महत्वपूर्ण विषय हो। तर, अहिले पनि राज्यले दिनुपर्ने न्यूनतम सेवा सुविधासमेत उपलब्ध गराउन सकेको छैन। त्यसको एक कारण हाम्रो आर्थिक अवस्था हो भने अर्को कारण काम गर्ने प्रक्रियाको अत्यधिक जटिलता हो।

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 356 पटक पढिएको
  • सर्वोच्चमा लामिछाने प्रकरणको बहस सकिने चरणमा, आजै आदेश आउन सक्ने संकेत

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पूर्व डिआइजी छविलाल जोशीको रिटमा आज सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ।सहकारी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशीको थुनासम्बन्धी मुद्दामा बिहीबार सरकारी वकिल र प्रतिवादी पक्षको बहस सकिएको थियो। आज जाहेरीकर्ताको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित अन्य कानुन व्यवसायीहरूले बहस गरेका छन्।बहसपछि निवेदकको तर्फबाट जवाफी बहस पनि आजै हुने भएको छ। दुवै पक्षको बहस सकिएपछि आदेश आउने उच्च सम्भावना रहेको छ।यसअघि उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको धरौटीमा छाड्ने आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो।

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 264 पटक पढिएको
  • केशर छन्त्यालसहित १३ एमाले नेता माओवादीमा प्रवेश

    काठमाडौं— नेकपा (एमाले) का गण्डकी प्रदेश सदस्य केशर छन्त्यालले नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्।बिहीबार  बाग्लुङको ढोरपाटनमा आयोजित राजनीतिक सभामा छन्त्यासहित १३ जना एमाले नेताहरू माओवादी केन्द्र प्रवेश गरेका हुन्।छन्त्यालसहितका नेताहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका छन्।उनीहरूलाई उपयुक्त जिम्मेवारी दिने पनि दाहालले बताएका छन्।

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 267 पटक पढिएको
  • ‘निभ्न लागेको बत्ती सरह भइसकें, राजनीतिमा आउने सोच छैन् ; राधिका शाक्य

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एंव प्रथम महिला राधिका शाक्यले आफूलाई राजनीतिमा आउनको लागि कुनै चासो नभएको बताएकी छन् । सोमबार आयोजित आफूले लेखेको पुस्तक ‘करुणा’ बारे अन्तरक्रिया कार्यक्रममा उनले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र भन्दै प्रश्न गरिन् । उनले राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरु पनि गुम्ने संकेत गरिन् । उनले भनिन्, ‘तपाइँ राजनीतिमा पो सलबलाउन थाल्नु भएको हो की भन्ने पत्रकारहरुका प्रश्न आएका छन् । यसमा सबैजना ढुक्क हुनु भए हुन्छ, म राजनीतिमा आउने मान्छे होइन् । मैंले आफ्नो उर्जाशील जवानीमा त राजनीति गरिन । अब निभ्न लागेको बत्ती भनेक

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 353 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.