राजनीति

    Showing 9,081-9,090 of 10,447 items.
  • ‘प्रधानन्यायाधीश मात्रै होइन, सबै न्यायाधीशले राजीनामा दिनुपर्छ’

    काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीशसँगै सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीशसँगै सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका हुन् ।अदालतको प्राङ्गणमा अधिवक्ताले भाषणबाजी धेरै भएको भन्दै ओलीले न्याय किनबेच गर्ने न्यायाधीशले पनि राजीनामा दिनुपर्ने बताएका हुन् ।‘अदालतको प्रांगणमा अधिवक्ताहरुको भाषण सुनिरहनु भएकै होला । भ्रष्टाचारका कुरा, सट्तापट्टाका कुरा, न्याय किनबेच भएको कुरा न्यायाधीशहरूबाट आए । हामीले भोगेको अन्यायको भित्री कुरा यस्तो रहे

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 117 पटक पढिएको
  • ‘न्यायालयको विवाद वार्ताबाट समाधान गर्नुपर्छ’

    जनकपुर / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले न्यायालयभित्रको विवाद वार्ता र संवादका माध्यमबाट छिटोभन्दा छिटो हल गर्नुपर्ने बताएका छन् ।जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले भने, –“हरेक समस्याको समाधान गर्ने उपयुक्त विधि वार्ता र संवाद नै हो, अरु कुनै विधि नै छैन, त्यसैले वार्ता र संवादकै माध्यमबाट अहिले न्यायालयभित्र देखिएको विवाद समाधान गर्नुपर्छ ।”समस्या समाधानमा ढिलाइ हुँदै आम जनतामा नकारात्मक सन्देश गइरहेकाले न्यायालयभित्रको विवाद समाधान हुनेगरि संवाद अघि बढाउन प्रधानमन्त्रीसँग छलफल भइसकेको र

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 103 पटक पढिएको
  • शिक्षा मन्त्री र जर्मनीका राजदूतबीच भेटवार्ता

    काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र जर्मनका राजदूत डा थोमस प्रिन्जबीच भेटवार्ता भएको छ । मङ्गलबार मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच विज्ञान तथा प्रविधिको विकास, वातावरणीय असन्तुलन, नवीकरणीय ऊर्जाको विकास एवम् उत्पादनको विषयमा छलफल भएको एक नेताले बताए । भेटवार्तामा मन्त्री पौडेलले नेपाल र जर्मनबीच सन् १९५८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको र सन् २००६ मा नेपालमा राजदूतावास खुलेपछि द्विपक्षीय सम्बन्ध सधैँ उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै प्राविधिक र आर्थिक क्षेत्रमा सहयोग गर्न अपिल गरे । उनले प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको माध्यमबा

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 93 पटक पढिएको
  • झापाका ५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

    झापा / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत झापाका ५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । सोमबार सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं १ मा इन्द्रबहादुर बुढाथोकी विजयी भएका छन् ।उनले आफ्ना प्रतिस्पर्धी गोपाल तामाङलाई पछि पार्दै जित हासिल गरेका हुन् । क्षेत्र नं २ मा खगेन्द्र मैनाली निर्वाचित भएका छन् । क्षेत्र नं ३ मा गणेश पोखरेल निर्वाचित भए । पोखरेलले आफ्ना प्रतिस्पर्धी राजेन्द्र घिमिरेलाई पराजित गर्दै सभापति बनेका हुन् ।क्षेत्र नं ४ मा जयनारायण शाह निर्वाचित भए । शाहले आफ्ना प्रतिस्पर्धी नारायणप्रसाद बजगाईँलाई पराजित गरे । क्षेत्र नं ५ मा ढु

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 120 पटक पढिएको
  • एमाले नेता नेम्वाङको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारीको घोषणा

    काठमाडौँ / एमाले नेता सुवासचन्द्र नेम्वाङले चितवनमा हुने नेकपा (एमाले) को दसौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताउँदै उनले भने, – ‘मेरो सर्वसम्मत गरौँ भन्ने जोड हो । तर सर्वसम्मत भएन भने साथीहरूसँग सल्लाह गरेर उम्मेदवारी दिनै पर्यो ।’‘अहिलेसम्म साथीहरूको सल्लाह तपाईंले वरिष्ठमा उम्मेदवारी दिनुपर्छ भन्ने छ । अव साथीहरूसँग सल्लाह गरेर उम्मेदवारी दिन्छु’, नेम्वाङको भनाइ छ ।&nb

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 106 पटक पढिएको
  • आगामी निर्वाचनमा चितवनबाटै उठ्दै प्रचण्ड

    चितवन / नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी आम निर्वाचनमा चितवनबाटै उम्मेदवार बन्ने भएका छन्। सोमबार चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका –२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा चितवन क्षेत्र नं ३ बाटै आफ्नो उम्मेदवारी रहने बताएका हुन् । भरतपुर महानगरको विकास लोभलाग्दो रहेको भन्दै अध्यक्ष दाहालले यसलाई अझ उचाइमा पुऱ्याउनका लागि आफ्नो उम्मेदवारी रहने दाहालले बताए । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समृद्ध तराई(मधेश कार्यक्रमअन्तर्गत आयोजना सुरु

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 102 पटक पढिएको
  • कांग्रेसको धनकुटा जिल्ला अधिवेशन स्थगित

    धनकुटा / नेपाली काँग्रेस धनकुटा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबार जिल्ला अधिवेशनका लागि मिति तय गरेपनि कमोट फागोले दबाब दिएपछि निर्वाचन अधिकृत पिकम राईले अधिवेशन स्थगित गरेका हुन् । सभापति शेरबहादुर देउवा पक्षले दुई वटै प्रदेशसभा क्षेत्रीय सभापति जितेपछि कृष्णप्रसाद सिटौला निकट फागो समूहले जिल्ला अधिवेशन बहिस्कारको नीति लिएको हो ।जिल्ला अधिवेशन सर्वसम्मत चयनको बाटोमा जानुपर्ने फागो समूहको जोड छ  । तर वर्तमान कोषाध्यक्ष तथा जिल्ला सभापतिका उम्मेदवार दिनेश राई र फागोबीच सहमतिमा जानेबारे कुरा नमिलेपछि अधिवेशन स्थगित भएको बुझिएको छ । राई देउवा समूहबाट उम्

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 133 पटक पढिएको
  • आज एमालेको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटीको बैठक आज (मंगलबार) बस्दै छ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्न लागेको हो । सोमबार बोलाइएको बैठक तयारी नपुगेको भन्दै मङ्गलबारका लागि सारिएको थियो । महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषयमा छलफल गर्न र पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषयमा बैठकमा छलफल हुने  एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजित एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् ।एमालेले १९०० बढी महाधिवेशन प्रतिनिधि च

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 96 पटक पढिएको
  • एमाले स्थायी कमिटी बैठक मङ्गलबारलाई सारियो

    काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक भोली (मंगलबार) विहान ११ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा दशौँ महाधिवेशनका लागि केन्द्रीय कमिटी बैठकले विधानअनुसार मनोनित गर्न पाउने ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने कार्यालय सचिव तामाङले बताए । आज पार्टीका शीर्ष नेताहरू व्यस्त रहेका कारण तयारी नपुगेको भन्दै बैठक भोलिका लागि सारिएको तामाङले बताए ।भोलि बस्ने बैठकमा चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुन गइरहेको दशौँ महाधिवेशनको तयारीका बारेमा समीक्षा गर्ने तथा व्यवस्थापकीय कामलाई चुस

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 100 पटक पढिएको
  • प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन बारको आग्रह

    काठमाडौँ / नेपाल बार एसोसिएसनले सोमबार सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणको माग गर्दै बारले ज्ञापनपत्र बुझाएको हो । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आज सोमबार सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटा सहित संसदीय दलका नेताहरूलाई भेटेर ज्ञापनपत्र बुझाएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले झण्डै एक महिनादेखि सर्वोच्च अदालत परिसरमा धर्ना र प्रदर्शन गर्दै आएको छ ।तर आफूहरूको पहलले मात्

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 94 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.