समाचार

    Showing 10,501-10,510 of 26,676 items.
  • गृह मन्त्रालयको आग्रह बाढीमा फसेकाले यी नम्बरमा सम्पर्क गर्नुस्

    काठमाण्डौ  ।  सरकारले आपतमा परेकाहरूलाई नजिकको स्थानीय प्रशासनमा फोन गरेर सहयोग माग्न भनेको हो । झरी र बाढीबाट प्रभावितहरूलाई तत्काल उद्दार गर्न आवश्यक परे हेलिकप्टरको व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ । ७७ जिल्लाका स्थानीय प्रशासन र सुरक्षा निकायहरूको फोन नम्बर सार्वजनिक गरेको छ । गृह मन्त्रालयले झरीका कारण बाटोमा अलपत्र परेकाहरूलाई सुरक्षित स्थानमा सार्ने र उनीहरूलाई बस्ने तथा खाने व्यवस्था मिलाउन स्थानीय प्रशासनहरूलाई निर्देशन दिने निर्णय गरेको हो ।सरकारले झरी र बाढीपहिरोबाट प्रभावित भएकाहरूलाई सकेसम्म छिटो उद्दार र राहत उपलब्ध गराउने निर्णय गर्दै अलपत्र परेकाहरूलाई सुरक्षित ठा

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 487 पटक पढिएको
  • भक्तपुर हनुमन्ते खोलाकाे आसपासकाे बस्तीमा सतर्कता अपनाउन अनुराेध

    काठमाण्डौ  ।  भक्तपुर भएर बहने हनुमन्ते खोलाकाे आसपासकाे बस्तीमा सतर्कता अपनाउन अनुराेध गरिएको छ।अविरल वर्षापछि भक्तपुरको जगाति,हनुममानघाट, टुरिजम मार्केट, सल्लाघारी र राधेराधे हुँदै बहने हनुमन्ते खोलाको सतही तहमा पानी पुगेको छ। प्रहरीले खोला क्षेत्रमा पानीको बहाव बढेको जनाएको छ। निरन्तर वर्षाले खोला छेउका बस्तीमा आज बेलुकासम्म प्रवेश गरी राति डुबान हुने सम्भावना उच्च रहेकाले प्रशासनले उच्च सतर्कता अपनाउन र पूर्वसावधानी अपनाउन अनुरोध गरेको छ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 313 पटक पढिएको
  • लगातार वर्षासँगै टेकुस्थित सुकुम्बासी बस्ती डुबानको उच्च जोखिममा

    काठमाडौं— अविरल वर्षाले काठमाडौं उपत्यकाका खोला किनारका बस्तीहरूलाई जोखिममा पार्न थालेको छ। बागमती नदीको पानीको सतह बढ्दै जाँदा टेकु क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा बाढी पस्न थालेको छ।स्थानीय बासिन्दाहरूका अनुसार नदीको पानी बिस्तारै तल्लो बस्तीहरूमा पस्न थालेको छ। 'पानी झन् झन् नजिक आउँदैछ, रातभर निद्रा लागेन,' एक बासिन्दाले बताए। यदि वर्षा अझै निरन्तर भयो भने बस्ती डुबानमा पर्ने स्पष्ट खतरा देखिएको छ।बाढीको डरले त्रस्त बासिन्दाहरू वैकल्पिक सुरक्षित स्थानतर्फ जान चाहन्छन्, तर वैकल्पिक बासस्थान नहुँदा अन्योलमा परेका छन्। स्थानीय प्रशासन तथा विपद् व्यवस्थापन कार्यालयलाई खबर गरिसकिएको जनाइएको

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 822 पटक पढिएको
  • धनगढीदेखि पोखरा जादै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ जना घाइते

    कैलाली— धनगढीबाट पोखराका लागि छुटेको बा२ख१९०७ नम्बरको बस दिउँसो धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य १२ जना घाइते भएका छन् ।धनगढी उपमहानगरपालिका–४ का ६२ वर्षीय गणेशबहादुर शाहीको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवाले जानकारी दिए । बसमा सवार सबै १२ जना घाइते भएका छन् । उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार जारी छ । 

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 711 पटक पढिएको
  • गृहमन्त्रीलाई सुदन र मिराजको सुझाब हेलिकप्टर उद्दारमा खटाइयोस

    काठमाण्डौ  ।  शनिबार सुदन गुरुङ र मिराज ढुंगानाले गृहमन्त्री सङ्ग भेट गरि बिपतका बेला हिजो जस्तो लोकप्रियता कमाउनको लागि  हेलिकप्टर बाट नेता भिजिट गर्न फिल्ड जाने होइन,फास्ट ट्र्याकमा त्यो हेलिकप्टरमा  उद्दार टोली खटाउने हो भनेर सुझाब दिएका छन्। जेन जी अगुवा सुदन गुरुङ र मिराज ढुंगानाले अविरल वर्षाले ल्याएको संकटबीच जनताको उद्धारका लागि हेलिकप्टर तत्काल प्रयोग गर्न गृह मन्त्रालयमा पुगेर सरकारलाई आग्रह गरेका छन्। उनीहरूले उद्धार–राहतमा रत्तिभर ढिलाइ भए जनधनको क्षति बढ्ने चेतावनीसमेत दिएका छन्। यसैबीच, अन्तरिम सरकारले देशभर रहेका सबै हेलिकप्टर उद्धार र राहतका लागि तैनाथ

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 598 पटक पढिएको
  • अविरल वर्षासंगै काठमाडौंका खोला किनारका सुकुम्वासी बस्ती डुवानमा

    काठमाण्डौ  ।  अविरल वर्षासंगै काठमाडौंका बागमती खोला किनारका सुकुम्वासी बस्ती डुवानमा परेका छन।अविरल वर्षासंगै काठमाडौंका केही स्थानका बस्ती डुवानमा परेको छ । बागमती खोला किनारका सुकुम्वासी बस्ती डुवानमा परेका हुन्। पछिल्लो समयमा बागमती नदीमा पानीको जलसतहले सीमा पार गरेपछि किनारमा रहेको सुकुम्बासी वस्तीमा बाढीको भेल पसेको छ । सुकुम्वासी बस्तीहरूमा बाढीको भेल पसेपछि स्थानीयवासी विस्थापित हुन थालेका छन्।डुबानका कारण जोखिम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै नेपाली सेनासमेत परिचालन गरी ती बस्तीहरू खाली गराउने कार्य सुरु गरिएको छ।सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रका घर–घरमा पुगेर अव

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 372 पटक पढिएको
  • चोभार–गल्छी क्षेत्रको निरीक्षणमा ऊर्जामन्त्री कुलमान घिसिङ

    काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले सहरी विकास सचिव गोपाल सिग्देललाई लिएर चोभार–गल्छी क्षेत्रको निरीक्षणमा पुगेका छन् । चोभार गल्छीबाट काठमाडौँ उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने भएकाले घिसिङ सो क्षेत्रको  निरीक्षणमा पुगेका हुन् ।मन्त्री घिसिङले धोवीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर, बागमती नदी कोरिडोर लगायतका क्षेत्रहरूको अवलोकन गरी तिनको वरिपरिका बस्तीहरूको अवस्थाबारे पनि जानकारी लिएका छन् । सो क्रममा घिसिङले नदी किनारका बस्तीका बासिन्दाहरूलाई उच्च सतर्कताका साथ सुरक्षित भएर बस्न आग्रह

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 597 पटक पढिएको
  • कार्यालय प्रमुखहरुलाई हाजिर हुन सामान्यको निर्देशन

    काठमाडौं— संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लास्थित कार्यालय प्रमुखहरुलाई १८ गतेसम्म कार्यालयमा पुग्न निर्देशन जारी गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन भन्दै मन्त्रालयले कार्यालय प्रमुखहरुलाई अनिवार्य रुपमा कार्यालय पुग्न भनेको‍ हो ।दसैं बिदाका क्रममा विभिन्न स्थानमा रहेका कर्मचारीहरुको हकमा यस्तो निर्देशन जारी भएको भए पनि सबै राजमार्ग र सवारी साधन सञ्चालनमा रोक लागेको छ । १७-२० गतेसम्मको विपत्‌को पूर्व तयारी, सतर्कता र प्रतिकार्यमा जुट्नका लागि यस्तो निर्देशन जारी गरेको हो ।कालीप्रसाद पराजुलीले सम्भव भएकाहरुको हकमा अलर्ट रहन पत्राचार गरेको प्रतिक्रिया

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 637 पटक पढिएको
  • निरन्तरको वर्षाले जलमग्न धनुषा, बजार सुनसान, जनजीवन प्रभावित

    जनकपुर—  हिजो(शुक्रबार) रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण धनुषाका विभिन्न स्थानहरु जलमग्न भएका छन् । जनकपुरधाम, ढल्केवर, महेन्द्रनगरलगायत सहरी क्षेत्रसहित ग्रामिण भेगका गाउँहरु जलमग्न भएका छन् । बजारका अधिकांश पसलहरु बन्द छन् भने चहलपहल पनि सून्य देखिएको छ ।घुम्न आएका पर्यटकहरुलाई असहज भएको देखिएको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचना अनुसार तीन दिन लगातार पानी पर्ने उल्लेख रहेको छ ।मधेश प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य निर्देशनालय सपही, धनुषाले पनि सूचना जारी गरी तीन दिन सर्तक रह्न सम्पूर्ण प्रदेशवासीलाई आग्रह गरेको छ । निर्देशनालयले तीन दिन अतिआवश्यक बाहेक आवत जावत न

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 706 पटक पढिएको
  • आइतबार र सोमबार सार्वजनिक बिदा

    काठमाण्डौ । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ। सरकारले आइतबार र सोमबार बिदा दिएको हो। सरकारी कार्यालयहरू भोलि (आइतबार)देखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन।विपद् व्यवस्थापन र अत्यावश्यक सेवा प्रवाह कार्यालय बाहेकलाई मात्रै यो सार्वजनिक बिदा दिएको मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 762 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.