एजेन्सी— चीनले सोमबार तीनवटा उपग्रहहरू सहितको लिजियान–२ वाई १ वाहक रकेट प्रक्षेपण गरेको छ ।रकेटले उत्तरपश्चिम चीनको व्यावसायिक एयरोस्पेस नवप्रवर्तन पायलट क्षेत्रबाट १९ः०० बजे (बेइजिङ समय) प्रक्षेपण गरेको र उपग्रहहरूलाई योजनाबद्ध कक्षामा सफलतापूर्वक पठाएको हो ।
काठमाडौं— मुग्लिन–नागढुंगा सडक आजदेखि तीन दिनसम्म रातको समयमा बन्द हुने भएको छ ।चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिरलगायतका स्थानमा सडक स्तरोन्नतिको कार्य भइरहेका कारण रातको समयमा सडकखण्ड बन्द गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङले जानकारी दिए ।उनले आजदेखि तीन दिनसम्म राति १० बजे देखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक स्तरोन्नतिको काम तीव्र रुपमा गर्ने जानकारी दिएका हुन् ।उनले भने,‘अहिले चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिर लगायतका स्थानमा सडक स्तरोन्नतिको कार्य भइरहेको छ । त्यही कारणले आज देखि तीन दिनसम्म राति १० बजेदेखि ४ बजेसम्म सड
इलाम— ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले इलामबाट एक पुरुषलाई पक्राउ गरेको छ। देउमाई नगरपालिका-३ सुर्के बस्ने ४० वर्षीय राजु बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।राजुले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटिएको थियो।घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं— कम्बोडियामा बिनाभिसा बसिरहेका १२ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ। थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासका अनुसार उनीहरूलाई मंगलबार नेपाल ल्याइएको हो।राजदूतावासका अनुसार ती नेपाली विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका थिए। त्यहाँ पुगेपछि उनीहरूलाई अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन ‘स्क्यामिङ’ केन्द्र, क्यासिनोमार्फत ठगी तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको पाइएको छ।कम्बोडिया सरकारको समन्वयमा उनीहरूको उद्धार सम्भव भएको दूतावासले जनाएको छ। साथै, यस्तै अवस्थामा अलपत्र परेका अन्य नेपालीलाई समेत स्वदेश फर्काउने प्रक्रिया जारी रहेको उल्लेख गरिएको छ।दूतावासका अन
सर्लाही— सत्ताको आडमा वर्षौँदेखि अवैध रूपमा सञ्चालन हुँदै आएको सर्लाहीको बसबरिया गाउँपालिका–३, कोठियारस्थित अभिनित वासिङ्ग उद्योग तथा अभिनित ढुंगा क्रसर उद्योग अन्ततः बन्द गरिएको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रशासनले सोमबार दिउँसो उक्त क्रसर उद्योग बन्द गराएको हो। देशभर अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योगहरू बन्द गराउने उद्देश्यले गृह मन्त्रालयले हालै सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन जारी गरेको थियो।निर्देशनअनुसार दर्ता नभएका, नवीकरण नगरेका तथा सञ्चालन अनुमति नलिई चलिरहेका ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा प्रशोधनमा संलग्न उद्योगहरू तत्काल बन्द गर्न भनिएको छ। सोही नि
काठमाडौं— रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।आज बिहान बुढानिलकण्ठस्थित ठाकुरको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजना लगायत विषयमा छलफल भएको छ ।पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुबै पक्ष एकमत भएका छन् ।
काठमाडौं— नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं— विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा अन्तर्गतका सेवामा ढिलासुस्ती गर्नुका साथै बिरामीलाई आवश्यक सुविधा दिन आनाकानी गरेको गुनासो बढेपछि स्वास्थ्य बीमा बोर्डले कडाइ गर्ने संकेत दिएको छ ।बोर्डका अनुसार केही सेवा प्रदायक संस्थाले बीमित सेवाग्राहीलाई सहज रूपमा सेवा नदिएको, अनावश्यक झन्झट दिने तथा उपचार प्रक्रियामा अवरोध सिर्जना गर्ने अवस्था देखिएको छ । यस्तो प्रवृत्ति रोक्न सबै स्वास्थ्य संस्थालाई जिम्मेवार बन्न बोर्डले आग्रह गरेको छ ।बीमा सेवा लिन अग्रिम समय लिनुपर्ने बाध्यता, बीमितप्रति विभेदपूर्ण व्यवहार तथा आवश्यक औषधि र सेवामा कमी भएको विषयमा बोर्डको गम्भीर ध्यानाकर्
काठमाडौं— संसद् सचिवालयले सरकारको सिफारिसअनुसार संघीय संसद्को अधिवेशनअघि सर्वदलीय बैठक आह्वान गरेको छ। प्रतिनिधिसभाबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ।सर्वदलीय बैठक बुधबार दिउँसो १ बजे बस्नेछ। बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन्।प्रतिनिधिसभाको पहिलो बैठकले सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउनेछ। त्यस्तै, राजनीतिक दलहरूले चाहेको खण्डमा शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने चलन पनि रहनेछ।
काठमाडौं— काठमाडौंमा उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारी र गोपालप्रसाद बास्तोलाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतले प्रतिपादन गरेका बाध्यकारी कानुनी सिद्धान्त पालना नगरी फैसला गरेको आरोप लगाउँदै निवेदन दिएका हुन्। उक्त मुद्दाको पेसी चैत १८ गतेका लागि तोकिएको छ।निवेदनमा ट्राफिक प्रहरीले सवारी साधनमा ‘ह्विल लक’ प्रयोग गरेको विषयमा उच्च अदालतले रिट खारेज गर्दा स्थापित कानुनी सिद्धान्त बेवास्ता गरिएको दाबी गरिएको छ। संविधानअनुसार सर्वोच्च अदालतका सिद्धान्त सबैले पालना गर्नुपर्ने व्यवस्था हुँदाहुँदै त्यसको उल्लंघन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.