समाज

    Showing 5,351-5,360 of 6,767 items.
  • इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध

    काठमाडौं— पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति गरेपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ ।पहिरोले काबेली करिडोर १३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टाबर ढलेको छ । टावर ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध भएको हो ।यसैबीच, नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक माध्यमबाट बत्ती बाल्ने प्रयास जारी रहेको जनाएको छ ।काबेली करिडोर १३२ केभी प्रसारण लाइन निर्माण भएपछि पूर्वी पहाडमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्ने तथा यी क्षेत्रमा विद्युत् सेवा वितरणको कार्य सोही करिडोरको माध्यमबाट हुँदै आएको थियो ।

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 403 पटक पढिएको
  • हेलिकोप्टरबाट १६१ जनाको सकुशल उद्धार

    काठमाडौं— गृह मन्त्रालयले शनिबार र आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकोप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्धार गरेको छ ।गृह मन्त्रालयकमाम प्रवक्ता एवम् सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए। खराब मौसमका कारण शनिबार नै हेलिकोप्टर त्यहाँ पठाइएपनि उद्धार गर्न असहज भएको थियो ।काभ्रेपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकोप्टरले उद्धार कार्य जारी राखेको छ । प्रवक्ता तिवारीले गृह मन्त्रालयको अनुरोधमा विपदको जोखिममा रहेका नागरिकहरुको उद्धारमा सेनाले

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 381 पटक पढिएको
  • बाढीपहिरो र डुबानमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता

    काठमाडौं – बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपदमा परी १०१ जना घाइते भएका छन्।ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु र पाँचथरमा ५-५, भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् ।गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा ३, सिन्धुली र धनकुटामा २-२, महोत्तरीमा २, रामेछाप, झापा, उदयपुर, इलाम, सप्तरी, र नुवाकोटमा १-१ जनाको मृत्यु भएको छ ।प्रभावित क्षेत्रमा ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएका छन् भने हालसम्म ३,०३९ जनाको उद्धार गरिएको छ ।

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 443 पटक पढिएको
  • झ्याप्लेखोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए

    काठमाडौं–धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोले पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ। बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबस र नम्बर नखुलेको बसबाट ती शवहरू निकालिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । उनका अनुसार, पहिरोले तीन वटा सवारीसाधन पुरिएका छन् भने उद्धार कार्य जारी छ ।

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 499 पटक पढिएको
  • हुम्लामा भूकम्पको धक्का महसुस

    काठमाडौं— हुम्लामा शुक्रबार राति भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ३६ मिनेट जाँदा ३.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको केन्द्रबिन्दु हेप्काको आसपास रहेको थियो ।

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 301 पटक पढिएको
  • नागढुङ्गाको नागमन्दिरमा पहिरो गएपछि यातायात पूर्ण अवरुद्ध

    काठमाडौं— चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहान १२:२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । नागढुङ्गा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूमा अवरुद्ध भएको छभने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् ।  

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 316 पटक पढिएको
  • हिजोदेखिको लगातार वर्षा भोलिसम्म नै कायम रहने, देशभरको जनजीवन प्रभावित

    काठमाडौं— शुक्रबार बिहानदेखिको निरन्तर वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ। दशैँको चहलपहल सुरु भइसकेका बेला देशभर एकैसाथ वर्षा भएपछि मानिसको आवागमन प्रभावित भएको छ। देशका विभिन्न भागमा बाढीपहिरो र डुबानको त्रास बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी, वाग्मती र लुम्बिनी प्रदेशका कतिपय ठाउँमा धेरै भारी र अति भारी वर्षासमेत भएको छ। विभागले १० मिलिमिटरभन्दा कमलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षाका रूपमा लिने गरेको छ। १०० देखि २०० मिलिमिटरस

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 453 पटक पढिएको
  • सर्लाहीमा श्रीमतीको गोली हानी हत्या

    सर्लाही– जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले श्रीमतीको गोली प्रहार गरी हत्या गरेका छन्। हरिपूर्वा नगरपालिका–५ निवासी २३ वर्षीया चित्रलेखा यादवको आफ्नै श्रीमान्ले बिहीबार राति १ बजे गोली हानी हत्या गरेका हुन्।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, घरायसी विवादका कारण घटना घटेको खुलासा भएको छ। वैदेशिक रोजगारीबाट फर्किएका श्रीमान्ले घर आएपछि श्रीमतीसँग विवाद गरेका थिए, जसले हत्या सम्मको रूप लियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठका अनुसार, घटनामा संलग्न युवकले आफ्नो ५४ वर्षीय बुवा रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन्। घाइते रामदिनेश

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 315 पटक पढिएको
  • टर्कीमा आकर्षक तलबको प्रलोभनमा ठगी

    काठमाडौं—वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा ५१ वर्षीय लिला बहादुर खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । बाणगंगा नगरपालिका–७, कपिलवस्तुका निवासी खड्काले टर्की पठाइदिन्छु भन्दै एक पीडितबाट ७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनलाई काठमाडौं बाफलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा पठाइएको छ  ।

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 492 पटक पढिएको
  • बाबुको हत्या अभियोगमा छोरा प्रहरी हिरासतमा

    काठमाडौं–सिराहाको औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई आफ्ना ६५ वर्षीय पिता भालेश्वर यादवको हत्या अभियोगमा प्रहरीले हिरासतमा लिएको छ । प्रहरीले दिएको जानकारी अनुसार, छोरासँगै उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा भालेश्वरमाथि कुटपिट गरेका थिए । गम्भीर घाइते भएका भालेश्वरलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमा मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 411 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा