काठमाडौं— लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए । उनका अनुसार इच्छाकामना गाउँपालिका–६ कालिखोलाको पहिरो पन्छाएर दुईतर्फी र भरतपुर महानगरपालिका–२९ सिमलतालमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । सिमलतालमा दुईतर्फी यातायात खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको सुवेदीले जानकारी दिए । सिमलतालको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजीकार्य जारी छ । अहिले बस र यात्रुको खोजीका ला
बुटवल— जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलेर अवैध रूपमा भारतीय सीमा नाकाबाट ल्याइएका सामानहरू बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानमा खटेको प्रहरीले टोलीले सोमबार दुई लाख ८२ हजार ७ सय ९० रुपैयाँ बराबरको अवैध चोरी पैठारी गरेर ल्याएका सामानहरू बरामद गरिएको हो। बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागी भैरहवा भन्सार कार्यालय बेलहिया बुझाइएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिए। साडी, कुर्था सुरुवाल, दौरा सुरुवाल, कोट पाइन्ट, चिनी, प्याज लगायत सामग्रीहरू बरामद गरिएको छ। प्रहरीले रोहणी गाउँपालिका-२ निवासी राजमन हरिजन र सोही गाउँपालिका-७ न
नयाँदिल्ली- भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन्। पछिल्लो २४ घण्टामा राज्यका सात जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ। 'विगत २४ घण्टामा चट्याङका कारण जमुई र कैमुरमा तीनरतीन, रोहतासमा दुई र सहरसा, सारण, भोजपुर र गोपालगञ्जमा एकरएकजनाको मृत्यु भएको छ,' मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने मानिसहरूलाई चट्याङ लागेर धेरैको मृत्यु भएको रिपोर्टहरूले बताएको छ।हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ । राससरसिन्ह्वा
काठमाडौँ- यस वर्षको मनसुन सुरु भएयता नेपालमा विपद्का घटनामा परी ७४ जनाको मृत्यु भएको छ । ८८ जना घाइते छन् ।अविरल वर्षाका कारण २०८१ जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार विपद्मा परी काठमाडौं उपत्यकामा एकजना, कोसी प्रदेशमा १८, मधेसमा तीन, वाग्मतीमा चार, गण्डकीमा २२, लुम्बिनीमा १८, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको हो । विपद्का घटनाबाट देशभर ८८ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा तीनजना, कोसी प्रदेशमा २१, मधेसमा पाँच, वाग्मती चार, गण्डकीम
कञ्चनपुर— कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो। राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। त्यसैगरी बेल्डाँडी गाउँपालिका-३ वैवाहका २३ वर्षीय डम्बर चौधरी बाढीमा बगेर बेपत्ता भएका छन्। प्रहरी र स्थानीयको सहयोगमा अहिले उनको खोजी भइरहेको छ।
बाँके— बाँकेको कोहलपुर नगरपालिका पनि यस वर्ष बाढी र डुबानको अत्यधिक जोखिममा रहेको प्रक्षेपण कोहलपुर नगरपालिकाले गरेको छ ।कोहलपुर नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ मा सो कुरा उल्लेख गर्नुहुँदै यस वर्ष वर्षा बढी भएकाले बाढी र डुबानबाट नगरपालिकाका १५ वडाका तीन हजार घरधुरीका १३ हजार ६३० परिवार उच्च जोखिममा रहेको प्रक्षेपण गरिएको छ ।आइतबारको नगर विपद् व्यवस्थापन समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ लाई पारित गरेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताए । अब सोही योजना अनुसार क्षतिलाई न्यूनीकरण
झापा— झापाका युवाले नेताहरूलाई खबरदारी गर्न अनौठो शैली अपनाएका छन् । पीके फिल्ममा देखिएको दृश्य अहिले झापामा देखिएको छ । जिल्लाकै सदरमुकाम जोड्ने मुख्य सडक निर्माणमा चरम लापरबाही भएको भन्दै युवाहरूले शीर्ष नेताहरु लापता भएको तस्बिर राखेर विरोध प्रदर्शन गरेका छन्। भद्रपुर सडक खण्ड अन्तरगत चन्द्रगढीस्थित लेखनाथ चोकमा युवाहरूले झापाबाट निर्वाचित भएका ‘हेविवेट’ नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको तस्बिरमा ‘लापता’ लेखेर विरोध जनाएका हुन्। सडक निर्माणमा ढिलासुस्ती भएको क्षेत्रबाटै शर्मा र
बुटवल— बुटवल पोखरा सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका–११ तुल्सिभन्ञ्याङमा राजमार्ग भासिएको छ ।दुई ठाउँमा सडक भासिँदा सयौँ सवारीसाधन बाटैमा रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।अविरल वर्षासँगै ५० मिटर लम्बाई र तीन मिटर चौडाइ सडक भासिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । अवरुद्ध सडकलाई एक तर्फी भए पनि खोल्ने प्रयास भइरहेको बताउँदै रानाले नदीको छेउँछाउँ नजान र घरमै बस्न सबैलाई अपिल गरेका छन् ।
बझाङ— वर्षासँगै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमको पहाडी जिल्लामा जाने यातायात पनि अवरुद्ध भएको छ ।बझाङ र बैतडीको सीमानजिक पहिरो खस्दा शनिबार रातिदेखि बझाङबाट धनगढी, महेन्द्रनगरतर्फ गइरहेका बस तथा जिप र महेन्द्रनगर, धनगढीबाट बझाङ आइरहेका सवारीसाधन बाटोमा रोकिएका छन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका अन्य राजमार्ग पहिरोले अवरुद्ध भएका छन् । पहिरोले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने सडकहरू ठाउँ–ठाउँमा अवरुद्ध हुँदा सयौं यात्रुहरु अलपत्र परेका छन् । सुदूरपश्चिम प्रदेश
काठमाडौं— लगातार वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरण गर्न गृह मन्त्रालयले मातहतका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई तत्काल उद्धारमा खटिन निर्देशन दिएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयमा शनिबार आपत्कालीन बैठक राख्दै यस्तो निर्देशन दिएका हुन्।‘सिंहदरबारमा बसेर क्षतिको विवरणबारे आमनागरिकलाई सूचना दिएर हाम्रो दायित्व पूरा हुँदैन। क्षति कम गर्न र उद्धारलगायत काममा हामीले कसरी काम गरेका छौँ भन्ने विषय महत्वपूर्ण हुन्छ। विपत् पूर्वतयारी योजना, निर्देशिका र कार्यविधिका कागजलाई व्यवहारमा उतार्ने समय आएको छ। हामीले हरेक व्यक्तिको ज्यान जाँदाको रा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.