समाज

    Showing 5,631-5,640 of 6,767 items.
  • इटहरीमा आफ्नै श्रीमती र छोरीमाथि धारिलो हतियार प्रयोग , श्रीमतीको अवस्था गम्भीर

     इटहरी// इटहरीमा एक व्यक्तिले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमती र छोरीलाई  गम्भीर घाइते बनाएका छन्। इटहरी उपमहानगरपालिका - ४ का हरि बानियाँले ४० बर्षीया श्रीमती कविता बानियाँ र छोरी कजिना बानियाँलाई धारिलो हतियार  प्रयोग गरेका हुन्।दुवै जनालाई प्रहरीले उद्धार गरेको हो। श्रीमतिको टाउको र शरिरमा गम्भिर चोट लागेको छ ।उनको अवस्था गम्भिर रहेको बताइएको छ। छोरीको पनि शरिरमा चोट लागेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरिक्षक केशव कुमार कटवालले जानकारी गराएका छन्।घाइते दुवैलाई उपचारका लागि बिराटनगर स्थित न्युरो हस्पिटलमा पठाइएको छ । यता हतियार प्रहार गर्ने हरिलाई पक्राउ गर

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 166 पटक पढिएको
  • १४ वर्षीया बालिका बलात्कृत

    ललितपुर / ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका–४ घर भएका ३८ वर्षीय सुशिल चटौत रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 171 पटक पढिएको
  • वडा अध्यक्षको हृदयघातले मृत्यु

    सिराहा / पाँच वर्षे कार्यकाल समाप्ती हुनै लागेका बेला सिरहाको गोलबजार नगरपालिका–११का वडा अध्यक्ष रामदेव यादवको हृदयघातका कारण निधन भएको छ ।५२ वर्षीय यादवको शुक्रबार निधन भएको गोलबजार नगरपालिकाले जानकारी गराएको छ । मृतक यादवलाई एक महिनाकै अवधिमा यसअघि पनि दुई पटक हृदयघात भईसकेको थियो ।हृदयघात पछि उपचार गरेर घर फर्किएका उनलाई बिहीबार पुनः हृदयघात भएको थियो । बिहीबार पुन हृदयघात भएपछि उपचारका लागि धरान स्थित वी।पि। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने क्रममा उनको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।  मृतक यादव नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । उनको आजै अन्तिम संस्कार ग

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 176 पटक पढिएको
  • नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चाद्धारा भद्रपुरमा नगर कमिटी गठन

    झापा / नेकपा माओवादी केन्द्र निकट नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चाले झापाको भद्रपुरमा नगर कमिटी गठन गरेको छ । बिहीबार भद्रपुरमा भएको भेलाले लगन रसाइलीको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी गठन गरेको हो । नगर कमिटीको उपाध्यक्षमा टीका दास, गोविन्द खृपाल, नारायण नेपाली र लक्ष्मी रसाइली चयन भएका छन् । त्यस्तै सचिवमा वीरु धमला, सहसचिवमा कुमार बिक, रेणु भुइमाली चयन भएकी छिन भने कोषाध्यक्षमा उमा चर्मकार चयन भएका छन् । नगर अध्यक्ष मोहन धमलाको अध्यक्षतामा भएको कार्यक्रममा मोर्चाका केन्द्रीय सदस्य सुरेश बराइली, मिरा सन्जेल अधिकारी, नगर इन्चार्ज नरेश सन्जेल, सह–इन्चार्ज पुकार राजवंशी, शिवकुमार र

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 136 पटक पढिएको
  • फोहोरको थुप्रोमाथि शिशुको शव फेला

    काठमाडौँ /  काठमाडौँको धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला परेको छ । धोबीखोलाको सेतो पुल नजिकै कपडाले छोपिएको अवस्थामा फोहोरको थुप्रोमाथि नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको हो ।घटनाका विषयमा अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जनाएका छन् । 

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 230 पटक पढिएको
  • श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

    सोलुखुम्बु  / सोलुखुम्बुमा श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफ्नी ३७ वर्षीय श्रीमती मनिला राईको हत्या गरेको अभियोगमा सोलुखुम्बुको माप्य दुधकोसी गाउँपालिका–४का चन्द्र राईलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । बुधवार राती साँढे ७ बजेको समयमा राईले श्रीमती लाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।  राईले सामान्य वादविवादको क्रममा रिसको आवेगमा श्रीमतीलाई खुकुरी प्रहार गरेपछि मनिलाको  घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हो ।  घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 108 पटक पढिएको
  • उपमेयरको अगुवाईमा सडक अवरुद्ध

    काठमाण्डौ / गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको सीमा क्षेत्रमा रहेको जोरपाटी(साखु सडक खण्ड, गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको नेतृत्वमा स्थानीयले आज बिहान ७ बजे देखि अवरुद्ध गरेका छन् ।उनीहरुले नारायणटार बागमती पुलदेखि दक्षिणढोका पुल सम्मको सडक खण्ड बन्द गरेका हुन् ।६ वर्ष अघिदेखि निर्माणाधीन जोरपाटी(साखु सडकखण्ड अझै निर्माण सम्पन्न भैसकेको छैन । धेरै ठाउँमा सडक मर्मत गर्दै छाडिएको छ । यसबाट स्थानीयवासी र सडक प्रयोगकर्ताले हैरानी भोग्दै आएका छन् ।यो सडक खण्ड काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ र २ मा पर्दछ । जहाँबाट क्रमशस् नेकपा एमालेका कृष्ण राई र नेकपा एसका अध्यक्

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 198 पटक पढिएको
  • लेटाङ घटना : प्रहरी हत्यामा संलग्न रहेको अभियोगमा ४९ पक्राउ

    विराटनगर / मोरङको लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी भएको हिंस्रक घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका मध्ये २० जनामाथि  प्रहरीले कर्तव्य ज्यान मुद्दामा कानुनी कारवाही अघि बढाएको छ ।लेटाङको खेरुवा – ५ स्थित शिक्षा सेवा सेवा माविका शिक्षक मनोज पौडेलले आफ्नै विद्यालयकी छात्रामाथि यौन र्दुव्यवहार गरेको विषयमा स्थानीय र प्रहरीबिच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान गएको थियो ।महिला प्रहरीको ज्यान जाने गरी भएको हिंस्रक घटना पछि प्रहरीले घटनामा संलग्न भएको अभियोगमा नियन्त्रणमा लिएका ४९ जना मध्ये छानविनका क्रममा दोषी पाइएका २० जनामाथि कर्तव्य ज्यान मुद्दामा कानुनी कारवाही अ

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 410 पटक पढिएको
  • ह्याण्ड ग्रिनेडसहित दुईजना ताप्लेजुङबाट पक्राउ

    ताप्लेजुङ//विष्पोटक पदार्थ (ह्याण्ड ग्रिनेड)सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।ताप्लेजुङको  फुङ्लिङ नगरपालिका–३ मेदिवुङमा बम (ह्याण्ड ग्रिनेड) देखाएर स्थानीयलाई धम्काउँदै हिँड्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–३ का चन्द्र मादेन र मिक्वाखोला गाउँपालिका–४ का सञ्जय लिम्बू रहेका छन्। उनीहरुले सडक निर्माण गरिरहेका कामदार र ठेकेदारलाई बम पड्काएर उडाईदिने धम्की दिएको ठेकेदार प्रकाश लिम्बूले जानकारी गराएका छन्। पक्राउ परेका दुबैजना सोहि निर्माण कम्पनीमा कार्यरत थिए। बम देखाएर धम्की दिएको ठेकेदारले जानकारी गराएपछि नेपाली सेनाका सेनानी उमेश श्रेष्ठ, ससस्त्र

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 165 पटक पढिएको
  • खोलाको पानीमा डुबेको अवस्थामा एक मृत फेला

    ओखलढुङ्गा  /  ओखलढुङ्गाको मोलुङ खोलामा पानीमा डुबीरहेको अवस्थामा एकजना मृत फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ओखलढुङ्गाको मानेभन्ज्याङ गाँउपालिका-९ का २५ वर्षीय ज्ञान प्रसाद पहाडी रहेका छन् । शनिवार बेलुका ५ बजे घरबाट हिँडेका पहाडीको खोजतलास गर्ने क्रममा साँझ साँढे ६ बजे पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 102 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा