समाज

    Showing 7,221-7,230 of 11,072 items.
  • प्रधानमन्त्री कार्कीले भेटिन् जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारहरू, दसैंमा टीका नलगाउने अठोट

    काठमाडौं— यस वर्षको दसैं प्रधानमन्त्री सुशीला कार्कीका लागि उत्सव होइन, सम्झनाको अवसर बन्यो। राज्यको उपेक्षा विरुद्ध उठेको जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकहरूका परिवारलाई भेट्दै उनले दसैंमा टीका नलगाउने अठोट पुनः दोहोर्याइन्।आज विहानैदेखि प्रधानमन्त्री कार्की राजधानीका विभिन्न स्थानमा रहेका मृतकका परिवारसँग व्यक्तिगत रूपमा भेटघाट गर्न निस्किइन्।सबैभन्दा पहिला उनले बागलुङका सौरन किशोर श्रेष्ठका परिवारलाई वनस्थलीस्थित घरमा पुगेर भेटिन्। प्रधानमन्त्रीले शोकाकुल परिवारसँग केहीबेर समय बिताइन्, चुपचाप सुनेर, कहिलेकाहीं समवेदना जनाउँदै।त्यसपछि उनी नागर्जुन–३ की कान्छी नगरकोटीको घर पुगिन्। त्यहाँ

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 649 पटक पढिएको
  • मुख्यमन्त्री कार्की भन्छन बडादशैँले राष्ट्रिय एकतालाई सबल बनाउनेछ

    बिराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी, २०८२ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।  मुख्यमन्त्री कार्कीले बिहीबार विजयादशमीको उपलक्ष्यमा शुभकामना दिँदै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपालको ऐतिहासिक परम्परा र सामाजिक विविधतालाई आत्मसात गर्दै आएको यस पर्वले राष्ट्रिय एकता, आपसी सद्भाव र सामाजिक सहकार्यलाई अझ सबल बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका हुन् ।मुख्यमन्त्री कार्कीले मौलिक परम्परा र सांस्कृतिक विविधताको संरक्

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 694 पटक पढिएको
  • काठमाडौं उपत्यकामा चहलपहल बढ्यो, टीका लगाएर फर्किनेहरुको संख्या बढ्दो

    काठमाडौं— हिन्दुहरुको महान पर्व वडादशैंको मुख्य दिन आज(विहीबार) साइतको टीका सकिएपछि सडकहरुमा मानिसहरुको चहलपहल देखिन थालेको छ ।काठमाडौं उपत्यका नजिकका जिल्लाबाट काठमाडौं फर्किने र टीका एव आशिर्वाद लिन हिडडुल गर्ने मानिसहरुको चाप बढेको छ । तीन दिनयता सुनसान देखिएका काठमाडौंका सडकमा मानिसहरुको उपस्थिति देखिन थालेको हो । सडकहरूमा सवारी चाप बढेको छ । सडकमा हिँड्डुल गर्ने मानिसहरुको संख्या पनि बढेको छ ।  विशेषगरी काठमाडौंको कोटेश्वर, कलंकी, गंगबु, महाराजगन्ज साथै भित्रि सडकहरुमा पनि मानिसहरुको भीड बढ्दै गएको छ ।बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रू

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 668 पटक पढिएको
  • शर्मा नेतृत्वको समितिले एनआरएनए एकताका लागि सुरु गर्यो वार्ता

    काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिले संस्थाभित्र बृहत् एकताका लागि वार्ता सुरु गरेको छ ।गत  मे ३–४  मा काठमाडौँमा भएको एकताको महाधिवेशनबाट २०२५–२७ कार्यकालका  लागि  निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले एकता महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेत समेट्न  लागि वार्ता सुरु गरेको हो। राजेन्द्रकुमार (आरके)शर्माको  संयोजकत्वमा गठित ५ सदस्यीय समितिलाई पूर्णता दिइए लगत्तै वार्ता प्रक्रिया सुरु भएको हो ।समितिको सदस्यमा जानकी गुरुङ, सुनील शाह, नारायण आचार्य र शनि ओली रहेका छन् ।समितिको पहिलो बैठकले एकताको प्रयासलाई

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 643 पटक पढिएको
  • दशैंको समयमा मौसम विग्रियो, सतर्कता अपनाउन अनुरोध

    काठमाडौं— वडादशैंको मुख्य दिन आज देशभरका अधिकांश स्थानको मौसम प्रतिकुल छ । कतिपय स्थानमा वर्षा भएकाले दशैं हिले बनेको छ ।जल तथा मौसम बिज्ञान बिभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । विभागले विशेषगरि वागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश,  प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः असोज १८–२० सम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।विभागका अनुसार बंगालको खाडीमा विकसित भएको

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 712 पटक पढिएको
  • मिथिलामा आज रावण वध उत्सव

    काठमाडौं— मधेसको मिथिला क्षेत्रमा विजयादशमीका दिन आज रावण वध उत्सव हुँदैछ । महोत्तरीको मटिहानीमा आज विजयादशमीका दिन रावण वध उत्सव मनाइने भएको हो । श्रीराम मिथिलाका ज्वाइँ भएको र यहाँकी छोरी सीताको हरणकर्ता भएर पनि रावण वध मैथिलहरूका लागि उत्सव बन्दै आएको मानिन्छ ।  वर्षौंदेखि विजयादशमीका दिन श्रीरामले असुर रावणको सम्हार गरेको स्मरणमा प्रतिकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ । विजयादशमीको दिन साँझको बेला दशानन (दश टाउको भएको) अजङ्को रावण प्रतिमालाई श्रीरामले चलाएको तीरले शिरछेदन गरिएको दृश्य देखाएर उत्सव मनाउने परम्परा गरिएको छ । यस प्रयोजनका लागि दुर्गा मन्दिर परिसरमा अजङ्

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 565 पटक पढिएको
  • दशैं भित्रिए पनि बाजुराका किसान भने बालीनाली भित्र्याउन भ्याइनभ्याई

    बाजुरा— बाजुराका किसान यतिवेला धानबाली भित्र्याउनमा व्यस्त रहेका छन् ।  यहाँका किसानलाई दशैँभन्दा कामको चटारो बढेको हो । असारको महिना लगाएको धानबाली यतिवेला धमाधम काट्ने,चुट्ने काम चलिरहेको छ । यहाँका गाउँबस्तीमा स्थानीय बालीनाली भित्र्याउने,घाँस काट्ने लगायत काममा व्यस्त देखिन्छन् । किसानलाई दसैं भन्दा पनि काम प्यारो बनेको हो । हरेक बर्ष दसैं भन्दा अन्नवाली भित्र्याउन व्यस्त हुने यहाँका किसान यतिवेला पनि बालीनालीमै व्यस्त छन् ।यहाँको त्रिवेणी,बुढिगङ्गा,खप्तड  छेडेदह,गौमुल,बडीमालिका,बुढिनन्दा,स्वामाकार्तिक,हिमाली जगन्नाथका किसानलाई यतिवेला धानसँगै कागुनु, झुमरो, चिनो र फापर काट्

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 551 पटक पढिएको
  • जेनजी आन्दोलनमा घाइते भएका दिपेन्द्र बस्नेतले पाए घाइते परिचयपत्र

    काठमाडौं— गत भाद्र २३ र  २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई नेपाल सरकारले घाइते परिचयपत्र वितरण गरेको छ ।बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकिय अधिकृत सुजन कुमार वर्देवाले अन्नपूर्ण न्युरो अस्पतालमै पुगेर घाइते दिपेन्द्र बस्नेत लगायत अरु घाइतेहरुलाई परिचयपत्र वितरण गरेका हुन् ।दिपेन्द्रको परिचयपत्र उनकी पत्नी संगीता बस्नेतले बुझेकी थिइन् । घाइते भएको २२ दिनपछि उनीहरुले घाइते परिचयपत्र पाएका हुन् ।जेन–जी आन्दोलनको पहिलो दिन– भदौ २३ गते प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लागी दिपेन्द्र बस्नेत ढलेका थिए ।  दैलेख घर भएका दिपेन्द्र बस्नेतको हाल उनको उपचार

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 704 पटक पढिएको
  • झापामा चट्याङ लाग्दा महिलाको मृत्यु

    झापा— झापाको बिर्तामोडमा आज बिहान चट्याङ लागेर एक महिलाको ज्यान गएको छ।बिर्तामोड नगरपालिका–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।आज बिहान करिब ११ बजेतिर परेको वर्षासँगै अचानक चट्याङ परेको थियो। सो समयमा दिलकुमारी बाख्रा लिन  खेततर्फ गएकी दिलकुमारीलाई चट्याङ लागेको प्रहरीको भनाइ छ ।घटनापछि स्थानीयले उनलाई गम्भीर अवस्थामा उद्धार गरेर तुरुन्तै उपचारका लागि बिर्तासिटी अस्पतालतर्फ लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 621 पटक पढिएको
  • नयाँ टेक्नोलोजीसँगै हराएको दशैं

    काठमाडौं— परम्परा, संस्कार र सामूहिकतामा आधारित नेपालीको सबैभन्दा ठूलो चाड दशैं आधुनिक प्रविधिको विस्तारसँगै आफ्नो मौलिकता गुमाउँदै गएको छ। विगतका वर्षहरूमा जसरी छतमा चंगा उडाउने, गाउँका पिङ खेल्ने, घर लिपपोत गर्ने र सामूहिक पूजाआर्जना गर्ने चलन थियो, अहिले ती प्रथाहरू झन्झन् ओझेलमा पर्दै गएका छन्।सहर मात्र होइन, गाउँघरमा समेत छतहरू सुनसान देखिन थालेका छन्। न बालबालिकाले चंगा उडाउँछन्, नटोलमा पिङ गाडिएको देखिन्छ। घरका जेठा सदस्यबाट खाममा पैसा थाप्ने चलनलाई अहिले डिजिटल वालेटले विस्थापित गर्न थालेको छ।सिन्धुपाल्चोक घर भई भत्तपुर बस्ने ६५ वर्षीय शिवप्रसाद भन्छन्, “हामी त चंगा उडाएर, पिङ खेल्दै,

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 1,407 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.