कञ्चनपुर— जिल्लाको कारागारमा दुई समूहबीच भएको झडपको अनुसन्धान गर्न छानबिन समिति बनाइएको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) लक्ष्मण ढकालले तीन सदस्यीय छानबिन समिति बनाएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।‘समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य छन्,’ उनले भने ।छानबिन समितिलाई सात दिनको समय दिइएको ढकालले बताए । शुक्रबार काराकारमा रहेका कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते भएका थिए ।कारागा
काठमाडौं— शहरी विकास मन्त्रालय अन्र्तगत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ ।हाल गुह्वेश्वरीवाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका ५ स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी जम्मा ६ स्थानहरुमा रु ६५ लाखमा ठेक्का सम्झौता भई ट्रास बेरियर राख्ने काम धमाधम हुँदैछ ।ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा
काठमाडौं— नेपाल मोबाईल ब्यवसायी संघ काठमाडौंको अध्यक्षमा जनक बस्नेत निर्वाचित भएका छन् ।शनिबार सम्पन्न संघको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले बस्नेतको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । बस्नेत यसअघि कार्यसमितिमा उपाध्यक्ष थिए ।निर्वाचन समिति संयोजक तथा अधिवक्ता जनक साउदका अनुसार संघको उपाध्यक्ष पदमा दिपक अधिकारी र प्रकाश कार्की निर्विरोध निर्वाचित भएका छन्।यसैगरी महासचिवमा इन्जिनियर गणेश उप्रेती, सचिवमा रामबाबु भट्ट, कोषाध्यक्षमा लेखनाथ अधिकारी र सहकोषाध्यक्षमा उमेश चौलागाईं चुनिएका छन्।निवर्तमान अध्यक्ष सुरेश वाँनियाले २५ सदस्यीय कार्यसमिति पूर्णरुपमा निर्विरोध
बाजुरा— कुनै समय कामको लागि भारत पुगेर जिविका चलाउँदै आएका बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ७ का महाँचन्द्र पाध्याय यतिवेला तरकारी खेतीमा रमाइरहेका छन् ।उमेरले करिब पचास कटेका पाध्यायको जोश, जाँगर र तरकारी खेतीप्रतिको हुटहुटी लोभलाग्दो छ । सामान्य परिवारमा जन्मेका पाध्यायको जीवन संघर्षको कथा कठिन यात्राबिच चलेको छ । अनेकौं कठिनाई र भोगाई भोग्दै पाध्यायले अहिले गाउँमै व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाटै स्वरोजगार बनेका उनले सानो रुपमा उत्कृष्ट व्यवसाय गर्दै आएका छन्।उनको मेहेनत, लगाव र कर्मशीलता कारण विभिन्न कार्यक्रममा सम्मानित समेत भएका छन् । फर्म दर्ता गरेर पाध
काठमाडौं । गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत सार्वजनिक भएको छ ।हलमा प्रदर्शरत सिनेमाले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले सिनेमाप्रति अझै दर्शकको आकर्षण बढाउन आइतबार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको हो ।यो गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट र गणेश कार्कीको शब्द रचना तथा हेमन्त रानाको स्वर छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाललाई देख्न सकिन्छ । यो गीतले सिनेमाप्रति दर्शकको आकर्षण उत्र्कषमा पुरयाउने विश्वास निर्माण टिमक
काठमाडौं । शहरी विकास मन्त्रालय अन्र्तगत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ ।हाल गुह्वेश्वरीवाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका ५ स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी जम्मा ६ स्थानहरुमा रु ६५ लाखमा ठेक्का सम्झौता भई ट्रास बेरियर राख्ने काम धमाधम हुँदैछ ।ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई रोक्ने र एक निश्चित स्थानमा जम्म
सिरहा— बंगलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरिएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ ।बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाको विरोधस्वरूप सिरहाका हिन्दु धर्मावलम्बीहरू सडकमा उत्रिएका हुन् ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा रहेको गणपति पेट्रोल पम्प अगाडि प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण केही समयका लागि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।राजमार्ग अवरुद्ध हुँदा दुवै दिशातर्फका सवारी साधनहरू सडकमै रोकिएका छन् भने यात्रुहरू गन्तव्यमा पुग्न नसकी स
काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री डा।सुधा गौतमले परम्परागत चिकित्सा पद्धति वैकल्पिक नभई हजारौँ वर्षदेखि चल्दै आएको मूलधारको उपचार प्रणाली भएको बताएकी छन् ।विश्व ध्यान दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै मन्त्री गौतमले योग, ध्यान, आयुर्वेदलगायत झारफुक, धामी–झाँक्रीजस्ता पद्धतिहरूलाई पहिले वैकल्पिक उपचारका रूपमा बुझ्ने गरिएको भएपनि अहिले तिनलाई परम्परागत चिकित्सा पद्धति भनेर मान्यता दिन थालिएको उल्लेख गरिन् ।उनले भनिन्, ‘अहिले विश्वमा नै योग ध्यान आयुर्वेदलगायतका हाम्रा विभिन्न विधाहरु छन् । जसमा झारफुक, धामी–झाँक्रीजस्ता लगायतका जसलाई पहिला वैकल्पिक भन्थ्यौं । यी पद्धतिहरू वैकल्पिक
काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ध्यानको उत्पति स्थल नेपालमै भएको उल्लेख गर्दै यसप्रति राष्ट्रिय गौरव गर्नुपर्ने बताएका छन् ।आइतबार आयोजित दोस्रो विश्व ध्यान दिवस २०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उनले ध्यानलाई विश्वभर फैलाउनुपर्ने आवश्यकता औंल्याए ।मन्त्री पुनले ध्यान नेपाललाई विश्वसामु चिनाउने प्रभावकारी माध्यम भएको बताए । ‘ध्यानको उत्पादन स्थान नेपाल हो । यो कुरामा हामीले गौरव गर्नुपर्छ र यसलाई हामीले संसारभर फैलाउनुपर्छ । ध्यान विश्वसामु नेपाललाई चिनाउने माध्यम पनि हो । यसरी नेपाललाई परिचित गराउने मात्र होइन यसबाट धेरै भन्दा धेरै विदेशी पर्यटकहरु देशमा निमन्त्रणा
पथरी। उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएकोे छ । स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्ष अगाडि उहाँले एउटा कुखुराको फार्म खोल्नुभएको थियो । सुरुमा १५० कुखुराबाट सुरु भएको फार्ममा अहिले १५ होलिस्टेन गाई र एक हजार ५०० भन्दा बढी ब्रोइलर कुखुरा छन् ।विदेशलाई त्यागेर नेपालमै कृषि पेसा अगालेका तिवारीले यो अवस्थासम्म आइपुग्न जीवनका धेरै सपना पसिनासँगै साटेका छन् । आफ्नो पसिनाको गन्धमा सफलता खोज्न तिवारीले सुरुसुरुमा धेरै समस्या भोग्नुपरेको थियो । गोठ र घरको सम्पूर्ण खर्च कटाएर मासिक रु ४०–५० हजार आम्दानी गर्ने तिवारी गाउँमा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.