स्वास्थ्य

    Showing 481-490 of 2,502 items.
  • बालबालिकालाई दिन तयारी परिएको खोप म्याद नाघेको भेटियो

    रौतहट—  रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ९ को डुमरिया स्वास्थ्य केन्द्रमा जापनिज इन्सेफ्लाइटिसको खोपको भ्याक्सीन म्याद नाघेको भेटिएको छ । कार्तिक महिनाको १७, १८ र १९ गते १२ महिनादेखी २३ महिना भित्रका बालबालिकाहरुको लागि दिन तयारी परिएको भ्याक्सीन म्याद नाघेको भेटिएको हो । चन्द्रपुर अस्पतालबाट ल्याइएको  भ्याक्सीन म्याद गुज्रिएको भेटिएकाले तत्काल सो खोप दिन रोकिएको चन्द्रपुर नगरपालिकका स्वास्थ्य शाखाका प्रमुख राजेश ठाकुरले बताए । उनले कर्मचारी तहबाट त्रुटि भएको स्वीकार गरे । ‘यस्तो लापरवाही गर्नु हुँदैन उनले भने, ‘यस विषयमा छानबिन हुन्छ । अस्पतालमा म्याद भएको भ्याक्सीन हुँ

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 483 पटक पढिएको
  • विवादास्पद अभिव्यक्ति प्रकरणमा निकोलस भूसाल पक्राउ

    काठमाडौं— सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिएका निकोलस भूसाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका–८ सरस्वती आश्रम क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो।कार्यालयका अनुसार, भूसाललाई काठमाडौं ल्याउने तयारी भइरहेको छ। उनले सामाजिक सञ्जालमार्फत दिएका केही अभिव्यक्तिहरूका कारण हालैदेखि प्रहरीको निगरानीमा रहेका थिए।प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 689 पटक पढिएको
  • सरसफाइमा चरम लापरवाही, ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द

    काठमाडौं— काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गरेको छ ।अनुगमनका क्रममा चावहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही देखिएपछि सात दिनका लागि बन्द गरिएको हो ।हेल्दी बाइट्स सर्भिसेज् प्रालि.द्वारा सञ्चालन भइरहेको उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, पेष्ट कन्ट्रोल (किटनाशक नियन्त्रण) व्यवस्था असन्तोषजनक रहेको, लेबल विवरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएको लगायत अनियमितता भेटिएका थिए । अनुगमन टोलीका फुड टेक्नोलोजि

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 703 पटक पढिएको
  • आम्दा अस्पताल : दश वर्षमा करिब नौ लाख बढीलाई स्वास्थ्य सेवा

    लुम्बिन। बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले एक दशकमा झण्डै नौ लाख बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले १० वर्षको अवधिमा बहिरङ्ग सेवा (ओपिडी), आकस्मिक सेवा तर्फ, अस्पतालमा भर्ना(इन्डोर) तर्फ र प्रसूति सेवा लिने गरी नौ लाख २६ हजार ४६२ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।अस्पतालमा १० वर्षको अवधिमा बहिरङ्ग सेवा (ओपिडी) तर्फ तीन लाख ९५ हजार ६८२, आकस्मिक सेवा तर्फ दुई लाख ६३ हजार ६९५ जना, अस्पतालमा भर्ना(इन्डोर) तर्फ दुई लाख दुई हजार ८४७ जना, प्रसूति गराउने ४६ हजार दुई सय ३८ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।गुणस्तरीय मातृ शिशु सेवा प्रदान गर्ने उद्देश्यका साथ

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 440 पटक पढिएको
  • पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा

    ढोरपाटन। बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् ।  नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको सो तीन दिने निःशुल्क आँखा शिविरमा निसीखोला, तमानखोला, बडिगाड गाउँपालिकाका र ढोरपाटन नगरबासी लाभान्वित भएका थिए ।  शिविरमा आँखा परीक्षणसँगै मोतियाविन्दुको शल्यक्रिया समेत गरिएको थियो । परीक्षणका क्रममा मातियाविन्दु देखिएका ८५ जनाकोे  शल्यक्रिया र परेला आँखाभित्र पसेका दुईजनाको

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 365 पटक पढिएको
  • बाजुरामा निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन

    बाजुरा—  बाजुरामा निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन गरिएको छ । ६ दिनसम्म सञ्चालन हुने उक्त शिविर आजबाट सुरु भएको हो ।नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटी,बडीमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको छ ।शिविरको आइतबार सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले व्यानर बाचन गरेर औंपचारीक रुपमा उद्घाटन गरिन् । गरिव,अपाङ्ग,असहाय, शारीरिक अवस्थाबाट ग्रसित भएका विरामीहरुको लागि शिविर सञ्चालन गरिएको अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए ।शिविरमा नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडौंका बरिष्ठ हाडजोर्नी बिशेषज्ञबाट सेवा

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 760 पटक पढिएको
  • धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित

    धनुषा— धनुषाका नीजि स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । जिल्लाभरिका स्वास्थ्यकर्मीहरुले आफूहरुमाथि श्रमशोषण भएको भन्दै आज(आइतबार)जनकपुरधाममा विरोध जुलुस निकालेका छन् ।उनीहरुले ‘श्रम शोषण बन्द गर’, ‘१२ हजार तलबले घर चल्दैन’, ‘वी वान्ट जस्टिस’ लगायतका नारा लगाउँदै नगर परिक्रमा गर्नुका साथै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिएका छन् । निजी स्वास्थ्यसंस्था तथा अस्पतालहरुले तोकेको भन्दा बढी समय काम गराउँदै आएको उनीहरुको आरोप छ । नेपाल सरकारले तोके बमोजिम न्यूनतम पारिश्रमिक दिनुको साटो ८ हजार देखी १२ हजार सम्म मात्र तलब दिने गरेको उनीहले गुनासो गरेका छन् ।

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 690 पटक पढिएको
  • जिल्ला अस्पतालमा हाडजोर्नी र नसा रोग विशेषज्ञ सेवा पुनः सुरु

    बैतडी । यहाँस्थित जिल्ला अस्पतालले हाडजोर्नी तथा नसारोग विशेषज्ञ सेवा पुनः सुरुआत गरेको छ ।  जिल्ला अस्पातलमा हाडजोर्नी तथा नसारोग विशेषज्ञका रूपमा डा दिपेन्द्र भण्डारी यहाँ आउनुभएसँगै सो सेवा भए पुनः सुरु भएको हो । हाडजोर्नी तथा नसारोग विशेषज्ञ नहुँदा केही महिना अवरुद्ध भएको सेवा फेरि सञ्चालनमा आएको जिल्ला अस्पतालका प्रमुख डा सुशील विकले जानकारी दिनुभयो ।  शल्यक्रिया सेवा जिल्ला अस्पतालबाटै प्राप्त हुने जनाइएको छ ।  यस्तै, ढाड तथा कम्मर दुख्ने समस्या, घुँडा दुख्ने तथा सुन्निने समस्या, नसा च्यापिएको तथा नसा कमजोर भएको समस्याको उपचार हुने जिल्ला अस्पतालका सूचना अधि

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 390 पटक पढिएको
  • बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमाः भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव

    बाजुरा— भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभावमा बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने क्रम जिवित छ । आवश्यक स्वास्थ्य संस्था, भौगोलिक विकटता, प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श नहुँदा यहाँका आमाहरु बाटोमै बच्चा जन्माउन बाध्य छन् ।हरेक बर्ष बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने गरेको समाचार आउँने गरेका छन् । घरपरिवारको स्वास्थ्य हेरचाह, असुरक्षित खानपान, भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव नै यहाँका आमाहरुको प्रमुख बाधक समस्या हो । बाजुरामा ४ वर्षको तथ्यांक मात्रै केलाउँदा दर्जनौ बढि आमाहरुको मुत्यु भएको छ भने कयौं आमाहरुले बाटोमै बच्चालाई जन्म दिएकी छन

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 613 पटक पढिएको
  • ५६ हजार ६७३ महानगरबासी स्वास्थ्य बिमामा आवद्ध, ९० करोड ५१ बजेट विनियोजन

    काठमाडौं—  हालसम्म ५६ हजार ६ सय ७३ जना काठमाडौं महानगरबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् । यसमा १३ हजार ५ सय ७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति रहेका छन् । महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा गर्दै यस सम्बन्धी जानकारी दिएको हो । यस वर्ष १ लाख ९४ हजार १ सय ९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । त्यसमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिएका छन् । महानगरपालिकाको स्वास्थ्य विभागले गरेको वार्षिक समीक्षा अनुसार यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नविकरण गरिए भने

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 602 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.