काठमाडौं- भारतमा उपाचार सकेर नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह स्वेदश फर्किएका छन्।

पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंह एक महिनाको भारत बसाइपछि नेपाल आइपुगेका हुन्। 

अब केहीदिन आराम गरे पश्चात्  नियमित काममा फर्किने सिंहका स्वकीय सचिव यूपी लामिछानेले जानकारी दिए।

उनी पोस्टेटको उपचारका क्रममा भारतमा थिए। शल्यक्रियापछि नेपाल फर्किएका हुन्।