राजनीति

    Showing 5,161-5,170 of 10,435 items.
  • उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पन्न भएको छ। बैठकमा आयोगको उद्देश्य, कार्यक्षेत्र तथा प्राथमिकता कार्यसूचीबारे विस्तृत छलफल गरिएको छ।बैठकमा सहभागी सदस्यहरूले आगामी दिनमा आयोगले लिनुपर्ने रणनीतिहरू, नीति निर्माणमा आवश्यक सुझाव, तथा सुशासन प्रवर्द्धनमा प्राथमिकता दिनुपर्ने क्षेत्रहरूबारे आफ्नो धारणा राखेका थिए। आयोगले प्रतिनिधित्व सुनिश्चित गर्न विभिन्न राजनीतिक दल, विज्ञ समुदाय, तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई यथासिघ्र मनोनयन गर्ने निर्णय गरेको छ। आयोगको दोस्रो पूर्ण बैठक

    • प्रकाशित मितिः असार ४, २०८२
    • 366 पटक पढिएको
  • उपसभामुख राना लोकतन्त्रसम्बन्धी उच्चस्तरीय संवादमा सहभागी हुन दक्षिण अफ्रिका प्रस्थान

    काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर लोकतन्त्रसम्बन्धी उच्चस्तरीय संवादमा सहभागी हुन आज दक्षिण अफ्रिकातर्फ प्रस्थान गरेकी छन्।उपसभामुख रानामगर दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा यही असार ५ र ६ गते आयोजना हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनःपरिकल्पना: विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’ विषयक संवादमा भाग लिन गएकी हुन्।उक्त कार्यक्रम इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्ट्रोरल असिस्टेन्स (IDEA), ओपन सोसाइटी फाउण्डेशन तथा दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको संयुक्त आयोजनामा हुँदैछ। संवादमा उपसभामुख रानामगरले लोकतन्त्र, प्रतिनिधित्व र समावेशीता

    • प्रकाशित मितिः असार ४, २०८२
    • 328 पटक पढिएको
  • एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले छवटा प्रदेश ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार सङ्गठनलाई सुदृढ गर्न सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला, सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन हुनेछ । बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिनेछ । 

    • प्रकाशित मितिः असार ४, २०८२
    • 298 पटक पढिएको
  • शास्त्रीको निधनमा कांग्रेसले तीन दिन पार्टी झन्डा आधा झुकाउने

    काठमाडौं— नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री ढुण्डिराज शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक कार्यक्रम सार्वजनिक गरेको हो।कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ४, ५ र ६ गतेसम्म तीन दिन पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाइनेछ। त्यस्तै, असार ५ गते बिहीबार पार्टीका सबै तहका कार्यालयहरू बन्द गरिने निर्णय गरिएको छ।शास्त्रीको निधनको १३ दिनसम्म पार्टी कार्यालयहरूमा शोक पुस्तिका राखिनेछ भन

    • प्रकाशित मितिः असार ४, २०८२
    • 206 पटक पढिएको
  • आज कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने

    काठमाडौ— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा बिहान ८ बजे सुरु हुने गरी बैठक बोलाइएको हो । कांग्रेसका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधन भएपछि त्यसको शोक प्रस्ताव पारित गर्न आजको बैठक बोलाइएको हो । यसअघि आगामी असार १५ गते बस्नेगरी तय भएको बैठक अगाडि नै बोलाइएकोले आकस्मिक बैठक भनिएको मुख्यसचिव  कृष्णप्रसाद पौडेलले  जानकारी दिए ।

    • प्रकाशित मितिः असार ४, २०८२
    • 311 पटक पढिएको
  • सदन अवरोध खुलाउन सभामुख–सचेतकबीच छलफल

    काठमाडौं— संसदमा जारी रहेको रास्वपाको अवरोध अन्त्य गर्ने प्रयासस्वरूप सभामुखले प्रमुख पाँच दलका सचेतकहरूसँग मंगलबार बानेश्वरमा छलफल गरेका छन्।सभामुखको आह्वानमा बसेको उक्त छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी थिए।छलफलमा सभामुखले संसद अवरुद्ध हुनु राज्य प्रणालीका लागि गम्भीर विषय भएको भन्दै अविलम्ब समाधान खोज्न सबै पक्षसँग आग्रह गरेका छन

    • प्रकाशित मितिः असार ३, २०८२
    • 308 पटक पढिएको
  • संसदमा रास्वपाका सांसदहरुले नाराबाजी गरेपछि आधा घण्टाका लागि बैठक स्थगित

    काठमाडौं— प्रतिनिधिसभाको आजको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नाराबाजी गरेका छन् । बैठक सुरु हुनासाथ रास्वपाकी सांसद चन्दा कार्कीलाई बोल्न समय दिइएको थियो । उनले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको आरोप लगाइन् । कार्कीले २०६४ सालदेखि चल्दै आएको यो विकृति तत्काल रोक्न उच्चस्तरीय छानबिन समिति गठनको माग गरिन् ।उनको सम्बोधनपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए । घिमिरेले भनाइ राखिसकेपछि सभामुख घिमिरेले बैठक आजै आधा घण्टापछि पुनः बस्नेगरी स्थगित गरेका छन् ।

    • प्रकाशित मितिः असार ३, २०८२
    • 368 पटक पढिएको
  • निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा

    काठमाडौं, ३ असार ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निलो टाई लगाएर संसद भवन पुगेका छन् ।भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा  छानबिन समिति माग गर्दै आएका उनीहरू निलो टाई लगागर संसद भवन पुगेका हुन् ।`मानव तस्करी बिरूद्धको अभियानलाई विश्वव्यापी रूपमा "निलो रिबन" को प्रतीकले जनाउँछ,´ सांसद मनिष झाले भने, ´आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले संघीय सदनमा निलो रिवन लगाएर "मानव तस्करी" को बिरोध गरेका छन।´

    • प्रकाशित मितिः असार ३, २०८२
    • 312 पटक पढिएको
  • भिजिट भिसा प्रकरणः प्रचण्ड भन्छन २०६४ सालदेखि चल्दै आएको समस्या हो

    काठमाडौं— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा समस्या अहिलेको मात्र नभई २०६४ सालदेखि चल्दै आएको बताएका छन्। चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले छानबिनसहित नीतिगत सुधार गर्नुपर्ने बताए।प्रचण्डले आवश्यक परे संविधान संशोधन र नयाँ ऐन बनाउने विकल्प खुला रहेको उल्लेख गर्दै,'मैले छाडेर यो मुद्दा जनताले छाड्दैनन्' उनले भने।उनले आफूहरू प्रतिपक्षमा भए पनि सत्तापक्षको भूमिका खेल्न बाध्य भएको बताए। संसद् अवरोध खुलाउन ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा सहमति भएको पनि स्पष्ट पारे।

    • प्रकाशित मितिः असार ३, २०८२
    • 438 पटक पढिएको
  • नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८३ भदौमा हुने : महामन्त्री विश्वप्रकाश शर्मा

    विर्तामोड— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५ औं महाअधिवेशन २०८३ भदौमा सम्पन्न हुने बताएका छन् । सोमबार नेपाली कांग्रेस झापाको विस्तारित बैठकलाई सम्बोधन गर्दै शर्माले २०८२ फागुनबाट पार्टीका तहगत समितिहरुको अधिवेशन शुरु भई भदौमा महाधिवेशन हुने बताए।लोकतन्त्रको स्थापनापछि कांग्रेसको नेतृत्वमा  भएका विकास निर्माण र समृद्धिको प्रचार गर्न पार्टीले नसकेको तर, अन्य दलले साना उपलब्धीलाई समेत ठूलो आवाजमा प्रस्तुत गर्ने गरेको टिप्पणी गरे।लोकतन्त्र आएपछि केही भएन भनेर नकारात्मक टिप्पणी मात्रै नगर्न आग्रह गर्दै महामन्त्री शर्माले शिक्षा, स्वास्थ्य, सूचना–सञ्चार एवं सडक सञ्जा

    • प्रकाशित मितिः असार ३, २०८२
    • 349 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.