राजनीति

    Showing 9,101-9,110 of 10,447 items.
  • प्रचण्ड र विप्लवबीच भेटवार्ता, सहकार्य गर्ने समझदारी

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच आज भेटवार्ता भएको छ । शनिबार बिहान दाहाल निवास खुमलटारमा नेताद्वयबीच भेटवार्ता भएको हो । भेटवार्तामा प्रचण्ड र विप्लवबीच पार्टीगत सहकार्य गरी अघि बढ्ने समझदारी भएको बताइएको छ । मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई कसरी निकास दिने भन्ने विषयमा सकारात्मक छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।विप्लव नेतृत्वको नेकपाले पछिल्लो समय वर्तमान संसदीय व्यवस्था खारेज गर्दै वैज्ञानिक समाजवादी व्यवस्था लागू गर्नुपर्ने माग गर्दै आएको छ । त्यसका लागि जनमत

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • 99 पटक पढिएको
  • झापामा कांग्रेसका दुई सभापति निर्विरोध

    झापा / नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश  ‘क’ को सभापति पदमा हरि बुढाथोकी र  ‘ख’ को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये सबै प्रदेश क्षेत्रको निर्वाचन परिणाम शुक्रबार राति आइसकेको छ ।नेपाली कांग्रेस झापाको प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार क्षेत्र नं २ को प्रदेश ‘क’को सभापतिमा लक्ष्मी आचार्य र ‘ख’ को सभापतिमा किरण श्रेष्ठ निर्वाचित भएका छन् । क्षेत्र नं ३ को प्रदेश ‘क’ र ‘ख’को सभापतिमा क्रमशः चिन्तामणि खरेल र तुलसीप्रसाद ओली निर्वाचित भएका हुन् । क्षेत्र नं ४

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • 110 पटक पढिएको
  • मतगणनास्थलमा कांग्रेसको दुई पक्षबीच झडप, ५ घाइते

    भैरहवा / भैरहवामा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा अधिवेशनको मतगणनाका क्रममा दुई पक्षबीच झडप भएको छ । झडपमा परी पाँच जना कार्यकर्ता घाइते भएका छन् । प्रदेश नम्बर ३ (क) को मतगणनास्थल सिद्धार्थनगर नगरपालिकामा शुक्रबार राति मतगणना स्थलमा कांग्रेस कार्यकर्ताबीच एक आपसमा आक्रमण भएको हो।देउवा र पौडेल पक्षले प्यानल बनाएरै भएको निर्वाचनपछि मतगणनास्थलमा आक्रमण भएको थियो। मतपरिणामको क्रममा पौडेल पक्षका पुरण श्रेष्ठले अग्रता लिएपछि मुखमा मास्क लगाएर गएका युवाको समूहले अचानक आक्रमण गरेको थियो।श्रेष्ठले उक्त समूहको आक्रमणबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाईते भएका छ

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • 105 पटक पढिएको
  • दुई मन्त्रालयसहित समाजवादी प्रदेश –२ सरकारमा सहभागी हुँदै

    महोत्तरी / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश –२ सरकारमा सहभागि हुने भएको छ । समाजवादीले सरकारमा सहभागी भएर उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने तय भएको अध्यक्ष धर्मदेव साहले जानकारी दिए ।वन तथा वातावरण मन्त्रालयमा शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयमा प्रमोद यादव र राज्यमन्त्रीमा नागेन्द्र साहलाई पठाउने सहमति भइसकेको पनि उनले बताए । समाजवादीबाट सिफारिस भएका मन्त्रीहरूले भोलि सपथ ग्रहण कार्यक्रम रहेको समाजवादीका एक नेताले जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • 112 पटक पढिएको
  • आज देशभर माओवादीको वडा अधिवेशन हुँदै

    झापा / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आज शनिबार एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ । माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ ।वडादेखि केन्द्रीय तहसम्म निर्वाचन प्रक्रिया पूरा हुँदा सो पार्टीका तीन लाख कार्यकर्ताले कम्तीमा एउटा पदीय जिम्मेवारी पाउनेछन् भने आठ हजारभन्दा धेरै समिति गठन हुनेछन् ।वडादेखि केन्द्रसम्म सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने योजनाअनुसार बनेको केन्द्रीय निर्वाचन आयोगले ७७ जिल्ला तथा सातवटा प्रदेशमा निर्वाचन समिति

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • 106 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि : ओली सरकारले यसरी बढाएको थियो मूल्य

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध यतिबेला देशभर आन्दोलन भइरहेको छ । पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिले दैनिक उपभोग्य बस्तुको मूल्य थप बढ्ने भएको छ । केही वर्ष अघि सम्म मुलुकको कुल बजेटमा सामान्य योगदान गर्दै आएको पेट्रोलिय पदार्थको हिस्सा पनि बढ्दै गएको छ । मुलुकको कोरक्षेत्रमा ठुलो हिस्सा बोकेको पेट्रोलिय पदार्थको मूल्य घटाउन सरकारले लगाउँदै आएको कर घटाउन भने कुनै चासो देखाएको छैन।जारी आन्दोलन सम्बोधन गर्न नेपाल आयल निगम र सरकारले चासो नदिँदा आन्दोलनमा उत्रिएका युवा विद्यार्थीले आन्दोलन चर्काउने घोषणा गरेका छन् । मुलुकको राजश्वमा ठुलो हिस्सा बोकाइएको पेट्रोलियम पदार्थबाट सरकारले विभि

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • 102 पटक पढिएको
  • अबको चुनावमा ओलीको राजनीतिक मृत्यु हुन्छ : शाही

    बिर्तामोड / नेकपा एकीकृत समाजवादी निकट युवा संघका केन्द्रिय अध्यक्ष नरेश शाहीले अबको चुनाबमा केपी ओलीको राजनीतिक मृत्यु हुने बताएका छन् । झापाको बिर्तामोडमा पार्टी निकट युवा संघको जिल्ला भेलालाई सम्बोधन गर्दै शाहीले सो कुरा बताएका हुन् । अब ओली र उनको पार्टीलाई बडार्ने बेला आएको बताउँदै कार्यकर्तालाई उनले भने, ‘आजदेखि त्यो कुचो तपाईँहरूको हातमा छ । आजै देखि काम थाल्नुहोस् ।’भेलामा पार्टीका केन्द्रिय सदस्य निलमणि बराल, जिल्ला अध्यक्ष बेदराज रेग्मी, पार्टी जिल्ला सदस्य धर्म शिवाकोटी, संघका प्रदेश अध्यक्ष प्रत्युस राना, झापा इन्चार्ज खगेन्द्र बाराकोटी, बिमला देबकोटा र स्थायी कमिटी सदस्य

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 137 पटक पढिएको
  • मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै

    वीरेन्द्रनगर  / कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । शाहीले मंसिर १४ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका हुन् । यसका लागि प्रदेश प्रमुख तिलक परियारले मङ्सिर १४ गते दिउँसो एक बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन्।बैठकमा उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको सचिवालयले जनाएको छ । शाही गत १६ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 97 पटक पढिएको
  • तेह्रथुममा कांग्रेसको प्रदेशसभा अधिवेशन सुरु

    तेह्रथुम / नेपाली कांग्रेस तेह्रथुमको निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभाको प्रथम क्षेत्रीय अधिवेशन सुरु भएको छ । तेह्रथुमको निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभा (क) को लालिगुरासँ नगरपालिका नगरपालिका बसन्तपुरमा र प्रदेश सभा (ख) को फेदाप गाउँपालिका पोक्लाबाङमा एकैपटक सुरु भएको हो । च्याब्रुङ, नौमती बाजाको साथमा बजार परिक्रमामा गर्दै अधिवेशन सुरु भएको प्रदेश सभा (क) का सभापति बिपिन निङ्लेकुले जानकारी दिए । प्रदेश (क) मा जिल्ला सभापति गोविन्द ढुंगाना र प्रदेश (ख) मा केन्द्रीय सदस्य सीता गुरुङको प्रमुख आतिथ्यतामा अधिवेशन सुरु भएका छन् ।प्रदेशसभा (क) मा नारायण सुब्बा र कमल ब

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 100 पटक पढिएको
  • एमाले महाधिवेशन : बाजुराबाट छानिए २१ प्रतिनिधि

    बाजुरा / बाजुराबाट नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन भएका छन् । मंसिर १० देखि १२ गते हुने महाधिवेशनका लागि बाजुराबाट खुला, महिला, दलित कोटाबाट प्रतिनिधि छनोट भएका हुन् । खुलातर्फ रंगमान शाही, अजबहादुर मल्ल, सहदेव बोगटी, कालीबहादुर शाही,भरतबहादुर बुढा, जनककुमार बोहरा,अमरबहादुर खड्का,हरिबहादु रोकाया, मनलाल खत्री, बलदेव रेग्मी र भरत थापा छानिएका छन् ।महिलातर्फ  बसुन्धरा रोकाया, मनदेवी ओली, ऐना गिरी, मायादेवी कुँवर, रेखा कडारा र राजकला सार्की चयन भएका छन् ।दलित कोटामा  विनोद नेपाली (बाजुरेली), काशीबहादुर विक, विक्रम सुनार र मोहन नेपाली महाधिवेशन प्

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 106 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.