राजनीति

    Showing 931-940 of 7,637 items.
  • सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन्ः सञ्चारमन्त्री

    काठमाडौं— सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको दाबी गरेका छन् ।  सोमबार चलचित्र विकास बोर्डको पुरस्कार वितरण समारोहमा बोल्दै उनले देश परिर्वतन हुनुमा चलचित्रकर्मीको हात रहेको भन्दै परिर्वतन वा सचेतनाको यो युगसम्म आइपुग्न सफल भएको  बताए । त्यस्तै उनले नेपाली समाजमार्फत रुपान्तरणको लागि नेपाली चलचित्र क्षेत्रले गरेको योगदान मुलुकले भुल्दैन, भुल्न मिल्दैन र कहिले पनि नभुल्ने बाचा गरे ।उनले पहिला पहिला चलचित्रकर्मीहरुले गाँउघर भित्रकै कथा देखाउने गरेतापनि अहिले देशभित्र लुकेका, लुकाउने गरेका यर्थात कुराहरु बाह

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 479 पटक पढिएको
  • प्रतिनिधि सभा निर्वाचनः प्रचारप्रसारका लागि १५ दिन दिने तयारी

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निरवाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी भएको छ । सोही अनुसार निर्वाचन आयोगले तयारी गरेको छ ।यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन र अद्यावधिको समय छ । कात्तिक ३० गते भित्रै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समय छ ।मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दलले निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गर्नुपर्छ । निर्वाचनमा भाग लिन्छु भनेर दल दर्ता गर्नेहरूले प्रतिनिधि सभा सदस्यको चुनावमा उम्मेदवार खडा गर्न सक्दछन्  ।निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ देखि १० सम्म हुने र निर्वाचन कार्यक्रम स्वीकृति तथा नेपाल

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 434 पटक पढिएको
  • मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन हेलम्बु गाउँपालिकालाई आवश्यक पहल गर्न आग्रह गरेका छन् ।मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई समस्या समाधानका लागि सहयोग र पहल गर्न आग्रह गर्दै विगतमा भएका सम्झौताअनुसार आयोजना प्रभावितले राखेका माग वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।उनले काठमाडौं उपत्यकामा पानी आपूर्ति रोकिएपछि स्थिति गम्भीर बनेको बताउँदै छिटो समस्याको समाधान गर्न पहल भइरहेको जानकारी दिए ।अध्यक्ष शेर्पाले पनि

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 432 पटक पढिएको
  • धरानका मेयरले हर्क साम्पाङ द्वारा दुर्गा प्रसाईंलाई ढुंगा बोक्न निम्ता

    काठमाडौं— धरानका मेयर हर्क साम्पाङले दुर्गा प्रसाईंलाई ढुंगा बोक्न बोलाएका छन् । सोमबार सामाजिक सन्जाल फेसबुक मार्फत उनले प्रसाईंलाई ढुंगा बोक्न निम्ता दिएका हुन् । उनले माटोले रगत होइन पसिना मागेको हो भन्दै प्रसाईंलाई मिलेर देश बनाँउ भन्दै बोलाएका हुन् । मेयर साम्पाङ लेख्छन्, ‘दुर्गा प्रसाईं जी...अब यो देशमा आन्दोलन होइन श्रम संस्कृतिको खाँचो छ । माटोले रगत होइन पसिना मागेको छ । म त हरघडि माटोसँग बात मार्छु । तपाई पनि ढुगां बोक्न आउनु है । मिलेर देश बनाऔँ,’ । 

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 435 पटक पढिएको
  • मधेस प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

    जनकपुर— जनकपुरधाम स्थित मधेस भवनभित्र रहेको मधेश प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड भएको छ । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एकलौटी ढंगले एमालेका सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै जसपा लगायत सातदलीय गठबन्धनका सांसद तथा पार्टीका कार्यकर्ताहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड गरेका छन् ।उनीहरुले प्रदेश प्रमुखको नाम लेखेको नेमप्लेट र मुख्य प्रवेशद्वार बाहिर रहेको गमला लगायतका सजावटका सामानहरू तोडफोड गरेका छन् । सो क्रममा उनीहरुले प्रदेश प्रमुख मुर्दाबाद, एकलौटी गर्न पाइँदैन लगायतका नारासमेत लगाएका छन् ।अहिले मधेस भवनभित्र व्यापक मात्रामा प्रहरी र ने

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 420 पटक पढिएको
  • मधेस प्रदेश सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन अध्यक्ष लिङ्देनको निर्देशन

    हेटौंडा— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा रहेको राप्रपाको सहभागिता तत्काल फिर्ता लिन निर्देशन दिएका छन् ।अध्यक्ष लिङ्देनले सोबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले भनेका छन्, “यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधान बमोजिम कारबाही हुने जानकारी गराउँछु ।”मधेस प्रदेशमा राप्रपाका केही सांसदले प्रदेश सरकारमा सहभागी भएपछि पार्टी नेतृत्व असन्तुष्ट बनेको बताइन्छ । अध्यक्ष लिङ्देनको यस वक

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 407 पटक पढिएको
  • प्रकाशमान सिंह भन्छन गणेशमान सिंहले नेपालीलाई रैतीबाट अधिकार सम्पन्न नागरिक बनाउनुभयो

    काठमाडौं— नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।कार्यक्रममा बोल्दै नेता सिंहले गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक इतिहासका महान् योद्धा र जनअधिकारका अग्रदूतका रूपमा व्याख्या गरे ।उनले भने, ‘गणेशमान सिंहले नेपाल र नेपालीका लागि आफ्नो जीवनभर जनतालाई रैतीबाट अधिकार सम्पन्न सार्वभौम नागरिक बनाउन संघर्ष गर्नुभयो । उहाँ हरेक नेपालीले बोल्न, नियम अनुसार काम गर्न र स्वतन्त्र रहन पाउनुपर्ने अधिकारका पक्षमा जीवनभर लड्नुभयो ।’नेता सिंहले गणेशमान स

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 367 पटक पढिएको
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक  दिउँसो १ बजे  सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्नेछ ।बैठकमा अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको अध्ययनको सम्बन्धमा विज्ञसँग छलफल हुने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 387 पटक पढिएको
  • निर्वाचनअघि पार्टीको अधिवेशन : कांग्रेस महामन्त्री थापा

    काठमाडौ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत निर्वाचनबाटै नयाँ संसद्  र यसले संविधानलाई सही मार्गमा ल्याउने उल्लेख गरे । महामन्त्री थापाले भने,“संविधानलाई सही मार्गमा ल्याउने फागुन २१ को निर्वाचन मात्र एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन ।” उनले नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको निर्णय स्पष्टरूपमा प्रस्तुत गरिसकेको बताए । उनले कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल निर्वाचनको विषयका सन्दर्भमा नभएको स्पष्

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 216 पटक पढिएको
  • मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

    धनुष। मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । 

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 244 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा